सर्लाहीमा ‘युवा सम्मेलन २०२६’ हुने, २० स्थानीय तहका युवा सहभागी हुँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन १८, २०८३
|
|
२९६ पटक हेरिएको
Shares
सर्लाहीमा ‘युवा सम्मेलन २०२६’ हुने, २० स्थानीय तहका युवा सहभागी हुँदै

सारांश

  • सर्लाहीमा युवाहरूको नेतृत्व विकास, नागरिक सहभागिता र स्थानीय शासनका विषयमा केन्द्रित ‘सर्लाही युवा सम्मेलन २०२६’ आयोजना हुने भएको छ।
  • Impact Initiative Nepal को आयोजनामा कात्तिक १४ देखि १६ गतेसम्म मलंगवास्थित होटल दरबार इनमा सम्मेलन सञ्चालन हुने आयोजकले जनाएको छ।
  • आयोजक संस्थाका अध्यक्ष विकास  यादवका अनुसार सम्मेलनमा सर्लाहीका २० वटै स्थानीय तहका युवाहरूको सहभागिता रहनेछ।

१८ असोज, सर्लाही । सर्लाहीमा युवाहरूको नेतृत्व विकास, नागरिक सहभागिता र स्थानीय शासनका विषयमा केन्द्रित ‘सर्लाही युवा सम्मेलन २०२६’ आयोजना हुने भएको छ।

Impact Initiative Nepal को आयोजनामा कात्तिक १४ देखि १६ गतेसम्म मलंगवास्थित होटल दरबार इनमा सम्मेलन सञ्चालन हुने आयोजकले जनाएको छ।

आयोजक संस्थाका अध्यक्ष विकास  यादवका अनुसार सम्मेलनमा सर्लाहीका २० वटै स्थानीय तहका युवाहरूको सहभागिता रहनेछ। सम्मेलनको मुख्य उद्देश्य युवाहरूको नेतृत्व विकास, नीति निर्माण प्रक्रियामा सहभागिता वृद्धि तथा स्थानीय मुद्दामा युवाको भूमिका सशक्त बनाउनु रहेको उनले बताए।

सम्मेलनमा स्थानीय सरकारका जनप्रतिनिधि, विषयगत विज्ञ तथा युवाबीच प्रत्यक्ष संवाद, प्यानल छलफल, युवा नीति निर्माणसम्बन्धी अभ्यास, नेटवर्किङ तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

स्थानीय रोजगारी, शिक्षा, डिजिटल सुशासन, जलवायु परिवर्तन तथा नागरिक सहभागिताका विषयमा युवाहरूले आफ्ना धारणा र समाधान प्रस्तुत गर्ने अवसर पाउने आयोजकको भनाइ छ।

सम्मेलनका लागि करिब ३३ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको युवा केसव यादवले जानकारी दिए। सम्मेलनका गतिविधि राष्ट्रियस्तरको टेलिभिजन Prime Television मार्फत समेत प्रसारण गर्ने तयारी गरिएको उनले बताए।

सम्मेलनमा सहभागी हुन इच्छुक युवाहरूका लागि आवेदन प्रक्रिया तथा विस्तृत कार्यक्रम तालिका छिट्टै सार्वजनिक गरिने आयोजकले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज विधायन व्यवस्थापनसहित दुईवटा संसदीय समितिको बैठक बस्दै
आज विधायन व्यवस्थापनसहित दुईवटा संसदीय समितिको बैठक बस्दै
यस्तो रहने छ आजको मौसम : यी चार प्रदेशमा वर्षाको सम्भावना
यस्तो रहने छ आजको मौसम : यी चार प्रदेशमा वर्षाको सम्भावना
बढ्यो सुनचाँदीको मूल्य कतिमा हुदैछ कारोबार ?
बढ्यो सुनचाँदीको मूल्य कतिमा हुदैछ कारोबार ?
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
लुम्बिनी सरकार : कांग्रेसका मन्त्रीहरूले संसदीय दलमा बुझाए राजीनामा
लुम्बिनी सरकार : कांग्रेसका मन्त्रीहरूले संसदीय दलमा बुझाए राजीनामा
रास्वपाको जनयात्रा शुभारम्भ सभा स्थगित नहुने
रास्वपाको जनयात्रा शुभारम्भ सभा स्थगित नहुने
भारत–फ्रान्सबीच लडाकु विमान खरिद गर्नेबारे सम्झौता
भारत–फ्रान्सबीच लडाकु विमान खरिद गर्नेबारे सम्झौता
नागरिकको आवश्यकतालाई सम्बोधन गर्नेगरी नीति निर्माण हुनुपर्छः मन्त्री पौडेल
नागरिकको आवश्यकतालाई सम्बोधन गर्नेगरी नीति निर्माण हुनुपर्छः मन्त्री पौडेल
जातीय विभेद अन्त्यका लागि साझा प्रतिबद्धता आवश्यक छ : सभामुख अर्याल
जातीय विभेद अन्त्यका लागि साझा प्रतिबद्धता आवश्यक छ : सभामुख अर्याल
पानी संकटमा ट्यांकरमार्फत निःशुल्क पानी वितरण, स्थानीयलाई राहत
पानी संकटमा ट्यांकरमार्फत निःशुल्क पानी वितरण, स्थानीयलाई राहत