बाढीपीडितलाई केडिया परिवारको एक करोड सहयोग

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र १७, २०८३
|
|
७३ पटक हेरिएको
Shares
बाढीपीडितलाई केडिया परिवारको एक करोड सहयोग

सारांश

  • सर्लाहीको हरिवनस्थित इन्दु शंकर चिनी उद्योग लिमिटेडले भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि राहतस्वरूप ३५ लाख रुपैयाँ सहयोग गरेको छ।
  •  उद्योग सञ्चालक केडिया परिवारले इन्दु शंकरसहित आफ्ना विभिन्न उद्योग तथा संस्थामार्फत कुल एक करोड रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ।
  •  केडिया परिवारका अनुसार इन्दु शंकर चिनी उद्योगबाट ३५ लाख रुपैयाँ, सुशील वनस्पति प्रालिबाट ४० लाख रुपैयाँ, डीएभी सुशील केडिया विश्वभारतीबाट २० लाख रुपैयाँ र सीताराम गोकुल मिल्क्स प्रालिबाट ५ लाख रुपैयाँ सहयोग प्रदान गरिएको हो।

१७ भदौ, सर्लाही ।

सर्लाहीको हरिवनस्थित इन्दु शंकर चिनी उद्योग लिमिटेडले भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि राहतस्वरूप ३५ लाख रुपैयाँ सहयोग गरेको छ। उद्योग सञ्चालक केडिया परिवारले इन्दु शंकरसहित आफ्ना विभिन्न उद्योग तथा संस्थामार्फत कुल एक करोड रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ। केडिया परिवारका अनुसार इन्दु शंकर चिनी उद्योगबाट ३५ लाख रुपैयाँ, सुशील वनस्पति प्रालिबाट ४० लाख रुपैयाँ, डीएभी सुशील केडिया विश्वभारतीबाट २० लाख रुपैयाँ र सीताराम गोकुल मिल्क्स प्रालिबाट ५ लाख रुपैयाँ सहयोग प्रदान गरिएको हो।

उक्त रकमको चेक केडिया परिवारका सदस्यहरूले मंगलबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्। इन्दु शंकर चिनी उद्योगका सञ्चालक राजेश केडियासहित परिवारका सदस्यहरूको उपस्थितिमा सहयोग रकम हस्तान्तरण गरिएको उद्योगका प्रशासकीय प्रमुख ठाकुर नेपालले जानकारी दिए। भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम उपलब्ध गराइएको केडिया परिवारले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालेनलाई हर्कको प्रतिउत्तर : लुकेर गेम खेल्दै स्टाटस लेख्नु सजिलो छ !
बालेनलाई हर्कको प्रतिउत्तर : लुकेर गेम खेल्दै स्टाटस लेख्नु सजिलो छ !
सेयर बजारको अंकसँगै घट्यो कारोबार रकम
सेयर बजारको अंकसँगै घट्यो कारोबार रकम
सीमाक्षेत्रमा ‘ड्रग्स टेस्टिङ चेकपोइन्ट’ स्थापना गरिने
सीमाक्षेत्रमा ‘ड्रग्स टेस्टिङ चेकपोइन्ट’ स्थापना गरिने
इरान भन्छ- कुटनीति र वार्ता राष्ट्रिय हितमा हुनुपर्छ, अमेरिकासँग क्षतिपूर्तिको माग गर्छाैँ
इरान भन्छ- कुटनीति र वार्ता राष्ट्रिय हितमा हुनुपर्छ, अमेरिकासँग क्षतिपूर्तिको माग गर्छाैँ
पहिरोले कान्ति लोकपथ अवरुद्ध, पहिरो पन्छाउन दिनभर लाग्ने
पहिरोले कान्ति लोकपथ अवरुद्ध, पहिरो पन्छाउन दिनभर लाग्ने
गणतन्त्र दिवस मूल समारोह समिति गठन
गणतन्त्र दिवस मूल समारोह समिति गठन
सुनकोशी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक थ्रु’
सुनकोशी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक थ्रु’
आधारभूत सेवामा पहुँच सुनिश्चित गर्न सरकार दृढ छ : मन्त्री यादव
आधारभूत सेवामा पहुँच सुनिश्चित गर्न सरकार दृढ छ : मन्त्री यादव
कवाड व्यवसायीले आज महानगरपालिकाको कार्यालय घेराउ गर्ने
कवाड व्यवसायीले आज महानगरपालिकाको कार्यालय घेराउ गर्ने
रवि लामिछानेको अगुवाइमा सुरु भएको ग्यालेक्सी टीभी बन्द
रवि लामिछानेको अगुवाइमा सुरु भएको ग्यालेक्सी टीभी बन्द