रोकियो निजामती विधेयकमाथिको दफावार छलफल

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र ९, २०८२
|
|
४२ पटक हेरिएको
Shares
रोकियो निजामती विधेयकमाथिको दफावार छलफल

सारांश

  • राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफल प्रभावित भएको छ ।
  • दफावार छलफल सुरु भएर पनि रोकिन पुगेको छ ।
  • पछिल्लो समय विधायन व्यवस्थापन समिति राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयकमाथि छलफलमा केन्द्रित भएको छ ।

९ भदौ, काठमाडौं ।

राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफल प्रभावित भएको छ । दफावार छलफल सुरु भएर पनि रोकिन पुगेको छ । पछिल्लो समय विधायन व्यवस्थापन समिति राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयकमाथि छलफलमा केन्द्रित भएको छ ।

निजामती सेवा विधेयकमाथिको छलफल रोकेर विधायन समिति राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथिको छलफलमा केन्द्रित भएको हो । विधायन  व्यवस्थापन समितिका सदस्य बेदुराम भुसालका अनुसार निजामती विधेयक १७ दिन भित्र सभाबाटै पारित गरिसक्नुपर्ने दबाव छ । ‘यही भदौ १७ गतेभित्र विधेयक पारित गरिसक्नुपर्ने छ,’ गत सोमबार विधेयकमाथिको सैद्धान्तिक छलफलमा एकीकृत समाजवादीका साम्सद भुसालले भनेका थिए ।

यो विधेयक गत असार १५ गते प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा आएको हो । यसको जानकारी आएको समय हिसाब गरेर सांसद भुसालले यही १७ गते भित्र विधेयक पारित गरिसक्नुपर्ने दबाव रहेको बताएका हुन् ।प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा आएपछि राष्ट्रिय सभाले प्राप्त भएको दुई महिनाभित्र पारित गरिसक्नुपर्ने संवैधानिक बाध्यता छ ।

संविधानको धारा १११ मा भनिएको छ, ‘प्रतिनिधिसभाले पारित गरी राष्ट्रियसभामा पठाएको अर्थ विधेयकबाहेक अन्य विधेयक राष्ट्रियसभाले आफू समक्ष प्राप्त भएको दुई महिनाभित्र पारित गरी वा सुझाव सहित फिर्ता पठाउनु पर्नेछ ।’

अन्यथा ६० दिनभित्र राष्ट्रियसभाले विधेयक फिर्ता नगरेमा प्रतिनिधिसभाले तत्काल कायम रहेको संख्याको बहुमत सदस्यहरूको निर्णयबाट प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेस गर्न सक्ने संवैधानिक व्यवस्था छ । यस्तो संवैधानिक दबाब भएता पन विधायन व्यवस्थापन समिति यो विधेयक छाडेर अर्कै विधेयकमाथिको छलफलमा केन्द्रित भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दक्षिणी गाजास्थित अस्पतालमा इजरायलको आक्रमण, २८ जना मारिए
दक्षिणी गाजास्थित अस्पतालमा इजरायलको आक्रमण, २८ जना मारिए
इलाममा मतदान केन्द्रभित्रै नक्कली मतदान, प्रहरी जफत गर्‍यो सामग्री
इलाममा मतदान केन्द्रभित्रै नक्कली मतदान, प्रहरी जफत गर्‍यो सामग्री
हुम्लाको उनापानीमा  आगलागीबाट आठ घर नष्ट
हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट
कास्की कारागारबाट भागेका ३४८ कैदीबन्दी फर्किए, ४२५ जना अझै फरार
कास्की कारागारबाट भागेका ३४८ कैदीबन्दी फर्किए, ४२५ जना अझै फरार
पाथीभरामा गत बर्ष दुई लाख ५२ हजार बढी भक्तजन, भदौमै उठ्यो साढे १३ लाख भेटी
पाथीभरामा गत बर्ष दुई लाख ५२ हजार बढी भक्तजन, भदौमै उठ्यो साढे १३ लाख भेटी
दलका जेनजीहरु भन्छन्: ‘मागहरु जायज छन् तर नेतृत्व र प्रक्रियामा खुशी छैनौं’
दलका जेनजीहरु भन्छन्: ‘मागहरु जायज छन् तर नेतृत्व र प्रक्रियामा खुशी छैनौं’
प्रधानमन्त्रीसँग ८७ सदस्यीय टोली चीन भ्रमणमा जाने
प्रधानमन्त्रीसँग ८७ सदस्यीय टोली चीन भ्रमणमा जाने
दुई महिनामा वीरगञ्ज भन्सारले उठायो साढे २५ अर्ब राजस्व
दुई महिनामा वीरगञ्ज भन्सारले उठायो साढे २५ अर्ब राजस्व
अध्यक्ष प्रचण्डद्वारा टंकमणिको शालिक अनावरण
अध्यक्ष प्रचण्डद्वारा टंकमणिको शालिक अनावरण
स्वास्थ्यमन्त्री बस्नेतद्वारा ‘पोइजन सूचना केन्द्र’ को उद्घाटन
स्वास्थ्यमन्त्री बस्नेतद्वारा ‘पोइजन सूचना केन्द्र’ को उद्घाटन