सुनसरीको विवादपछी सर्लाहीमा डिजे प्रयोगमा प्रतिबन्ध

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण १२, २०८३
|
|
२९७ पटक हेरिएको
Shares
सुनसरीको विवादपछी सर्लाहीमा डिजे प्रयोगमा प्रतिबन्ध

सारांश

  • डिजे प्रयोगको विषयमा सुनसरीबाट सुरु भएको विवादले उग्र रुप लिएपछि सर्लाही प्रशासनले जिल्लामा डिजे प्रयोगमा रोक लगाएको छ ।
  • जिल्ला प्रशासन कार्यालय सर्लाहीले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै सर्लाही जिल्लाभर डिजे प्रयोग गर्न निषेध गरेको हो ।
  • सुनसरीको देवागञ्ज गाउँपालिका– ३ कप्तानगञ्जमा आइतबार राति डिजे बजाउने विषयबाट सुरु भएको विवादले उग्ररूप लिएपछि स्थानीय प्रशासनले गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो ।

 

१२ साउन, सर्लाही ।

डिजे प्रयोगको विषयमा सुनसरीबाट सुरु भएको विवादले उग्र रुप लिएपछि सर्लाही प्रशासनले जिल्लामा डिजे प्रयोगमा रोक लगाएको छ ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै सर्लाही जिल्लाभर डिजे प्रयोग गर्न निषेध गरेको हो ।


सुनसरीको देवागञ्ज गाउँपालिका– ३ कप्तानगञ्जमा आइतबार राति डिजे बजाउने विषयबाट सुरु भएको विवादले उग्ररूप लिएपछि स्थानीय प्रशासनले गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो । ९ जना घाइते भएका छन् । सो घटनाको विरोधमा सर्लाहीमा पनि हिजो सोमवार सदरमुकाम मलंगवामा प्रदर्शन भएको थियो ।
सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘ कसैले पनि धार्मिक, सांस्कृतिक, सामाजिक वा व्यक्तिगत कार्यक्रममा डिजे बाजा प्रयोज नगर्न पुनः सूचित गरिन्छ । यदि कसैले उक्त निर्णयको बेवास्ता गरि डिजे बजाएको पाइएमा सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुले त्यस्ता डिजे, साउण्ड, सिस्टम तथा सवारीसाधनहरु नियन्त्रणमा लिई आयोजक तथा संचालक दुवैलाइ प्रचलित कानुन बमोजिम कारबाही गरिने स्पस्ट जानकारीका लागी अनुरोध छ ।’

 

 

मलंगवा नगरपालिका वडा नं. ६ खुटौनाको सार्वजनिक अनुरोध
मलंगवा नगरपालिका वडा नं. ६ खुटौनाको सार्वजनिक अनुरोध
मलंगवा नगरपालिका वडा नं. ६ खुटौनाको सार्वजनिक अनुरोध
मलंगवा नगरपालिका वडा नं. ६ खुटौनाको सार्वजनिक  अनुरोध
मलंगवा नगरपालिका वडा नं. ५ भारसरको सार्वजनिक अनुरोध
मलंगवा नगरपालिका वडा नं. ५ भारसरको सार्वजनिक अनुरोध
नेपाली मिति लोड हुँदैछ...

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?