आज देशभरका स्वास्थ्य सेवाहरु बन्द रह्ने- नेपाल चिकित्सक संघ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र ३१, २०८०
|
|
२१ पटक हेरिएको
Shares
आज देशभरका स्वास्थ्य सेवाहरु बन्द रह्ने- नेपाल चिकित्सक संघ

सारांश

  • नेपाल चिकित्सक संघले देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्दा बिरामीहरु अत्यावश्यक उपचार पाउनबाट बन्चित भएका छन् ।
  • गत बुधबार हेटौंडाको सन्चो अस्पतालमा कार्यरत डा.
  • विकास थापा र डा.

३१ भदौ, काठमाडौं । नेपाल चिकित्सक संघले देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्दा बिरामीहरु अत्यावश्यक उपचार पाउनबाट बन्चित भएका छन् ।

गत बुधबार हेटौंडाको सन्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि बिरामीका आफन्तहरूबाट भएको कुटपिटको घटनामा संलग्नहरूलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै नेपाल चिकित्सक संघको आह्वानमा ओपीडी सेवा बन्द गरिएको हो ।

उक्त घटनामा संलग्न दोषीहरूलाई छानबिन गरी कारबाही गर्न र देशभरका स्वास्थ्य संस्थाहरूमा अनिवार्य रूपमा स्वास्थ्य संस्था सुरक्षाबलको व्यवस्था गर्न संघले माग गरेको छ । संघले डाक्टरहरुलाई कुटपिट गर्नेहरुलाई ७२ घण्टाभित्र कारबाहीको दायरामा ल्याउन माग गरेको थियो । तर सो समयअवधिसम्म पनि कारबाही नगरिएको भन्दै संघले आज सबै स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका सेवा बन्द गरेको हो ।

गत साउन २२ गते डेंगुको लक्षण लिएर हेटौंडाको सन्चो अस्पतालमा उपचारका लागि ल्याइएका बिरामीलाई डाक्टरहरुले साउन २३ गते नै अर्को अस्पताल रेफर गरेका थिए । ती बिरामीको साउन २५ गते मृत्यु भएको थियो । त्यसपछि मृतकका आफन्तले पहिला गएको सन्चो अस्पतालले नै राम्रोसँग उपचार नगरेको आरोप लगाउँदै क्षतिपूर्तिको माग गर्दै डाक्टर माथि कुटपिट गरेका थिए ।

कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । डाक्टरहरुलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका रमा प्रधान, रमिता प्रधान, रोहित प्रधान र अनुप प्रधानमाथि अनुसन्धान गर्न जिल्ला अदालत मकवानपुरले प्रहरीलाई भदौ २९ गते तीन दिनको म्याद दिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अख्तियार आयोगले सुर्खेत उपत्यका नगर विकास समितिको कार्यालयमा २ घण्टा छापा
अख्तियार आयोगले सुर्खेत उपत्यका नगर विकास समितिको कार्यालयमा २ घण्टा छापा
आज पनि बढ्यो सुनचाँदीको मूल्य
आज पनि बढ्यो सुनचाँदीको मूल्य
प्रचण्ड सरकारले भ्रष्टाचारविरुद्ध होइन, चोख्याउने अभियान चाँहि चलाएको थियो : ओली
गण्डकी मन्त्रीपरिषद् विस्तार, नवनियुक्त मन्त्री ४ बजे शपथ लिदै। 
गण्डकी मन्त्रीपरिषद् विस्तार, नवनियुक्त मन्त्री ४ बजे शपथ लिदै। 
सर्लाहीको ईश्वरपुरमा पोखरीभित्र कार खस्दा दुई जना बेपत्ता 
सर्लाहीको ईश्वरपुरमा पोखरीभित्र कार खस्दा दुई जना बेपत्ता 
देउवालाई बाहिर राखेर नियमित महाधिवेशन गर्ने गगनको प्रस्ताव
देउवालाई बाहिर राखेर नियमित महाधिवेशन गर्ने गगनको प्रस्ताव
ट्रम्पलाई अमेरिकी अदालतको झट्का, राष्ट्रिय गार्ड तैनाथीमा लगायो रोक
ट्रम्पलाई अमेरिकी अदालतको झट्का, राष्ट्रिय गार्ड तैनाथीमा लगायो रोक
सुन्धारा कारागारबाट भागेका कैदी मकवानपुरबाट पक्राउ
सुन्धारा कारागारबाट भागेका कैदी मकवानपुरबाट पक्राउ
वृद्ध हत्याको आरोपमा काठमाडौंबाट १ जना पक्राउ
वृद्ध हत्याको आरोपमा काठमाडौंबाट १ जना पक्राउ
बेंगलोरमा ७ वर्षिया नेपाली बालिकाको आमाकै अगाडि हत्या
बेंगलोरमा ७ वर्षिया नेपाली बालिकाको आमाकै अगाडि हत्या