धरानमा तालिम प्राप्त कुकुरसहित प्रहरी चेकजाँच सुरु

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन २०, २०८१
|
|
१९ पटक हेरिएको
Shares
धरानमा तालिम प्राप्त कुकुरसहित प्रहरी चेकजाँच सुरु

सारांश

  • चाडपर्वको समयमा सवारीसाधनले बढी भाडा लिने, चोरीडकैतीका समस्या हुने भएकाले नागरिकको सुरक्षाका लागि तालिम प्राप्त कुकुरसहित शङ्कास्पद स्थानमा जाँच सुरु गरिएको हो ।
  • कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट दुई वटा तालिम प्राप्त कुकुर ल्याएर सार्वजनिक सवारीसाधन र शङ्कास्पद स्थानमा सुरक्षा जाँचलाई अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमन तिमल्सिनाले जानकारी दिए ।
  • चाडपर्व लक्षित सुरक्षा योजना अनुसार धरान उपमहानगरपालिका क्षेत्रभित्र लागूऔषध कारोबार, चोरी डकैती नियन्त्रण गर्न र चाडपर्व नजिकिएसँगै अपराधजन्य घटना घट्न नदिनका इलाका प्रहरी कार्यालयमा प्रहरी परिचालन गरी तालिम प्राप्त कुकुरसहित चेकजाँच सुरु गरिएको उनले बताए ।

२० असोज, धरान– चाडपर्वलाई लक्षित गर्दै धरानमा तालिम प्राप्त कुकुरसहितको प्रहरी टोलीद्वारा कडाइका साथ जाँच सुरु गरिएको छ । चाडपर्वको समयमा सवारीसाधनले बढी भाडा लिने, चोरीडकैतीका समस्या हुने भएकाले नागरिकको सुरक्षाका लागि तालिम प्राप्त कुकुरसहित शङ्कास्पद स्थानमा जाँच सुरु गरिएको हो ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट दुई वटा तालिम प्राप्त कुकुर ल्याएर सार्वजनिक सवारीसाधन र शङ्कास्पद स्थानमा सुरक्षा जाँचलाई अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमन तिमल्सिनाले जानकारी दिए । चाडपर्व लक्षित सुरक्षा योजना अनुसार धरान उपमहानगरपालिका क्षेत्रभित्र लागूऔषध कारोबार, चोरी डकैती नियन्त्रण गर्न र चाडपर्व नजिकिएसँगै अपराधजन्य घटना घट्न नदिनका इलाका प्रहरी कार्यालयमा प्रहरी परिचालन गरी तालिम प्राप्त कुकुरसहित चेकजाँच सुरु गरिएको उनले बताए ।

उपरीक्षक तिमल्सिनाले भने, ‘कुकुरको माध्ययमबाट सवारी जाँच गर्दा लागूऔषध कारोबार गर्ने व्यक्ति, लागूऔषध र शङ्कास्पद वस्तु बरामद गरिँदै आइएकाले धरान सीमा क्षेत्रबाट आवतजावत गर्ने सवारीसाधन तथा शङ्कास्पद व्यक्तिलाई चेकजाँच गर्दै आइएको हो ।’सीमावर्ती क्षेत्रबाट हुन सक्ने लागूऔषध ओसारपसार, गाँजा, पटका, विस्फोटक पदार्थ, अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न कुकुरसहितको प्रहरी जाँच प्रभावकारी बन्दै गएकाले यसलाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रहरी उपरीक्षक तिमल्सिनाले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पदमार्ग निर्माण भएपछि अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको चाप बढ्यो
पदमार्ग निर्माण भएपछि अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको चाप बढ्यो
राष्ट्रिय मुद्दा र एजेण्डामा दृढतापूर्वक उभिने छु : ईश्वर पोखरेल
राष्ट्रिय मुद्दा र एजेण्डामा दृढतापूर्वक उभिने छु : ईश्वर पोखरेल
नेप्से १३.३५ अंकले घट्यो
नेप्से १३.३५ अंकले घट्यो
लेबनानमा इजरायलको घा*तक हमला, २५० भन्दा बढीको मृ*त्यु
लेबनानमा इजरायलको घा*तक हमला, २५० भन्दा बढीको मृ*त्यु
ढोरपाटनका मेयर नेपालीलाई कास्की जिल्ला अदालतबाट पनि थुनामा पठाउन आदेश
ढोरपाटनका मेयर नेपालीलाई कास्की जिल्ला अदालतबाट पनि थुनामा पठाउन आदेश
कांग्रेसका जिल्ला नेताहरु विभाजित, विशेष महाधिवेशन अवैधानिक हुने चेतावनी
कांग्रेसका जिल्ला नेताहरु विभाजित, विशेष महाधिवेशन अवैधानिक हुने चेतावनी
राष्ट्रिय राजनीतिमा तमासा हेरिरहेका छौँः अध्यक्ष नेपाल
राष्ट्रिय राजनीतिमा तमासा हेरिरहेका छौँः अध्यक्ष नेपाल
राज्य व्यवस्थाको सभापतिबारे निर्णय गर्न देउवाले बोलाए बैठक
राज्य व्यवस्थाको सभापतिबारे निर्णय गर्न देउवाले बोलाए बैठक
आजको मौसम: पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम: पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
बसिरको अलराउण्ड प्रदर्शनमा विराटनगरले चितवनलाई हरायो
बसिरको अलराउण्ड प्रदर्शनमा विराटनगरले चितवनलाई हरायो