Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

हुरीका कारण २० प्रतिशत केराखेतीमा क्षति

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ ४, २०८२
|
|
४३ पटक हेरिएको
Shares
हुरीका कारण २० प्रतिशत केराखेतीमा क्षति

सारांश

  • गत साता आएको हुरीसहितको वर्षाले यहाँको केराखेतीमा २० प्रतिशत क्षति भएको छ ।
  • जिल्लाका पूर्वी र पश्चिम क्षेत्रमा लगाइएको केरामा क्षति भएको केरा उत्पादक सङ्घ चितवनका अध्यक्ष घननाथ महतोले बताउनुभयो ।
  • उहाँका अनुसार गत बुधबार र बिहीबार पूर्वी चितवनको कालिका नगरपालिका, चैनपुर, वीरेन्द्रनगर र रत्ननगरमा गरिएको केराखेतीमा क्षति पुगेको छ ।

 

४ जेठ, चितवन।

गत साता आएको हुरीसहितको वर्षाले यहाँको केराखेतीमा २० प्रतिशत क्षति भएको छ । जिल्लाका पूर्वी र पश्चिम क्षेत्रमा लगाइएको केरामा क्षति भएको केरा उत्पादक सङ्घ चितवनका अध्यक्ष घननाथ महतोले बताउनुभयो । उहाँका अनुसार गत बुधबार र बिहीबार पूर्वी चितवनको कालिका नगरपालिका, चैनपुर, वीरेन्द्रनगर र रत्ननगरमा गरिएको केराखेतीमा क्षति पुगेको छ ।

ती क्षेत्रमा १५ देखि २० प्रतिशतसम्म क्षति पुगेको उहाँको भनाइ छ । शुक्रबार आएको हुरीका कारण भरतपुर महानगरपालिका वडा नं २३ र २६ मा केराखेतीमा क्षति पुगेको छ । साथै भरतपुरको ठिमुरा क्षेत्रमा पनि क्षति पुगेको छ । केराखेती गर्दै आउनुभएका कालिका नगरपालिकाका माधव घिमिरेले उत्पादन लिने समयमा हुरीले केरामा क्षति पु¥याएको बताउनुभयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ चितवनका सूचना अधिकारी रविकीरण अधिकारीका अनुसार हुरीले केराखेतीमा भएको क्षतिको विवरण सङ्कलन भइरहेको बताउनुभयो । जिल्लामा हाल मालभोग, चिनी चम्पा र जि–९ जातको केराखेती हुँदै आएको छ । यहाँ तीन हजार बिघाभन्दा बढी क्षेत्रफलमा ७०० भन्दाबढी किसानले केराखेती गर्दै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भूमि सम्बन्धी विधेयक फिर्ता लिन नेकपा (एकीकृत समाजवादी) को माग
भूमि सम्बन्धी विधेयक फिर्ता लिन नेकपा (एकीकृत समाजवादी) को माग
बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री खालिदा जियाको निधनप्रति प्रधानमन्त्री कार्की द्वारा शोक सन्देश जारी
बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री खालिदा जियाको निधनप्रति प्रधानमन्त्री कार्की द्वारा शोक सन्देश जारी
गण्डकीबाट सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित
गण्डकीबाट सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित
भ्रमणबाट फर्किँदा दुर्घटना, डिस्चार्जपछि झुन्डिएको अवस्थमा फेला
भ्रमणबाट फर्किँदा दुर्घटना, डिस्चार्जपछि झुन्डिएको अवस्थमा फेला
पीडितले समयमै न्याय पाउन सकेमात्र न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धि हुन्छ : राष्ट्रपति
पीडितले समयमै न्याय पाउन सकेमात्र न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धि हुन्छ : राष्ट्रपति
सर्लाहीमा मल र पानीको अभाव, अनेरास्ववियुको ज्ञापनपत्र
सर्लाहीमा मल र पानीको अभाव, अनेरास्ववियुको ज्ञापनपत्र
जेनजी आन्दोलनमा बगेको रगत खेरा जान नदिन एकजुट हुन आवश्यक छ : किशोरी कार्की
जेनजी आन्दोलनमा बगेको रगत खेरा जान नदिन एकजुट हुन आवश्यक छ : किशोरी कार्की
अरु भाषामा बोले पनि संसद्मा दस्तावेज राख्ने व्यवस्था हुनुपर्छ : सांसद बोहोरा
अरु भाषामा बोले पनि संसद्मा दस्तावेज राख्ने व्यवस्था हुनुपर्छ : सांसद बोहोरा
घट्यो सेयर बजार, २७ सयबाट ओर्लियो नेप्से
घट्यो सेयर बजार, २७ सयबाट ओर्लियो नेप्से
पेट्रोलियम पदार्थ उत्खनन गर्ने उपकरणसहितका सामान दैलेख पुर्‍याइयो
पेट्रोलियम पदार्थ उत्खनन गर्ने उपकरणसहितका सामान दैलेख पुर्‍याइयो