तृतराजको अर्धशतकको मद्दतमा जनकपुरले दियो १४८ रनको लक्ष्य
सारांश
- ओपनर तृतराज दासको अर्धशतकको मद्दतमा जनकपुर बोल्ट्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्ससामु १४८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
- त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४७ रन बनायो ।
- जनकपुरका लागि ओपनर तृतराज दासले ५५ बलमा ६१ रनको योगदान दिए ।
१५ कात्तिक, काठमाडौं ।
ओपनर तृतराज दासको अर्धशतकको मद्दतमा जनकपुर बोल्ट्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्ससामु १४८ रनको लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४७ रन बनायो ।

जनकपुरका लागि ओपनर तृतराज दासले ५५ बलमा ६१ रनको योगदान दिए । उनले ७ चौका र एक छक्का प्रहार गरे । उनले पहिलो विकेटका लागि मोइन अलीसँग ४७ रनको साझेदारी गरे । मोइन १६ बलमा २१ रन बनाएर आउट भए । पहिलो खेलमा पराजित पोखरा पहिलो जितको खोजीमा हुनेछ । एक खेलमा जित र एक खेलमा हार बेहोरेको जनकपुर दोस्रो जित निकाल्न चाहन्छ ।

प्रतिक्रिया