Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

भिजिट भिसा प्रकरण : चारजनालाई थुनामा पठाउने आदेश

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, माघ २४, २०८०
|
|
१२९ पटक हेरिएको
Shares
भिजिट भिसा प्रकरण : चारजनालाई थुनामा पठाउने आदेश

सारांश

  • भिजिट भिसाको सेटिङमा संलग्न भएको आरोपमा पक्राउ परेका अध्यागमन अधिकृत नरवीर खड्कासहित चारजना जेल चलान भएका छन् ।
  • संगठित अपराध र किर्ते मुद्दामा जिल्ला अदालत काठमाडौंले मंगलबार उनलाई थुनामा पठाएको हो ।
  • अधिकृत खड्कासहित बिचौलियाहरू अरुण दाहाल, सरोजकुमार यादव र मनोज तामाङ जेल चलान भएका हुन् ।

२४ माघ, काठमाडौं । भिजिट भिसाको सेटिङमा संलग्न भएको आरोपमा पक्राउ परेका अध्यागमन अधिकृत नरवीर खड्कासहित चारजना जेल चलान भएका छन् ।

संगठित अपराध र किर्ते मुद्दामा जिल्ला अदालत काठमाडौंले मंगलबार उनलाई थुनामा पठाएको हो । अधिकृत खड्कासहित बिचौलियाहरू अरुण दाहाल, सरोजकुमार यादव र मनोज तामाङ जेल चलान भएका हुन् । पक्राउ परेका अन्य ६ जनालाई धरौटीमा छाड्ने आदेश भएको छ । दिनेश ज्ञवाली र रामप्रसाद भण्डारीलाई ७–७ लाख, गीता शाहलाई पाँच लाख, विनोद कार्कीलाई दुई लाख, रविन अर्याल र पदम लामासँग १–१ लाख धरौटी माग भएको थियो । प्रहरीले गत बिहीबार सरकारी वकिलमार्फत गत साता २२ जनाविरुद्ध मुद्दा चलाएको थियो । जसमा आठजना अध्यागमन अधिकृतसहित १२ जना फरार छन् ।

यसमा मुछिएका अध्यागमन अधिकृतहरू ताराबहादुर कुँवर, कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णुप्रसाद आचार्य, विकास डंगोल, पीताम्बर रिमाल र सुजन फागो पनि फरार छन् । बिचौलिया समूहका केदारबहादुर खड्का, कौशिला मगर, लक्ष्मी राई र रिता दमाईं पनि फरार रहेका छन् । अध्यागमन अधिकृत खड्कालाई गत मङ्सिर १८ गते सरकारी कागजात कीर्ते गरी नेपाली नागरिकलाई भिजिट भिसामार्फत विदेश पठाउने गिरोहमा सक्रिय रहेको आरोपमा पक्राउ गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?