Press 4K
बुधबार, ३१ भाद्र २०८३

बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री खालिदा जियाको निधनप्रति प्रधानमन्त्री कार्की द्वारा शोक सन्देश जारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, पौष १५, २०८२
|
|
३२ पटक हेरिएको
Shares
बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री खालिदा जियाको निधनप्रति प्रधानमन्त्री कार्की द्वारा शोक सन्देश जारी

सारांश

  • प्रधानमन्त्री सुशीला कार्कीले बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री तथा बंगलादेश नेस्नालिस्ट पार्टी (बीएनपी) अध्यक्ष बेगम खालिदा जियाको निधनप्रति गहिरो दुःख व्यक्त गरेकी छन् ।
  • मंगलबार सामाजिक सञ्जालमार्फत शोक सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले नेपाल सरकार र नेपाली जनताको तर्फबाट खालिदा जियाको परिवार, आफन्त तथा बंगलादेशका जनताप्रति हार्दिक समवेदना व्यक्त गरेकी हुन् ।
  • प्रधानमन्त्री कार्कीले खालिदा जियाले जीवनभर सार्वजनिक सेवामा महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै उनको नेतृत्व बंगलादेशको लोकतान्त्रिक यात्रामा ऐतिहासिक अध्यायका रूपमा स्थापित भएको बताइन् ।

 

काठमाडौं ।

प्रधानमन्त्री सुशीला कार्कीले बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री तथा बंगलादेश नेस्नालिस्ट पार्टी (बीएनपी) अध्यक्ष बेगम खालिदा जियाको निधनप्रति गहिरो दुःख व्यक्त गरेकी छन् । मंगलबार सामाजिक सञ्जालमार्फत शोक सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले नेपाल सरकार र नेपाली जनताको तर्फबाट खालिदा जियाको परिवार, आफन्त तथा बंगलादेशका जनताप्रति हार्दिक समवेदना व्यक्त गरेकी हुन् ।

प्रधानमन्त्री कार्कीले खालिदा जियाले जीवनभर सार्वजनिक सेवामा महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै उनको नेतृत्व बंगलादेशको लोकतान्त्रिक यात्रामा ऐतिहासिक अध्यायका रूपमा स्थापित भएको बताइन् । साथै, नेपाल–बंगलादेश सम्बन्ध सुदृढीकरणमा उनले खेलेको भूमिकाका लागि नेपालले उनलाई सधैं सम्झिरहने उल्लेख गरे । शोक सन्देशमा प्रधानमन्त्री कार्कीले दिवंगत आत्माको चिरशान्तिको कामना पनि गरेकी छन् ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...