कैलालीमा विद्युत् प्राधिकरणका कर्मचारीमाथि खुकुरी प्रहार, एक युवक पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, फाल्गुन २७, २०८१
|
|
३४ पटक हेरिएको
Shares
कैलालीमा विद्युत् प्राधिकरणका कर्मचारीमाथि खुकुरी प्रहार, एक युवक पक्राउ

सारांश

  • कैलालीमा विद्युत् प्राधिकरणका कर्मचारीमाथि दिनदहाडै खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
  • विद्युत् प्राधिकरणको धनगढी वितरण केन्द्र अन्तरगतको अत्तरिया शाखामा कार्यरत सुन्दरलाल चौधरीमाथि खुकुरी प्रहार गरेको आरोपमा मार्टेन भनिने २० वर्षीय प्रविन शाहीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
  • जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दर्शन खड्काले शाहीलाई सोमबार गोदावरी नगरपालिकाको गेटा क्षेत्रबाट पक्राउ गरिएको जानकारी दिए ।

२७ फागुन, धनगढी । कैलालीमा विद्युत् प्राधिकरणका कर्मचारीमाथि दिनदहाडै खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । विद्युत् प्राधिकरणको धनगढी वितरण केन्द्र अन्तरगतको अत्तरिया शाखामा कार्यरत सुन्दरलाल चौधरीमाथि खुकुरी प्रहार गरेको आरोपमा मार्टेन भनिने २० वर्षीय प्रविन शाहीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दर्शन खड्काले शाहीलाई सोमबार गोदावरी नगरपालिकाको गेटा क्षेत्रबाट पक्राउ गरिएको जानकारी दिए । उनलाई अहिले इलाका प्रहरी कार्यालय मालाखेतीको नियन्त्रणमा राखिएको छ । चौधरीमाथि २२ फागुनमा कार्यालय परिसरमै खुकुरी प्रहार भएको थियो ।

खुकुरी प्रहार गरेको अभियोगमा शाहीसहितका केही व्यक्तिविरुद्ध इलाका प्रहरी कार्यालय मालाखेतीमा किटानी जाहेरी परेको छ ।  शाही पक्राउ परेपनि अन्यको खोजी भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) गंगा थापाले बताए । उनकाअनुसार खुकुरी प्रहारबाट घाइते भएका चौधरीको काठमाडौँको मेडिसिटी हस्पिटलमा उपचार भइरहेको छ । चौधरी विद्युत प्राधिकरणमा फोर म्यानका रुपमा कार्यरत थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्राविधिक शिक्षा परिषद्द्वारा नयाँ र परिमार्जित पाठ्यक्रमहरू लागू
प्राविधिक शिक्षा परिषद्द्वारा नयाँ र परिमार्जित पाठ्यक्रमहरू लागू
सुनको मूल्यमा भारी गिरावट, एकै दिन २७ सय रुपैयाँले घट्यो
सुनको मूल्यमा भारी गिरावट, एकै दिन २७ सय रुपैयाँले घट्यो
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
प्रतिगामी षडयन्त्रका विरुद्ध एमालेले आज ७५३ वटै पालिकाममा जनप्रदर्शनका कार्यक्रम गर्दै
प्रतिगामी षडयन्त्रका विरुद्ध एमालेले आज ७५३ वटै पालिकाममा जनप्रदर्शनका कार्यक्रम गर्दै
एमालेले अध्यक्ष ओलीको पक्राउको विरोधमा थप देशव्यापी विरोध कार्यक्रम गर्ने
एमालेले अध्यक्ष ओलीको पक्राउको विरोधमा थप देशव्यापी विरोध कार्यक्रम गर्ने
गोंगबुको होटलमा पत्नीको हत्या गरेर भागेका युवक पर्साबाट पक्राउ
गोंगबुको होटलमा पत्नीको हत्या गरेर भागेका युवक पर्साबाट पक्राउ
रसुवा बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारले २५ लाख रुपैयाँ पाउने
रसुवा बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारले २५ लाख रुपैयाँ पाउने
फराकिलो अन्तरले सातदोबाटोलाई हराउँदै प्लानिङ ब्वाइज इटहरी गोल्ड कपको फाइनलमा
फराकिलो अन्तरले सातदोबाटोलाई हराउँदै प्लानिङ ब्वाइज इटहरी गोल्ड कपको फाइनलमा
उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैती छठ पर्व सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैती छठ पर्व सम्पन्न
चार महिनामा भित्रियो ५ खर्ब २१ अर्ब रेमिट्यान्स
चार महिनामा भित्रियो ५ खर्ब २१ अर्ब रेमिट्यान्स