सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

मलानकाे अर्धशतकमा चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, कार्तिक ११, २०८३
|
|
६० पटक हेरिएको
Shares
मलानकाे अर्धशतकमा चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य

सारांश

  • ओपनर डाविड मलानको अर्धशतकको मद्दतमा चितवन राइनोजले तेस्रो संस्करणको नेपाल (एनपीएल) मा विराटनगरलाई १५८ रनको लक्ष्य दिएको छ ।
  • त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ३ विकेट गुमाएर १५७ रन बनायो ।
  • चितवनका लागि मलानले ५१ बलमा सर्वाधिक ७० रनको योगदान दिए ।

१० कात्तिक, काठमाडौं । ओपनर डाविड मलानको अर्धशतकको मद्दतमा चितवन राइनोजले तेस्रो संस्करणको नेपाल (एनपीएल) मा विराटनगरलाई १५८ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ३ विकेट गुमाएर १५७ रन बनायो ।

चितवनका लागि मलानले ५१ बलमा सर्वाधिक ७० रनको योगदान दिए । यो एनपीएलको पहिलो अर्धशतक हो । उनले ५ छक्का र ५ चौका प्रहार गरेका थिए । मलानले पहिलो विकेटका लागि देव खनालसँग ५८ रनको साझेदारी गरेका थिए । देव खनाल १५ बलमा १२ रन बनाएर आउट भए ।

विराटनगरका चरिथ असलंकाले पहिलो विकेट दिलाएका थिए । विकेटकिपर ब्याटर अर्जुन साउद ९ बलमा ३ रन बनाएर पभेलियन फर्किए । उनलाई ११औं ओभरको अन्तिम बलमा एन्जेलो म्याथ्युजले कप्तान सन्दीप लामिछानेको हातबाट क्याचआउट भए ।

१३औं ओभरको दोस्रो बलमा मलान आन्द्रे रसेलको बलिङ आउट हुँदा चितवनको ब्याटिङ कप्तान रवि बोपारा र डान मोस्लीले सम्हाले । रवि र डानले तेस्रो विकेटका लागि ६७ रनको अविजित साझेदारी गरे । रवि ३२ र डान २९ रनमा अविजित रहे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ