अफ्रिकाको सुन खानीमा फसेका २४६ को जीवितै उद्धार, ७८ शव निकालियो

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, माघ ३, २०८१
|
|
२० पटक हेरिएको
Shares
अफ्रिकाको सुन खानीमा फसेका २४६ को जीवितै उद्धार, ७८ शव निकालियो

सारांश

  • दक्षिण अफ्रिकाको एक अवैध सुन खानीबाट तीन दिनको उद्धार कार्यमा जम्मा २४६ जीवित र ७८ जनाको शव निकालिएको छ।
  • बुधवार राती जारी गरिएको विज्ञप्ति अनुसार दक्षिण अफ्रिकी प्रहरी सेवाले उत्तर पश्चिम प्रान्तको स्टिलफन्टेन खानीमा सोमबारदेखि सुरु भएको उद्धार अभियानबाट २४६ अवैध खानीमा काम गर्नेहरूलाई भूमिगतबाट जीवितै निकालिएको र उनीहरूलाई पक्राउ गरिएको बताएको छ।
  • बरामद गरिएको शवको संख्या भने ७८ पुगेको छ ।

३ माघ,  जोहानेसबर्ग । दक्षिण अफ्रिकाको एक अवैध सुन खानीबाट तीन दिनको उद्धार कार्यमा जम्मा २४६ जीवित र ७८ जनाको शव निकालिएको छ। बुधवार राती जारी गरिएको विज्ञप्ति अनुसार दक्षिण अफ्रिकी प्रहरी सेवाले उत्तर पश्चिम प्रान्तको स्टिलफन्टेन खानीमा सोमबारदेखि सुरु भएको उद्धार अभियानबाट २४६ अवैध खानीमा काम गर्नेहरूलाई भूमिगतबाट जीवितै निकालिएको र उनीहरूलाई पक्राउ गरिएको बताएको छ।

बरामद गरिएको शवको संख्या भने ७८ पुगेको छ । ‘यस चरणमा अपरेसन रद्द गरिँदैन, हामी पूर्ण रूपमा निश्चित नभएसम्म यो अप्रेसन जारी रहनेछ,’  प्रवक्ता एथलेन्डा माथेले भनिन् । तर, उद्धार कार्यमा संलग्न स्वयंसेवकहरूले भूमिगत स्थानमा कुनै पनि जीवित व्यक्ति वा शव नभएको सञ्चारमाध्यमलाई बताएका छन् तर उनले अझै खोजबिन गर्नु पर्ने जनाएकी छिन् ।

माथेका अनुसार लफन्टेनमा सञ्चालनको लागि जिम्मेवार खानी उद्धार सेवाले बिहीबार बिहान पनि भूमिगत पिंजरा पठाउनेछ ताकी कोही अवैध खानीमा पिंजरासँग पुनः देखा पर्न सक्छ कि सक्दैन भनेर हेर्नेछ  । हामी खानी उद्धार सेवामा भर पर्नेछौं, उनीहरूको अत्याधुनिक उपकरणहरूको साथ यो पुष्टि गर्न जरूरी छ, यसले हामीलाई भूमिगत तहमा के भइरहेको छ भन्ने तस्वीर दिन सक्षम हुनेछ,’ उनले भनिन, ‘हामीले सङ्केत गरेका छौं कि हामीले यसलाई प्रमाणित गर्नुपर्दछ । यीनीहरू लगभग दुई महिना देखी सुनखानीमा फसेको जनाइएको छ । यद्यपि, त्यो बारेमा अनुसन्धान जारी रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नक्कली प्रमाणपत्रको आरोपमा महोत्तरीको प्रादेशिक आयुर्वेदकी चिकित्सक साहविरुद्ध मुद्दा दायर
नक्कली प्रमाणपत्रको आरोपमा महोत्तरीको प्रादेशिक आयुर्वेदकी चिकित्सक साहविरुद्ध मुद्दा दायर
कोशीमा २८ सिटका लागि ५०५ उम्मेदवार, झापा बन्यो चुनावी ‘इपिसेन्टर’
कोशीमा २८ सिटका लागि ५०५ उम्मेदवार, झापा बन्यो चुनावी ‘इपिसेन्टर’
आज काठमाडौंका आधा दर्जन बढी सुकुमवासी बस्तीमा चल्दैछ डोजर
आज काठमाडौंका आधा दर्जन बढी सुकुमवासी बस्तीमा चल्दैछ डोजर
माधव नेपाललाई मुद्दा दायर हुनुमा सरकारको कुनै भूमिका छैन: सञ्चारमन्त्री गुरुङ
माधव नेपाललाई मुद्दा दायर हुनुमा सरकारको कुनै भूमिका छैन: सञ्चारमन्त्री गुरुङ
अब देश नै घण्टीमय हुनेछ र देशले काँचुली फेर्नेछ : तोसिमा कार्की
अब देश नै घण्टीमय हुनेछ र देशले काँचुली फेर्नेछ : तोसिमा कार्की
पोखरा विमानस्थल भ्रष्टाचार : अधिकारीलाई ५लाख र भण्डारीसँग १ लाख धरौटी माग
पोखरा विमानस्थल भ्रष्टाचार : अधिकारीलाई ५लाख र भण्डारीसँग १ लाख धरौटी माग
जेनजी प्रदर्शन अपडेट: देशभर १९ जनाको मृ*त्यु, ३४७ घाइते
जेनजी प्रदर्शन अपडेट: देशभर १९ जनाको मृ*त्यु, ३४७ घाइते
कांग्रेसले गण्डकी प्रदेश सभा बैठक बहिष्कार गर्ने
कांग्रेसले गण्डकी प्रदेश सभा बैठक बहिष्कार गर्ने
सांसदले उठाएका विषयमा जवाफ दिन सरकारलाई निर्देशन
सांसदले उठाएका विषयमा जवाफ दिन सरकारलाई निर्देशन
एनआरएनएको एकताबाट नेपालका राजनीतिक दलहरुले सिक्नुपर्छ : प्रधानमन्त्री
एनआरएनएको एकताबाट नेपालका राजनीतिक दलहरुले सिक्नुपर्छ : प्रधानमन्त्री