Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

वीरगन्जमा सीसीटीभी जडानका लागि बैंकले गरे १७ लाख ७५ हजार सहयोग

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख ८, २०८२
|
|
४१ पटक हेरिएको
Shares
वीरगन्जमा सीसीटीभी जडानका लागि बैंकले गरे १७ लाख ७५ हजार सहयोग

सारांश

  • गत पुस १५ मा वीरगन्ज महानगरपालिका, सेफर वीरगन्ज र जिल्ला प्रहरी कार्यालय पर्साबीच वीरगन्जमा सीसीटीभी क्यामेरा सञ्जाल विस्तारका लागि त्रिपक्षीय सम्झौता भएको थियो।
  • उक्त सम्झौता पत्रमा पावर हाउस चोकदेखि उत्तर र पश्चिम तर्फको सडक र टोलका साथै जनघनत्व बढी भएका टोलमा थप ८० वटा सीसीटीभी क्यामेरा जडान गरिने उल्लेख थियो।
  •   थप सीसीटीभी क्यामेरा जडानका लागि वीरगन्ज महानगरपालिकाले आर्थिक तथा प्राविधिक सहयोग गर्ने, अपुग रकम जोहोको लागि सेफर वीरगन्जले बैंक तथा वित्तिय संघ संस्थासँग समन्वय गर्ने र जिल्ला प्रहरी कार्यालय पर्साले जडान गरिएका सीसीटीभीको कन्ट्रोल रुमका साथै रेखदेखको जिम्मा लिने बुँदा सम्झौतापत्रमा उल्लेख गरिएको थियो।

 

८ वैशाख, वीरगन्ज : 

वीरगन्ज महानगर क्षेत्रमा थप सीसीटीभी जडान र त्यसको व्यवस्थापनका लागि विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले १७ लाख ७५ हजार रुपैयाँ सहयोग गरेका छन्। गत पुस १५ मा वीरगन्ज महानगरपालिका, सेफर वीरगन्ज र जिल्ला प्रहरी कार्यालय पर्साबीच वीरगन्जमा सीसीटीभी क्यामेरा सञ्जाल विस्तारका लागि त्रिपक्षीय सम्झौता भएको थियो।

उक्त सम्झौता पत्रमा पावर हाउस चोकदेखि उत्तर र पश्चिम तर्फको सडक र टोलका साथै जनघनत्व बढी भएका टोलमा थप ८० वटा सीसीटीभी क्यामेरा जडान गरिने उल्लेख थियो।  थप सीसीटीभी क्यामेरा जडानका लागि वीरगन्ज महानगरपालिकाले आर्थिक तथा प्राविधिक सहयोग गर्ने, अपुग रकम जोहोको लागि सेफर वीरगन्जले बैंक तथा वित्तिय संघ संस्थासँग समन्वय गर्ने र जिल्ला प्रहरी कार्यालय पर्साले जडान गरिएका सीसीटीभीको कन्ट्रोल रुमका साथै रेखदेखको जिम्मा लिने बुँदा सम्झौतापत्रमा उल्लेख गरिएको थियो।

सोमबार वीरगन्ज महानगरपालिकाको कार्यालयमा बैंकहरूले उपलब्ध गराएको उक्त रकम मेयर राजेशमान सिंहको रोहबरमा सेफर वीरगन्जका संयोजक मनोज दासलाई हस्तान्तरण गरिएको हो। हालसम्म विभिन्न १६ वटा बैंकले सहयोग उपलब्ध गराएको बैंकर्स एसोसिएसन पर्साका संयोजक रोहिणी आचार्यले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सामाजिक सञ्जाललाई अंकुश लगाउनु आवश्यक बन्यो : सञ्चारमन्त्री गुरुङ
सामाजिक सञ्जाललाई अंकुश लगाउनु आवश्यक बन्यो : सञ्चारमन्त्री गुरुङ
मन्त्री कुलमान घिसिङले गरे निर्माणाधीन संसद भवनको आकस्मिक निरीक्षण
मन्त्री कुलमान घिसिङले गरे निर्माणाधीन संसद भवनको आकस्मिक निरीक्षण
प्रदेश सरकार व्यवस्थापनमा केही समस्या देखिएको छः मुख्यमन्त्री सिंह
प्रदेश सरकार व्यवस्थापनमा केही समस्या देखिएको छः मुख्यमन्त्री सिंह
मधेशमा अत्यधिक वर्षा, २४ घण्टामा रौतहटको महेशपुरमा २७० मिलिमिटर वर्षा
मधेशमा अत्यधिक वर्षा, २४ घण्टामा रौतहटको महेशपुरमा २७० मिलिमिटर वर्षा
सिन्धुपाल्चोकमा बस दुर्घटना
सिन्धुपाल्चोकमा बस दुर्घटना
गाजाको सहायता केन्द्र र शरणार्थी शिविरमा इजरायली आक्रमणः २५ प्यालेस्टाइनी मारिए
गाजाको सहायता केन्द्र र शरणार्थी शिविरमा इजरायली आक्रमणः २५ प्यालेस्टाइनी मारिए
रक्षामन्त्री राई चढेको गाडीले मोटरसाइकललाई ठक्कर
रक्षामन्त्री राई चढेको गाडीले मोटरसाइकललाई ठक्कर
नेपाली कांग्रेस फेरि उठ्नेछ : प्रवक्ता डा.महत
नेपाली कांग्रेस फेरि उठ्नेछ : प्रवक्ता डा.महत
धरानको मेयर हर्क साम्पाङविरुद्ध प्रहरीमा उजुरी
धरानको मेयर हर्क साम्पाङविरुद्ध प्रहरीमा उजुरी
धनुषामा गाँजाको पुरिया बनाई बिक्री गर्ने दुईजना पक्राउ
धनुषामा गाँजाको पुरिया बनाई बिक्री गर्ने दुईजना पक्राउ