दुई पूर्वमन्त्रीसहित ६ जनालाई चार दिन हिरासतमा राख्न अनुमति
सारांश
- मलेसिया जाने नेपाली श्रमिकसँग गैरकानुनी रूपमा रकम असुली गरी मलेसिया पठाएको आरोपमा पक्राउ परेका दुई पूर्वमन्त्रीसहित ६ जनालाई चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
- म्याद थप गरिएकामा तत्कालीन श्रममन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादव, तत्कालीन श्रम सचिव विनोद केसी, सहसचिवद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ छन् ।
- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार उनीहरूमाथि श्रमिकबाट गैरकानुनी रूपमा संकलन गरिएको १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रकम मलेसिया पठाउने निर्णयमा संलग्न रहेको आरोप छ ।
३ मंसिर, काठमाडौं । मलेसिया जाने नेपाली श्रमिकसँग गैरकानुनी रूपमा रकम असुली गरी मलेसिया पठाएको आरोपमा पक्राउ परेका दुई पूर्वमन्त्रीसहित ६ जनालाई चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

म्याद थप गरिएकामा तत्कालीन श्रममन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादव, तत्कालीन श्रम सचिव विनोद केसी, सहसचिवद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार उनीहरूमाथि श्रमिकबाट गैरकानुनी रूपमा संकलन गरिएको १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रकम मलेसिया पठाउने निर्णयमा संलग्न रहेको आरोप छ ।
उनीहरूमाथि ठगी तथा संगठित अपराध निवारण ऐनअन्तर्गत अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया