ठगीमा संलग्न रहेको अभियोगमा ७ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र ७, २०८२
|
|
८४ पटक हेरिएको
Shares
ठगीमा संलग्न रहेको अभियोगमा ७ जना पक्राउ

सारांश

  • प्रहरीले ठगीमा संलग्न रहेको अभियोगमा ७ जनालाई मंगलबार पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर थिमी नगरपालिका-२ गठ्ठाघर बस्ने सप्तरी कञ्चन रूप नगरपालिका-१२ घर भएका २६ वर्षीय विवेक रेग्मी, ललितपुर महालक्ष्मी नगरपालिका-२ बालकुमारी बस्ने भारत तेलंगाना हैदरावाद बोरण्डा थाना घर भएका ३९ वर्षीय हुसेन सैयद, ४४ वर्षीय साजिद ओमर सैयद, भारत तेलंगाना हैदरावाद चारमिनार थाना घर भएका ३४ वर्षीय महम्मद ईमरान, ३३ वर्षीय मिर खालिद हुसेन, ४० वर्षीय रजाक महम्मद र भारत तेलंगाना हैदरावाद कुकडपल्ली थाना घर भएका ४२ वर्षीय समादा गिरी रहेका छन् ।
  • काठमाडौं महानगरपालिका-१० थापा गाउँ लाखे चौर मार्गस्थित सिर्तेल होलिडेज प्रा।

७ चैत,काठमाडौ ।

प्रहरीले ठगीमा संलग्न रहेको अभियोगमा ७ जनालाई मंगलबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर थिमी नगरपालिका-२ गठ्ठाघर बस्ने सप्तरी कञ्चन रूप नगरपालिका-१२ घर भएका २६ वर्षीय विवेक रेग्मी, ललितपुर महालक्ष्मी नगरपालिका-२ बालकुमारी बस्ने भारत तेलंगाना हैदरावाद बोरण्डा थाना घर भएका ३९ वर्षीय हुसेन सैयद, ४४ वर्षीय साजिद ओमर सैयद, भारत तेलंगाना हैदरावाद चारमिनार थाना घर भएका ३४ वर्षीय महम्मद ईमरान, ३३ वर्षीय मिर खालिद हुसेन, ४० वर्षीय रजाक महम्मद र भारत तेलंगाना हैदरावाद कुकडपल्ली थाना घर भएका ४२ वर्षीय समादा गिरी रहेका छन् ।

काठमाडौं महानगरपालिका-१० थापा गाउँ लाखे चौर मार्गस्थित सिर्तेल होलिडेज प्रा।ली नामको ट्राभल एजेन्सीबाट सर्वसाधारण व्यक्तिहरूलाई युरोप, एसिया, अफ्रिका लगायत १ सय ७५ देशमा भ्रमणमा जानको लागि विभिन्न नम्बरबाट फोन गरी ट्राभल लोटरी परेको छ भनी झुक्यानमा पारी अत्यन्त सस्तो दरमा भ्रमण गराउने भनी विश्वास दिलाई पीडितहरूबाट रकम लिई भ्रमण नगराई रकम समेत फिर्ता नगरी ठगी गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई सोही कार्यालयबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले हालसम्म ३२८ जना पीडितहरूबाट २ करोड ७२ लाख ६५ हजार ५७४ रुपैयाँ ठगी गरेको खुल्न आएको छ ।

साथै प्रहरीले उनीहरूको साथबाट नेपाली नगद ७ लाख रुपैयाँ, कम्प्युटर १ थान, ल्यापटप १ थान, ट्याब १ थान, विभिन्न छाप ५ थान, रिसिप्ट प्याड ३ थान, विभिन्न व्यक्तिहरूको नाम, वतन, मोबाइल नम्बर समेतकोको विवरण उल्लेखित कुपनको अर्धकट्टी ५ हजार ७५ थान लगायतका सरसामान बरामद गरेको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इजरायली हवाई आक्रमणमा यमनका दुई पत्रिका कार्यालय ध्वस्त, ३१ सञ्चारकर्मीको मृ*त्यु
इजरायली हवाई आक्रमणमा यमनका दुई पत्रिका कार्यालय ध्वस्त, ३१ सञ्चारकर्मीको मृ*त्यु
पाँच वर्षका लागि प्रतिनिधित्वको जिम्मेवारी केवल अधिकार होइन्, उत्तरदायित्व पनि हो : सभामुख
पाँच वर्षका लागि प्रतिनिधित्वको जिम्मेवारी केवल अधिकार होइन्, उत्तरदायित्व पनि हो : सभामुख
प्रशासन मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा
प्रशासन मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा
कतारका राजालाई राष्ट्रपतिले विमानस्थलमा स्वागत गर्ने
कतारका राजालाई राष्ट्रपतिले विमानस्थलमा स्वागत गर्ने
जनकपुरमा हर्षोल्लासका साथ रामनवमी महोत्सव मनाइँदै
जनकपुरमा हर्षोल्लासका साथ रामनवमी महोत्सव मनाइँदै
निजामती विधेयकमाथिको छलफल अन्तिम चरणमा
निजामती विधेयकमाथिको छलफल अन्तिम चरणमा
एक हजार ७ सयले रुपैयाँले घट्यो सुनको मूल्य
एक हजार ७ सयले रुपैयाँले घट्यो सुनको मूल्य
कानूनमन्त्रीलाई सांसद चन्दको प्रश्नः ०८४ को चुनावमा ३३ प्रतिशत महिला उम्मेदवारी दिन पाउँछन् कि पाउँदैनन् ?
कानूनमन्त्रीलाई सांसद चन्दको प्रश्नः ०८४ को चुनावमा ३३ प्रतिशत महिला उम्मेदवारी दिन पाउँछन् कि पाउँदैनन् ?
मधेश प्रदेशको बजेट : एक करोडभन्दा कमका योजनामा बजेट नछर्ने, नयाँ गाडी नकिन्ने
मधेश प्रदेशको बजेट : एक करोडभन्दा कमका योजनामा बजेट नछर्ने, नयाँ गाडी नकिन्ने
एमाले संसद विघटनविरुद्ध सर्वोच्च नजाने
एमाले संसद विघटनविरुद्ध सर्वोच्च नजाने