आइपिएलमा आज चेन्नई र बेंगलुरु भिड्दै, हेड टु हेडमा को अगाडि ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र १५, २०८१
|
|
२९ पटक हेरिएको
Shares
आइपिएलमा आज चेन्नई र बेंगलुरु भिड्दै, हेड टु हेडमा को अगाडि ?

सारांश

  •   इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा आज चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेंगलुरु भिड्दै छन् ।
  • यी दुई टिमबीचको खेल राति ७ः४५ देखि चेन्नईस्थित एम चिदम्बरम स्टेडियममा सुरु हुनेछ ।
  •   जारी सिजनमा चेन्नई र बेंगलुरु दुवै लगातार दोस्रो जितको खोजीमा छ ।

 

१५ चैत, भारत । 

इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा आज चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेंगलुरु भिड्दै छन् । यी दुई टिमबीचको खेल राति ७ः४५ देखि चेन्नईस्थित एम चिदम्बरम स्टेडियममा सुरु हुनेछ ।  जारी सिजनमा चेन्नई र बेंगलुरु दुवै लगातार दोस्रो जितको खोजीमा छ ।

बेंगलुरुले पहिलो खेलमा कोलकाता नाइट राइडर्सविरुद्ध ७ विकेटको सानदार जित निकालेको थियो ।  यस्तै, चेन्नईले मुम्बई इण्डियन्सलाई चार विकेटले हराउँदै विजयी सुरुवात गर्‍यो । हालसम्म चेन्नई र बेंगलुरुले ३३ खेलमा एकअर्काको सामना गरेका छन्, जसमा चेन्नईले २१ र बेंगलुरुले ११ खेल जितेको छ । यी दुई टिमबीचको एउटा खेल भने नतिजाविहीन बनेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?