पानामामा ७.७ म्याग्निच्युडको भू*कम्प, दर्जनौं संरचना भत्किए

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन २४, २०८३
|
|
६६ पटक हेरिएको
Shares
पानामामा ७.७ म्याग्निच्युडको भू*कम्प, दर्जनौं संरचना भत्किए

सारांश

  • मध्य अमेरिकी देश पानामामा ७.
  • ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।
  • शुक्रबार गएको भूकम्पका कारण राजधानी पानामा सिटीसम्म धक्का महसुस भएको छ भने विभिन्न स्थानमा भवन, सडक र पुलमा क्षति पुगेको छ ।

२४ असोज, काठमाडौं । मध्य अमेरिकी देश पानामामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । शुक्रबार गएको भूकम्पका कारण राजधानी पानामा सिटीसम्म धक्का महसुस भएको छ भने विभिन्न स्थानमा भवन, सडक र पुलमा क्षति पुगेको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार स्थानीय समयअनुसार शुक्रबार दिउँसो १ः५६ बजे भूकम्प गएको हो । यसको केन्द्रबिन्दु राजधानी पानामा सिटीबाट केही घण्टाको दूरीमा रहेको अजुएरो प्रायद्वीपको पितालोसा अरिबा क्षेत्रबाट करिब ९ माइल दक्षिणपश्चिममा थियो ।

भूकम्पपछि शक्तिशाली परकम्पसमेत गएका छन् । दिउँसो ४ः२५ बजे गएको परकम्पको प्रारम्भिक तीव्रता ६.९ म्याग्निच्युड मापन गरिएको थियो । भूगर्भविद्हरूले तत्कालका लागि परकम्पलाई मुख्य जोखिमका रूपमा औँल्याएका छन् । भूकम्पको केन्द्रबिन्दु नजिकै रहेको तटीय सहर एल भेनाओमा अवस्थित एल सिटियो होटल भत्किएको छ । होटल भत्किँदा मानवीय क्षति भने नभएको बताइएको छ । उक्त क्षेत्रमा केही घरमा चिरा परेको र एउटा पुलमा समेत क्षति पुगेको छ । भूकम्पका कारण विद्युत् आपूर्तिसमेत अवरुद्ध भएको उनले बताए ।‘अहिले सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको अहिलेसम्म कुनै पनि मानवीय क्षति नभएको हो,’ शहरका मेयर बाटिस्टाले पानामाको टेलिभिजन च्यानल टेलिमेट्रोलाई भनेका छन् ।

 

पानामाका राष्ट्रिय नागरिक सुरक्षा निकायका अनुसार देशका कोक्ले, लस सान्तोस र पानामा प्रान्तमा बढी क्षति पुगेको छ । सरकारी भवन, चर्चका अग्ला संरचना, होटल, पानी प्रशोधन केन्द्र र सडकमा क्षति पुगेको छ ।

घाइतेहरूलाई उपचारका लागि स्वास्थ्य केन्द्रमा लगिएको छ । तर, क्षतिको यकिन विवरण सार्वजनिक गरिएको छैन ।

पानामाका अधिकारीहरूले टेलिमेट्रोलाई दिएको जानकारीअनुसार पेनोनोमे सहरमा करिब एक दर्जन संरचना भत्किएका छन् । अगुआदुल्सेमा छवटा भवनमा उल्लेख्य क्षति पुगेको छ । पेनोनोमेमा रहेको डोस कोन्टिनेन्टेस होटलको एक भाग भत्किएर पार्किङमा राखिएका गाडीमाथि खसेको दृश्यसमेत सार्वजनिक भएको छ ।

कोक्ले प्रान्तका वरिष्ठ प्रहरी अधिकारी जर्ज सान्चेजका अनुसार गभर्नरको कार्यालय र एउटा क्याथेड्रलमा समेत क्षति पुगेको छ ।

भूकम्पको धक्का राजधानी पानामा सिटीमा समेत महसुस गरिएको थियो । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा भवनहरू हल्लिएपछि मानिसहरू सडकमा निस्किएको देखिन्छ । राजधानी क्षेत्रको जनसंख्या करिब २० लाख छ ।

गगनचुम्बी भवनका लागि परिचित राजधानीको मुख्य सहरी क्षेत्रमा भने ठूलो क्षति नभएको स्थानीय प्रत्यक्षदर्शी र अधिकारीहरूले बताएका छन् । अग्ला भवन हल्लिँदा छतमा रहेका पौडी पोखरीको पानी सडकमा खसेको दृश्यसमेत सार्वजनिक भएको छ ।

भूकम्पपछि देशको प्रमुख विमानस्थल टोचुमेन अन्तर्राष्ट्रिय विमानस्थलले उडान सेवा अस्थायी रूपमा रोकेर यात्रुहरूलाई बाहिर निकालिएको थियो । सुरक्षासम्बन्धी निरीक्षणपछि करिब दुई घण्टामा उडान सेवा पुनः सञ्चालन गरिएको विमानस्थल प्रशासनले जनाएको छ ।

त्यस्तै, अन्तर्राष्ट्रिय समुद्री व्यापारका लागि महत्त्वपूर्ण मानिने पानामा नहरमा भने भूकम्पपछि पनि नियमित रूपमा सञ्चालन भइरहेको नहर प्राधिकरणले जनाएको छ । पानामास्थित अमेरिकी दूतावासले आफ्ना कर्मचारी वा दूतावासमा कार्यरत व्यक्तिहरू घाइते भएको प्रारम्भिक विवरण प्राप्त नभएको जनाएको छ ।

यूएसजीएसकी भूकम्पविद् सुसान हफका अनुसार प्रारम्भिक विवरणले यो भूकम्प ठूलो सुनामी निम्त्याउन सक्ने सबडक्शन जोनमा उत्पन्न भएको नभई जमिनमुनि कम गहिराइमा र मुख्यतः तेर्सो चालका कारण गएको देखाउँछ । जमिनमै गएको र उथलो प्रकृतिको भूकम्प भएकाले केन्द्रबिन्दु नजिकका क्षेत्रमा तीव्र कम्पन महसुस भएको उनको भनाइ छ ।

उथलो प्रकृतिको भूकम्प (Shallow Earthquake) भन्नाले पृथ्वीको सतहबाट कम गहिराइमा, सामान्यतया ७० किलोमिटरभन्दा कम गहिराइमा उत्पत्ति हुने भूकम्पलाई बुझिन्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वार्तामार्फत शिक्षकको माग सम्बोधन गर्न अध्यक्ष यादवको सुझाव
वार्तामार्फत शिक्षकको माग सम्बोधन गर्न अध्यक्ष यादवको सुझाव
मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै, पुस ४ गते मुख्यमन्त्रीले विश्वासको मत लिने
मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै, पुस ४ गते मुख्यमन्त्रीले विश्वासको मत लिने
नारायण जोशी १० लाखमा पोखरामा
नारायण जोशी १० लाखमा पोखरामा
बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव : मंगलबारसम्म हावाहुरीसहित पानी पर्ने संभावना
बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव : मंगलबारसम्म हावाहुरीसहित पानी पर्ने संभावना
रास्वपाले थप्यो ६ जना पदाधिकारी, स्वर्णिम बने उपसभापति
रास्वपाले थप्यो ६ जना पदाधिकारी, स्वर्णिम बने उपसभापति
साहित्य मानवताको सबैभन्दा पुरानो सञ्चार प्रविधि हो : मन्त्री तिमिल्सिना
साहित्य मानवताको सबैभन्दा पुरानो सञ्चार प्रविधि हो : मन्त्री तिमिल्सिना
रुबीकुमारी ठाकुरलाई ‘बहिनी’ भनेर गरिएको सम्बोधन रेकर्डबाट हटाउन हर्क साम्पाङको माग
रुबीकुमारी ठाकुरलाई ‘बहिनी’ भनेर गरिएको सम्बोधन रेकर्डबाट हटाउन हर्क साम्पाङको माग
एनसेल प्रधान कार्यालयमा पनि आगजनी
एनसेल प्रधान कार्यालयमा पनि आगजनी
गाजाको विद्यालय क्षेत्रमा भएको इजरायली आक्रमणमा ५२ जनाको मृत्यु
गाजाको विद्यालय क्षेत्रमा भएको इजरायली आक्रमणमा ५२ जनाको मृत्यु
आज विश्व मुटुरोग दिवस मनाइँदै
आज विश्व मुटुरोग दिवस मनाइँदै