रवि विरुद्धको मुद्दा अदालतमा पेश

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, पौष ७, २०८१
|
|
३७ पटक हेरिएको
Shares
रवि विरुद्धको मुद्दा अदालतमा पेश

सारांश

  • सहकारी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछाने विरुद्धको मुद्दा जिल्ला अदालतमा पेश भएको छ ।
  • जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले साढे चार सय पेज लामो आरोपपत्र र त्यससँग सम्बन्धित प्रमाण अदालतमा पेश गरिएको जानकारी दिइन् ।
  • अहिले जिल्ला अदालतमा त्यसलाई रुजु गर्ने काम भइरहेको छ ।

 

७ पुस, काठमाडौं । सहकारी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछाने विरुद्धको मुद्दा जिल्ला अदालतमा पेश भएको छ । जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले साढे चार सय पेज लामो आरोपपत्र र त्यससँग सम्बन्धित प्रमाण अदालतमा पेश गरिएको जानकारी दिइन् । अहिले जिल्ला अदालतमा त्यसलाई रुजु गर्ने काम भइरहेको छ ।

जिल्ला अदालत कास्कीका निमित्त स्रेस्तेदार ख्यामनारायण लामिछानेले अभियोग पत्र पेश भइसकेको र अध्ययन गर्ने क्रम चलिरहेको जानकारी दिए । सहकारी ठगीको आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछाने विरुद्ध पनि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता गर्ने तयारी छ । उनलाई आज बिहान जिल्ला अदालतमा उपस्थित गराइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले यही पुस १ गते सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।

सो प्रतिवेदनमा रवि सहित जीवी राई लगायतलाई करिब एक अर्ब विगो मागदावी गर्नुपर्ने राय छ । सोही आधारमा गोर्खा मिडिया प्रालिका अध्यक्ष गितेन्द्र बाबु (जीबी) राई सहित १९ जना विरुद्ध पुस ५ गते मुद्दा दर्ता भएको थियो । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका रवि कात्तिक ३ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन् । उनी कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । संसदीय छानबिन विशेष समितिले पूर्वगृहमन्त्री लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कमा पोखराको सूर्यदर्शन,

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्था, साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था, वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्था र नेपालगञ्जको समानता सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गर्ने काममा रविको पनि संलग्नता देखिएको भन्दै कारबाही सिफारिस गरेको थियो । सो प्रतिवेदन कार्यान्वयनको प्रक्रियामा गएपछि सूर्यदर्शनकै बचत ठगी प्रकरणमा गत असोज ६ गते पूर्वडिआईजी समेत रहेका छविलाल जोशीलाई काठमाडौंबाट पक्राउ गरेर पोखरा लगिएको थियो भने कात्तिक २ गते रविलाई पक्राउ गरेर रातारात पोखरा लगिएको थियो । यसबीचमा उनीहरुलाई रुपन्देहीको बुटवल, चितवन, काठमाडौं र वीरगञ्जमा लगेर पनि बयान गराइएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपाले गर्यो निर्वाचन आयोग पुगेर सनाखत
नेकपाले गर्यो निर्वाचन आयोग पुगेर सनाखत
सदन बस्नुअघि रास्वपाको ५ बुँदे प्रस्तावमा साझा धारणा बनाउन विपक्षी दलको बैठक
सदन बस्नुअघि रास्वपाको ५ बुँदे प्रस्तावमा साझा धारणा बनाउन विपक्षी दलको बैठक
वीरगञ्ज भन्सारद्वारा एघार महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन
वीरगञ्ज भन्सारद्वारा एघार महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन
प्रतिनिधि सभामा विनियोजन विधेयकमाथिको छलफल जारी रहने, यस्तो छ सम्भावित कार्यसूची
प्रतिनिधि सभामा विनियोजन विधेयकमाथिको छलफल जारी रहने, यस्तो छ सम्भावित कार्यसूची
सर्लाहीमा एसइइ दिने ११ हजार ३७१ परीक्षार्थी
सर्लाहीमा एसइइ दिने ११ हजार ३७१ परीक्षार्थी
पक्राउ पुर्जी जारी भएका सांसद पन्थी बुद्ध जयन्तीको कार्यक्रममा
पक्राउ पुर्जी जारी भएका सांसद पन्थी बुद्ध जयन्तीको कार्यक्रममा
‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक’ पारित
‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक’ पारित
पृथ्वीराजमार्गको आँबुखैरेनीमा सडक भासियो
पृथ्वीराजमार्गको आँबुखैरेनीमा सडक भासियो
चन्द्रनगरमा सामाजिक सुरक्षा कार्यविधि बनाउन समिति गठन
चन्द्रनगरमा सामाजिक सुरक्षा कार्यविधि बनाउन समिति गठन
ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुला
ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुला