संसद्‌मा अमरेशको उत्तेजक अभिव्यक्ति : बालेनको घर अगाडि कबाडी थुपारौं

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आषाढ ५, २०८१
|
|
१९ पटक हेरिएको
Shares
संसद्‌मा अमरेशको उत्तेजक अभिव्यक्ति : बालेनको घर अगाडि कबाडी थुपारौं

सारांश

  • स्वतन्त्र सांसद अमरेशकुमार सिंहले कबाड व्यवसायीहरूलाई काठमाडौं महानगरपालिका र महानगरपालिकाका मेयर बालेन शाहले दुःख दिएको भन्दै रोष प्रकट गरेका छन् ।
  • बुधबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद सिंहले महागरका मेयरकै शैलीमा सबै कबाडी र फोहोर बालेन शाहको घर अगाडि थुपार्न आग्रह गरे ।
  • ‘बालेन जी, यहीँको मेयरले सिकाएको छ कि, यदि काम भएन भने त्यहाँ नै फोहोर थुपार्ने ।

५ असार, काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले कबाड व्यवसायीहरूलाई काठमाडौं महानगरपालिका र महानगरपालिकाका मेयर बालेन शाहले दुःख दिएको भन्दै रोष प्रकट गरेका छन् ।

बुधबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद सिंहले महागरका मेयरकै शैलीमा सबै कबाडी र फोहोर बालेन शाहको घर अगाडि थुपार्न आग्रह गरे । ‘बालेन जी, यहीँको मेयरले सिकाएको छ कि, यदि काम भएन भने त्यहाँ नै फोहोर थुपार्ने । म यही संसद्‌मार्फत तमाम कबाड व्यवसायीहरूलाई आग्रह गर्न चाहन्छु– सबै फोहोर महानगरपालिका र बालेन शाहको घरको अगाडि थुपारौं, त्यसको लागि हामी साथमा छौं,’ उनले भने । यस्तो महानगरका मेयर शाहले नै सिकाएको उनले बताए । ‘टिट फर ट्याट । उहाँले नै यो सिकाएको हो,’ उनले भने । यसअघि महानगरपालिकाले सडक विभाग अगाडि फोहोर थुपारिदिएको थियो ।

‘पपुलिज्मको नाममा दुनियाँमा तानाशाही जन्मिएको छ । हिटलर पनि निर्वाचित भएर आएका थिए’ उनले भने, ‘तर हिटलरको कारणले जर्मनीको के हाल भएको थियो ?’
पपुलिजमको अवस्थामा मेयर शाहले समर्थन पाइरहेको पनि उनको टिप्पणी छ । ‘आज पपुलिजमको अवस्थामा हामी ताली बजाइरहेका छौं’ उनी थप्छन्, ‘बालेनले पनि नेपाललाई जर्मनी बनाउन खोजेको हो । … विभेदमा चल्न खोजेको हो । पपुलिजमको आडमा न्याय समाप्त गर्न खोजेको हो ।’

नेपाल न्यायको भूमि रहेको र हाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था अभ्यासमा रहेको उल्लेख गर्दै उनले थपे, ‘गणतन्त्रमा एउटा गरिब, निर्धाले पनि कानुनी राज्यको महसुस गर्न पाउनुपर्छ ।’ यसका सम्बन्धमा सरकारलाई जवाफ दिन लगाउने गरी रुलिङ गर्न सभामुखसँग माग गरे । उनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जवाफ दिनुपर्ने माग गरे ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विभेद अन्त्यका लागि जनयुद्ध लडेर आएको, एमाले विभेद अनत्य गर्नका लागि आएको उल्लेख गर्दै उनले थपे, ‘के यही सरकारमा यही विभेद जारी रहन्छ ?’ उनले प्रधानमन्त्री प्रचण्डलाई प्रश्न गरे, ‘के तपाईंको देशमा (तपाईंले नेतृत्व गरिहेको अवस्थामा) गरिब बस्न नहुने ?’

गरिबहरू बेरोजगार भएर विदेश गइरहेको सिंहले बताए । ‘जो यो देशमा रोजगारी गर्न चाहन्छ, त्यसले लठ्ठी खानुपर्ने ? टाउको फुटाउनुपर्ने ?’ उनले भने, ‘अन्यायले न्याय पाउनुपर्छ । कबाड व्यवसायीको आन्दोलनमा हामी साथमा छौं । केही भयो भने सम्पूर्ण सांसद त्यही गएर उभिन्छौं । जसलाई लठ्ठी चलाउनु छ चलाओस्, गोली हान्नु छ हानोस् ।’

कबाड व्यवसायीहरूले निर्वाध व्यवसाय गर्न पाउनुपर्ने माग गर्दै मंगलबार काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका थिए । त्यसक्रममा प्रहरीले दमन गरेको भन्दै उनले विरोध पनि गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महिला च्याम्पियनसिप आजदेखि, नेपाल र किर्गिस्तान भिड्दै
महिला च्याम्पियनसिप आजदेखि, नेपाल र किर्गिस्तान भिड्दै
अमेरिकामा नेपाली नर्स बेपत्ता प्रकरण : श्रीमानले बेडरुममै हत्या गरेर शव बेपत्ता पारेको कागजात अदालतमा पेश
अमेरिकामा नेपाली नर्स बेपत्ता प्रकरण : श्रीमानले बेडरुममै हत्या गरेर शव बेपत्ता पारेको कागजात अदालतमा पेश
प्यूठानमा दम्पतीको हत्या भएको घटनामा भतिजा पक्राउ
प्यूठानमा दम्पतीको हत्या भएको घटनामा भतिजा पक्राउ
आज पनि मन्त्रिपरिषद् बैठक बस्दै
आज पनि मन्त्रिपरिषद् बैठक बस्दै
स्वास्थ्य सेवा ऐनविरुद्ध मधेसका स्वास्थ्यकर्मीको जनप्रदर्शन, सरकारलाई तत्काल संशोधनको माग
स्वास्थ्य सेवा ऐनविरुद्ध मधेसका स्वास्थ्यकर्मीको जनप्रदर्शन, सरकारलाई तत्काल संशोधनको माग
पर्यटन ११ लाखमै थिचिएको, समाधान अन्तरमहादेशीय उडान : बस्नेत
पर्यटन ११ लाखमै थिचिएको, समाधान अन्तरमहादेशीय उडान : बस्नेत
प्रकाश तामाङलाई चार दिन भित्रमै नागरिकता दिन प्रधानमन्त्री ओलीको निर्देशन;
प्रकाश तामाङलाई चार दिन भित्रमै नागरिकता दिन प्रधानमन्त्री ओलीको निर्देशन;
मन्त्रिपरिषद् बैठकका २४ निर्णय सार्वजनिक (सूचीसहित)
मन्त्रिपरिषद् बैठकका २४ निर्णय सार्वजनिक (सूचीसहित)
काठमाडौं उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी एआईजी कार्कीलाई
काठमाडौं उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी एआईजी कार्कीलाई
बालेनको निर्णयको विरोधमा उत्रिइन् उपमेयर सुनिता
बालेनको निर्णयको विरोधमा उत्रिइन् उपमेयर सुनिता