युवा-युवतीलाई शरीर बन्धक बनाई यातना दिने चारजना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, भाद्र २०, २०८१
|
|
३० पटक हेरिएको
Shares
युवा-युवतीलाई शरीर बन्धक बनाई यातना दिने चारजना पक्राउ

सारांश

  • क्लब एवम् हाउस पार्टीको नाममा युवा युवतीहरूलाई शरीर बन्धक बनाई यातना दिने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१ बस्ने ३३ वर्षीय आशिष देउला, टोखा नगरपालिका-३ बस्ने २७ वर्षीय राजेन्द्र घले, काठमाडौं ठमेल बस्ने उदयपुर गाईघाट नगरपालिका-११ घर भएका २२ वर्षीय ओजस्वी तामाङ र काठमाडौं स्वयम्भू बस्ने चितवन भरतपुर महानगरपालिका-२९ घर भएका २२ वर्षीय साजन गुरूङ रहेका छन् ।
  • उनीहरूले काठमाडौंका विभिन्न स्थानमा रहेका डान्सबार, क्लबबाट युवा युवतीहरूलाई विभिन्न प्रलोभनामा पारी क्लब पार्टी र हाउस पार्टीको नाममा बुढानिलकण्ठ नगरपालिका-१ स्थित घरमा लगेर नशालु पदार्थ सेवन गराई अनैतिक कार्य तथा ज्यान मार्ने सम्मको शारीरिक यातना दिएको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१ बाट पक्राउ गरेको हो ।

काठमाडौं। क्लब एवम् हाउस पार्टीको नाममा युवा युवतीहरूलाई शरीर बन्धक बनाई यातना दिने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१ बस्ने ३३ वर्षीय आशिष देउला, टोखा नगरपालिका-३ बस्ने २७ वर्षीय राजेन्द्र घले, काठमाडौं ठमेल बस्ने उदयपुर गाईघाट नगरपालिका-११ घर भएका २२ वर्षीय ओजस्वी तामाङ र काठमाडौं स्वयम्भू बस्ने चितवन भरतपुर महानगरपालिका-२९ घर भएका २२ वर्षीय साजन गुरूङ रहेका छन् ।उनीहरूले काठमाडौंका विभिन्न स्थानमा रहेका डान्सबार, क्लबबाट युवा युवतीहरूलाई विभिन्न प्रलोभनामा पारी क्लब पार्टी र हाउस पार्टीको नाममा बुढानिलकण्ठ नगरपालिका-१ स्थित घरमा लगेर नशालु पदार्थ सेवन गराई अनैतिक कार्य तथा ज्यान मार्ने सम्मको शारीरिक यातना दिएको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१ बाट पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट नक्कली पेस्तोल १ थान, ह्‍यामर १ थान, इलेक्ट्रिक आइरन १ थान र व्लोवर मेसिन १ थान बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आइपिएलमा आज चेन्नई र बेंगलुरु भिड्दै, हेड टु हेडमा को अगाडि ?
आइपिएलमा आज चेन्नई र बेंगलुरु भिड्दै, हेड टु हेडमा को अगाडि ?
सर्लाहीको रामनगरमा आगलागी, कच्ची घरभित्रको धनमाल नष्ट
अमेरिकामा बेपत्ता नर्स ममताका श्रीमानले अनलाइनमा खोजेका थिए- श्रीमती मृत्युको कति समयपछि विवाह गर्न मिल्छ ?
अमेरिकामा बेपत्ता नर्स ममताका श्रीमानले अनलाइनमा खोजेका थिए- श्रीमती मृत्युको कति समयपछि विवाह गर्न मिल्छ ?
स्थानीय तह उपनिर्वाचन : आज रातिदेखि मौन अवधि सुरु हुँदै
स्थानीय तह उपनिर्वाचन : आज रातिदेखि मौन अवधि सुरु हुँदै
काभ्रेको गोरखनाथ सामुदायिक वनमा डढेलो
काभ्रेको गोरखनाथ सामुदायिक वनमा डढेलो
प्रहरी हिरासतमा रहेका थुनुवाको उपचारको क्रममा मृत्यु
प्रहरी हिरासतमा रहेका थुनुवाको उपचारको क्रममा मृत्यु
सर्लाहीमा स्रोत नखुलेको १३ लाखसहित २ जना पक्राउ
सर्लाहीमा स्रोत नखुलेको १३ लाखसहित २ जना पक्राउ
प्रधानमन्त्रीलाई प्रचण्डको चुनौती : २२ अर्ब उठाउने निर्णय क्याबिनेटबाट गर्नुस्
प्रधानमन्त्रीलाई प्रचण्डको चुनौती : २२ अर्ब उठाउने निर्णय क्याबिनेटबाट गर्नुस्
चार वटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
चार वटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
टेरामक्सबारे उचित समयमा जवाफ दिन्छु : सांसद बस्नेत
टेरामक्सबारे उचित समयमा जवाफ दिन्छु : सांसद बस्नेत