महेन्द्रनगरमा राजनीतिज्ञ र व्यवसायीबीच फुटबल, राजनीतिज्ञ विजयी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, कार्तिक ८, २०८३
|
|
५५ पटक हेरिएको
Shares
महेन्द्रनगरमा राजनीतिज्ञ र व्यवसायीबीच फुटबल, राजनीतिज्ञ विजयी

सारांश

  • धनुषाको महेन्द्रनगरमा राजनीतिज्ञ र व्यवसायीबीच आयोजित मैत्रीपूर्ण भेट्रान फुटबल प्रतियोगितामा राजनीतिज्ञको टिम विजयी भएको छ।
  • बडादसैँ, दीपावली तथा छठ पर्व २०८३ को अवसरमा आयोजित प्रतियोगितामा नेकपा एमालेका नगर अध्यक्ष अनिलकुमार चौधरीको कप्तानीमा रहेको टिमले व्यवसायी सञ्जय साहको कप्तानीमा रहेको टिमलाई पराजित गरेको हो।
  • ‘खेलकुदले जोड्छ, मित्रता र एकता’ भन्ने नारासहित आयोजित प्रतियोगिताको उद्देश्य खेलकुदमार्फत सामाजिक सद्भाव, आपसी मित्रता र भाइचारा अभिवृद्धि गर्नु रहेको आयोजकले जनाएको छ।

 

महेन्द्रनगर ।

धनुषाको महेन्द्रनगरमा राजनीतिज्ञ र व्यवसायीबीच आयोजित मैत्रीपूर्ण भेट्रान फुटबल प्रतियोगितामा राजनीतिज्ञको टिम विजयी भएको छ। बडादसैँ, दीपावली तथा छठ पर्व २०८३ को अवसरमा आयोजित प्रतियोगितामा नेकपा एमालेका नगर अध्यक्ष अनिलकुमार चौधरीको कप्तानीमा रहेको टिमले व्यवसायी सञ्जय साहको कप्तानीमा रहेको टिमलाई पराजित गरेको हो।

‘खेलकुदले जोड्छ, मित्रता र एकता’ भन्ने नारासहित आयोजित प्रतियोगिताको उद्देश्य खेलकुदमार्फत सामाजिक सद्भाव, आपसी मित्रता र भाइचारा अभिवृद्धि गर्नु रहेको आयोजकले जनाएको छ।

क्लबका अध्यक्ष हरि कटुवालको अध्यक्षतामा सम्पन्न प्रतियोगिताले राजनीतिज्ञ, व्यवसायी र स्थानीयवासीबीचको सम्बन्ध थप सुदृढ बनाउने अपेक्षा गरिएको छ। यस्ता मैत्रीपूर्ण खेलले स्थानीयस्तरमा खेलकुदप्रतिको आकर्षण बढाउनुका साथै सामाजिक एकता प्रवर्द्धन गर्न सहयोग पुग्ने आयोजकको विश्वास छ।

प्रतियोगितामा राजनीतिकर्मी, नगरवासी, सशस्त्र प्रहरी बलका इन्स्पेक्टर, इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी सहायक निरीक्षक (सई) लगायत स्थानीय सर्वसाधारणको उपस्थिति थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?