जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठ फेरि पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, कार्तिक १, २०८३
|
|
१६६ पटक हेरिएको
Shares
जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठ फेरि पक्राउ

सारांश

  • पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको हो।
  • सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य तथा कमेडियन हिमेश पन्तले जनआस्थाले आफ्नो चरित्र हत्या हुनेगरी समाचार लेखेको भन्दै साइबर ब्युरोमा उजुरी दिएका थिए।
  • सोही आधारमा प्रहरीले पत्रकार श्रेष्ठलाई छलफलका लागि भन्दै साइबर ब्युरो लगेको हो।

जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ।

पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको हो।

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य तथा कमेडियन हिमेश पन्तले जनआस्थाले आफ्नो चरित्र हत्या हुनेगरी समाचार लेखेको भन्दै साइबर ब्युरोमा उजुरी दिएका थिए।

सोही आधारमा प्रहरीले पत्रकार श्रेष्ठलाई छलफलका लागि भन्दै साइबर ब्युरो लगेको हो।

पत्रकार श्रेष्ठ स्वयंले आफू पक्राउ परेको पुष्टि गरेका छन्।

घरमा प्रहरी पुगेका बेला उनले फेसबुकमा लेखेका छन्, ‘भरमार गालीगलौज गर्नेहरू फुक्काफाल। समाचार प्रकाशन गरेको अपराधमा मलाई उहाँहरूले घरैमा लिन आउनुभएको छ।’

प्रकाशित समाचारको निहुँमा अश्लील गालीगलौज गर्दै सामाजिक सञ्जालमा आपत्तिजनक सामग्री पोस्ट गरेको भन्दै जनआस्थाले पनि हिमेशविरुद्ध साइबर ब्युरोमा उजुरी दिएको छ।

यसैबिच नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले उनको तुरुन्त रिहाइको माग गरेका छन्।

उनले फेसबुकमा लेखेका छन्, ‘पत्रकार किशोर श्रेष्ठको गिरफ्तारी प्रेस र अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हो। नेपालको संविधान, कानुन र विश्वव्यापी मानवअधिकारसम्बन्धी मान्यताको उल्लंघन हो। सरकारको फासीवादी चरित्रको उदाहरण हो। किशोर श्रेष्ठलाई अविलम्ब रिहा गर।’

पत्रकार श्रेष्ठको पक्राउप्रति नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले पनि आक्रोश व्यक्त गरेकी छन्।

उनले फेसबुकमा लेखेकी छन्, ‘समाचार चित्त बुझेन भने साइबर ब्युरोमा उजुरी हाल्न लगाउने, २४ घण्टा नपुग्दै बिदाको दिन पत्रकार प्रकाउ! अधिनायकवादी सुधन गुरुङ।’

पत्रकार श्रेष्ठलाई यसअघि गत साउन २७ गते पनि प्रहरीले नियन्त्रणमा लिएको थियो।

उनको निवास र घरमा खानतलासी गरेर प्रहरीले ल्यापटप, कम्प्युटरलगायत विद्युतीय सामग्रीसमेत जफत गरेको थियो।

तर बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश दिएपछि उनी भदौ १ गते हिरासतमुक्त भएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्कटल्याण्डबाट फर्कियो नेपाली क्रिकेट टोली
स्कटल्याण्डबाट फर्कियो नेपाली क्रिकेट टोली
भुटानी शरणार्थी प्रकरणमा थप प्रमाण आएन : गृहमन्त्री
भुटानी शरणार्थी प्रकरणमा थप प्रमाण आएन : गृहमन्त्री
सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरियो नाउपा
सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरियो नाउपा
पूर्वराजामाथि अनुसन्धान शुरु, राहदानी रद्ध हुदै
पूर्वराजामाथि अनुसन्धान शुरु, राहदानी रद्ध हुदै
प्रधानमन्त्रीको उपस्थितिमा एनआरएनएबीच एकता घोषणा
प्रधानमन्त्रीको उपस्थितिमा एनआरएनएबीच एकता घोषणा
विपी स्मृति अस्पताललाई फोहोरो व्यवस्थापन नगरेपछि महानगरको जरीवाना
विपी स्मृति अस्पताललाई फोहोरो व्यवस्थापन नगरेपछि महानगरको जरीवाना
गृहमन्त्रीको चेतावनी- बकबक गर्नेहरू ‘कन्फ्युजनमा’ नपरुन् यो क्रान्तिपछि बनेको सरकार हो
गृहमन्त्रीको चेतावनी- बकबक गर्नेहरू ‘कन्फ्युजनमा’ नपरुन् यो क्रान्तिपछि बनेको सरकार हो
राष्ट्रिय दलित पत्रकार संघ बाराद्वारा नव- निर्वाचित पत्रकारहरुलाई सम्मान
राष्ट्रिय दलित पत्रकार संघ बाराद्वारा नव- निर्वाचित पत्रकारहरुलाई सम्मान
श्रीलंकामा १३ वर्षपछि अस्ट्रेलियाले जित्यो टेस्ट सिरिज
श्रीलंकामा १३ वर्षपछि अस्ट्रेलियाले जित्यो टेस्ट सिरिज
स्पष्ट बहुमत असम्भव भन्ने धारणा जनताले गलत सावित गरिदिए ःसांसद धिमाल
स्पष्ट बहुमत असम्भव भन्ने धारणा जनताले गलत सावित गरिदिए ःसांसद धिमाल
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...