सेयर बजार घट्नेक्रम जारी, कारोबार ७ अर्बमा झर्‍याे

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र २५, २०८१
|
|
३५ पटक हेरिएको
Shares
सेयर बजार घट्नेक्रम जारी, कारोबार ७ अर्बमा झर्‍याे

सारांश

  • सेयर बजार घट्नेक्रमले मंगलबार पनि निरन्तरता पाएको छ ।
  • आज बजार १३.
  • ०९ अंकले घटेर २६३२.

 

२५ भदौ , काठमाडौं । सेयर बजार घट्नेक्रमले मंगलबार पनि निरन्तरता पाएको छ ।आज बजार १३.०९ अंकले घटेर २६३२.९४ विन्दुमा अडिएको छ । बजार ३ हजार विन्दु पुगेर ओर्लिएको हो । बजार ३ हजार विन्दुमा पुग्दा कारोबार रकम पनि करिब ३० अर्बको हाराहारीमा थियो । तर अहिले कारोबार रकम पनि ७ अर्ब २४ करोड रुपैयाँमा खुम्चिएको छ । ट्रेडिङ समुह बाहेक सबै समुह घटेको छ । पछिल्लो ५ कारोबार दिनमा सूचकसँगै कारोबार रकम पनि निरन्तर घट्दै गएको छ ।तर यसदिन मानुषि लघुवित्त वित्तिय संस्थको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । यस्तै थ्रि स्टार हाइड्रो पावरको सेयर भने सर्किट लेभल ९९.९०० मा कारोबार भएको थियो । कारोबार रकमका आधारमा हाइड्रो इलेक्ट्रीसिटि एण्ड डेभलपमेन्ट प्रालि अगाडि छ । यसको आज २९ करोड ८१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?