पत्रकारलाई धम्की दिएको आरोपमा डा. झा पक्राउ

अमलेश शर्मा अमलेश शर्मा
|
बुधबार, जेठ ६, २०८३
|
|
१४८६ पटक हेरिएको
Shares
पत्रकारलाई धम्की दिएको आरोपमा डा. झा पक्राउ

सारांश

  • एभिन्युज टेलिभिजन र लोकतन्त्र दैनिकमा आवद्ध पत्रकार बखतियार अली लाई धम्की दिएको आरोपमा सर्लाही प्रहरीले स्तुती सौम्य हेल्थ केयरका सञ्चालक डा.
  • गुणेश्वर झा लाई पक्राउ गरेको छ ।
  •  जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम् डीएसपी सरोज राईका अनुसार समाचार प्रकाशनको विषयलाई लिएर पत्रकार अलीमाथि गालीगलौज, अभद्र व्यवहार तथा धाकधम्की दिएको आरोपमा झाविरुद्ध मुद्दा दर्ता गरी पक्राउ गरिएको हो ।

०६ जेठ, सर्लाही ।

एभिन्युज टेलिभिजन र लोकतन्त्र दैनिकमा आवद्ध पत्रकार बखतियार अली लाई धम्की दिएको आरोपमा सर्लाही प्रहरीले स्तुती सौम्य हेल्थ केयरका सञ्चालक डा. गुणेश्वर झा लाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम् डीएसपी सरोज राईका अनुसार समाचार प्रकाशनको विषयलाई लिएर पत्रकार अलीमाथि गालीगलौज, अभद्र व्यवहार तथा धाकधम्की दिएको आरोपमा झाविरुद्ध मुद्दा दर्ता गरी पक्राउ गरिएको हो ।

पत्रकार अलीले गत फागुन ५ गते मलंगवा–१० स्थित स्तुती सौम्य हेल्थ केयर क्लिनिकमा उपचारका क्रममा विष्णु गाउँपालिका–६ निवासी ३ महिनाका अभि बैठाको मृत्यु भएको घटनाबारे लोकतन्त्र दैनिकमा समाचार प्रसारण गरेका थिए। समाचारअनुसार बालकको मृत्यु भएपछि क्लिनिक सञ्चालक झाले मृतकका अभिभावकसँग बाकी रकम बुझाउन दबाब दिएको तथा शवसहित परिवारलाई केही समय क्लिनिकमै रोकेर राखेको आरोप लागेको थियो। उक्त घटनाबारे समाचार प्रसारण भएपछि डा. झाले समाचार हटाउन दबाब दिँदै पत्रकार अलीलाई सामाजिक सञ्जालमार्फत धम्की दिएको आरोप छ ।

पत्रकार अलीले त्यसबारे नेपाल पत्रकार महासंघ लाई जानकारी गराएका थिए।घटनापछि नेपाल पत्रकार महासंघ सर्लाही शाखा र मधेश प्रदेश समितिले विज्ञप्ति जारी गर्दै पत्रकारमाथि भएको धम्की र अभद्र व्यवहारप्रति आपत्ति जनाएका छन्। महासंघले समाचारप्रति असहमति भए कानुनी तथा संवैधानिक निकायमार्फत उजुरी दिन सकिने व्यवस्था हुँदाहुँदै पत्रकारलाई धम्क्याउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

मलंगवा नगरपालिका वडा नं. ६ खुटौनाको सार्वजनिक अनुरोध
मलंगवा नगरपालिका वडा नं. ६ खुटौनाको सार्वजनिक अनुरोध
मलंगवा नगरपालिका वडा नं. ६ खुटौनाको सार्वजनिक अनुरोध
मलंगवा नगरपालिका वडा नं. ६ खुटौनाको सार्वजनिक  अनुरोध
मलंगवा नगरपालिका वडा नं. ५ भारसरको सार्वजनिक अनुरोध
मलंगवा नगरपालिका वडा नं. ५ भारसरको सार्वजनिक अनुरोध
नेपाली मिति लोड हुँदैछ...

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
अमलेश शर्मा
अमलेश शर्मा
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्णाली याक्सले टस जितेर विराटनगरविरुद्ध ब्याटिङ गर्दै
कर्णाली याक्सले टस जितेर विराटनगरविरुद्ध ब्याटिङ गर्दै
मधेश प्रदेशको आगामी वर्षको बजेट मन्त्रिपरिषदबाट पारित
मधेश प्रदेशको आगामी वर्षको बजेट मन्त्रिपरिषदबाट पारित
इजरायली प्रधानमन्त्रीको निजी निवासमा हिजबुल्लाहले गर्‍यो ड्रोन आक्रमण
इजरायली प्रधानमन्त्रीको निजी निवासमा हिजबुल्लाहले गर्‍यो ड्रोन आक्रमण
काठमाडौँ महानगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने
काठमाडौँ महानगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने
आजको मौसम : कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव
आजको मौसम : कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव
मुग्लिन–नागढुंगा सडक तीन दिनसम्म रातको समयमा बन्द हुने
मुग्लिन–नागढुंगा सडक तीन दिनसम्म रातको समयमा बन्द हुने
इन्धनको मूल्य घटेसँगै बजार मूल्य घटाउन सरकारको आग्रह
इन्धनको मूल्य घटेसँगै बजार मूल्य घटाउन सरकारको आग्रह
तीन दिनभित्र फाइलमा निर्णय दिने प्रणाली ल्याउँछौँ : प्रधानमन्त्री ओली
तीन दिनभित्र फाइलमा निर्णय दिने प्रणाली ल्याउँछौँ : प्रधानमन्त्री ओली
चोरी भएका मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण
चोरी भएका मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण
कुलमानका विषयमा ऊर्जामन्त्रीले सदनमा झुट बोले : लिङ्देन
कुलमानका विषयमा ऊर्जामन्त्रीले सदनमा झुट बोले : लिङ्देन