देशका विभिन्न भागमा भूकम्प धक्का महसुस

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर ९, २०८३
|
|
३१ पटक हेरिएको
Shares
देशका विभिन्न भागमा भूकम्प धक्का महसुस

सारांश

  • भारत सिक्किमको मंगन जिल्ला आसपास आज बिहान ५.
  • ३ म्याग्निच्युडको भूकम्प गएको छ ।
  • नेपाली समय अनुसार आज बिहान पौने सात बजेतिर भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले जनाएको छ ।

८ मंसिर, काठमाडौं ।

भारत सिक्किमको मंगन जिल्ला आसपास आज बिहान ५.३ म्याग्निच्युडको भूकम्प गएको छ । नेपाली समय अनुसार आज बिहान पौने सात बजेतिर भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले जनाएको छ ।

भूकम्पको धक्का नेपालको कोशी प्रदेशका केही जिल्लामा पनि महसुस भएको छ । भूकम्पले क्षति पुगे/नपुगेको विवरण भने आइसकेको छैन ।

भूकम्पको केन्द्रविन्दु सिक्किम राज्यको मंगन क्षेत्रको करिब ६७ किलोमिटर दूरीमा रहेको र १० किलोमिटर गहिराइमा गएको यूएसजीएसले उल्लेख गरेको छ ।

मंगन भारतको सिक्किम राज्यको उत्तरी भागमा पर्ने जिल्ला हो । टिस्टा नदी आसपास अवस्थित यो शहर सिक्किमको राजधानी गान्तोकसँग सडकमार्गबाट जोडिएको छ । क्षेत्रफलका हिसाबले मंगन सिक्किमको सबैभन्दा ठूलो जिल्ला पनि हो ।

मंगनबाट उत्तरी सिक्किमका लाचुङ, चुङथाङ र लाचेनजस्ता पर्यटकीय क्षेत्र पुग्न सकिन्छ । हिमाली भूभागमा अवस्थित मंगन तिब्बती पठारतर्फको प्रवेश क्षेत्रका रूपमा पनि परिचित छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ