सहसचिव भट्टराई सचिवमा बढुवा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र ३, २०८३
|
|
६५ पटक हेरिएको
Shares
सहसचिव भट्टराई सचिवमा बढुवा

सारांश

  •   सहसचिव कमलप्रसाद भट्टराई सचिवमा बढुवा भएका छन्।
  • आज (बुधबार) को मन्त्रिपरिषद् बैठकले उनलाई सचिवमा बढुवा गरेको हो।
  •   उनलाई बागमती प्रदेशको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।

३ भदौ, काठमाडौं । 

सहसचिव कमलप्रसाद भट्टराई सचिवमा बढुवा भएका छन्। आज (बुधबार) को मन्त्रिपरिषद् बैठकले उनलाई सचिवमा बढुवा गरेको हो।  उनलाई बागमती प्रदेशको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए। उनी हाल बागमती प्रदेशका कायममुकायम प्रमुख सचिवको जिम्मेवारीमा छन्।

साउन २८ बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले नेपाल प्रशासन सेवाको सचिव पदमा बढुवाका लागि भट्टराई, इन्दु घिमिरे र श्रीकृष्ण नेपालको नाम सिफारिस गरेको थियो। लोक सेवा आयोगका कार्यवाहक अध्यक्ष माधव बेल्वासे नेतृत्वको समितिको बैठकले बागमती प्रदेशका कायममुकायम प्रमुख सचिव भट्टराई, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयकी सहसचिव घिमिरे र एडिबीका वैकल्पिक कार्यकारी निर्देशक नेपाललाई सिफारिस गरेको थियो।  एक नम्बरमा सिफारिस भएका भट्टराई नयाँ निजामती सेवा ऐनमा गर्न लागिएको ३० वर्षे सेवा अवधि र ५५ वर्षे उमेर हदले पनि नछुने भएकाले बढुवा गरिएको बताइन्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच टेलिफोन संवाद, संसदको अवरोध हटाउने बारे छलफल
प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच टेलिफोन संवाद, संसदको अवरोध हटाउने बारे छलफल
हलेसी तुवाचुङका जनप्रतिनिधिद्वारा पर्यटन प्रवर्द्धनमा जोड
हलेसी तुवाचुङका जनप्रतिनिधिद्वारा पर्यटन प्रवर्द्धनमा जोड
प्रतिनिधिसभा अन्तर्गतको ६ वटा संघीय संसद्को बैठक बस्दै
प्रतिनिधिसभा अन्तर्गतको ६ वटा संघीय संसद्को बैठक बस्दै
खानेपानीको दिगो समाधान गर्न ठूला जलाशययुक्त आयोजनाको सम्भाव्यता अध्ययन भइरहेको छ : मन्त्री यादव
खानेपानीको दिगो समाधान गर्न ठूला जलाशययुक्त आयोजनाको सम्भाव्यता अध्ययन भइरहेको छ : मन्त्री यादव
मकवानपुरमा चट्याङ लागेर १ जनाको मृत्यु
मकवानपुरमा चट्याङ लागेर १ जनाको मृत्यु
आज हनुमान जन्मजयन्ती मनाइँदै
आज हनुमान जन्मजयन्ती मनाइँदै
इरानले भन्यो – हामीलाई संयमता अपनाऊ भन्नुको अर्थ छैन
इरानले भन्यो – हामीलाई संयमता अपनाऊ भन्नुको अर्थ छैन
संविधान संशोधनलाई हल्का ढंगले लिने गल्ती नगरियोस् : प्रचण्ड
संविधान संशोधनलाई हल्का ढंगले लिने गल्ती नगरियोस् : प्रचण्ड
पानी संकटमा ट्यांकरमार्फत निःशुल्क पानी वितरण, स्थानीयलाई राहत
पानी संकटमा ट्यांकरमार्फत निःशुल्क पानी वितरण, स्थानीयलाई राहत
मधेस प्रदेशका मुख्यमन्त्री सोनलले २२ गते विश्वासको मत लिने
मधेस प्रदेशका मुख्यमन्त्री सोनलले २२ गते विश्वासको मत लिने