Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

नेपाली कांग्रेस फेरि उठ्नेछ : प्रवक्ता डा.महत

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन १२, २०८२
|
|
४० पटक हेरिएको
Shares
नेपाली कांग्रेस फेरि उठ्नेछ : प्रवक्ता डा.महत

सारांश

  • नेपाली कांग्रेसका प्रवक्ता डा.
  • प्रकाशशरण महतले पार्टी पुनःजागरुक भई अगाडि बढ्ने स्पष्ट संकेत दिएका छन् ।
  • आइतबार महाराजगञ्जस्थित निवासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रवक्ता महतले लोकतन्त्रलाई कमजोर पार्न खोज्ने शक्ति कहिल्यै सफल नहुने दाबी गरे ।

१२ असोज, काठमाडौं ।

नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले पार्टी पुनःजागरुक भई अगाडि बढ्ने स्पष्ट संकेत दिएका छन् । आइतबार महाराजगञ्जस्थित निवासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रवक्ता महतले लोकतन्त्रलाई कमजोर पार्न खोज्ने शक्ति कहिल्यै सफल नहुने दाबी गरे । ‘हामी देश र जनतालाई माथि राखेर फेरि उठ्न सक्छौं । कांग्रेस फेरि माथि उठ्छ,’ उनले भने, ‘लोकतन्त्रलाई कमजोर पार्न खोज्ने र देशलाई अस्थिर बनाउन चाहने शक्ति सफल हुने छैनन् । हामी एकीकृत भएर लोकतन्त्रको रक्षा र देशको मजबुतीका लागि अगाडि सर्छौं ।’

उनले पछिल्लो समय राजनीतिक दलहरु विरुद्ध षड्यन्त्रपूर्वक आत्मविश्वास घटाउने प्रयास भइरहेको उल्लेख गर्दै कांग्रेस त्यो षडयन्त्रको शिकार बन्न नदिने बताए । ‘हाम्रो आत्मविश्वासलाई थाङथिलो पार्ने योजना अन्तर्गत सबै षड्यन्त्र गरिएको हो,’महतले भने, ‘तर कांग्रेस पार्टी सधैं लोकतन्त्र, जनता र राष्ट्रको पक्षमा दृढताका साथ उभिएको छ ।’ पार्टी कार्यालय र नेताहरुका घरमा भएको तोडफोड र आगजनीप्रति टिप्पणी गर्दै महतले त्यस्ता घटना कांग्रेसको आत्मबल तोड्न नसक्ने जिकिर गरे । ‘हामी पुनः जागरुक भएर उठ्नेछौं,’ उनले दृढताका साथ भने । उनले नेपाली कांग्रेसभित्र रहेका कमजोरी र त्रुटिहरूको समीक्षा गर्दै नयाँ सोचसहित अगाडि बढ्ने प्रतिबद्धता जनाए ।

‘हामीमा भएका कतिपय कमजोरी र त्रुटिहरूको समीक्षा हुनेछ,’ महतले भने, ‘अब हामी नेपाललाई विकास, निर्माण र रोजगारीको दिशामा लैजानेबारे गम्भीर चिन्तन गर्छौं ।’ डा. महतले राजनीतिक दलहरू बलिदान र त्यागबाट बनेका हुनाले तिनलाई कमजोर पार्ने कुनै षड्यन्त्र सफल नहुने विश्वास व्यक्त गरे । साथै, पार्टीपंक्तिलाई आत्मविश्वासका साथ एकीकृत हुन पनि उनले आग्रह गरे। उनले भने, ‘नेपाली कांग्रेस पार्टीले अनेकौं आदिबेहोरीमा लोकतन्त्रको पक्षमा, जनताको पक्षमा र देशको पक्षमा सधैं उभिएको छ । आत्मविश्वासका साथ उभिएको छ । त्यो आत्मविश्वास जोगाउन सम्पूर्ण पार्टीपङ्क्ति एकीकृत हुन अनुरोध गर्दछु ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, त्यसअघि कार्यसम्पादन समितिको बैठक बोलाइयो
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, त्यसअघि कार्यसम्पादन समितिको बैठक बोलाइयो
आज बुद्ध जयन्ती मनाइँदै
आज बुद्ध जयन्ती मनाइँदै
टीकापुरमा प्लाष्टिकका झोला प्रयोगमा प्रतिबन्ध
टीकापुरमा प्लाष्टिकका झोला प्रयोगमा प्रतिबन्ध
मधेस प्रदेशका निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंहले त्यागे सीके राउत नेतृत्वको जनमत
मधेस प्रदेशका निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंहले त्यागे सीके राउत नेतृत्वको जनमत
दोस्रो दिनको प्रदर्शन प्रमुख नेताको निवास केन्द्रित
दोस्रो दिनको प्रदर्शन प्रमुख नेताको निवास केन्द्रित
‘दोषीलाई पक्राउ गरी कारबाही नगरेसम्म आन्दोलन गर्छौँ’: चिकित्सकहरूको चेतावनी
‘दोषीलाई पक्राउ गरी कारबाही नगरेसम्म आन्दोलन गर्छौँ’: चिकित्सकहरूको चेतावनी
विराटनगरको रानी क्षेत्रमा झडप, प्रहरीले गर्‍यो अश्रुग्यास प्रहार
विराटनगरको रानी क्षेत्रमा झडप, प्रहरीले गर्‍यो अश्रुग्यास प्रहार
प्रतिनिधिसभाको बैठक सुरु, विपक्षीले उठेर जनाए विराेध
प्रतिनिधिसभाको बैठक सुरु, विपक्षीले उठेर जनाए विराेध
१६ अंकले बढ्यो नेप्से, साढे ४ अर्बको सेयर किनबेच
१६ अंकले बढ्यो नेप्से, साढे ४ अर्बको सेयर किनबेच
विघटित प्रतिनिधि सभाका १६ जना पदाधिकारीले फिर्ता गरे गाडी
विघटित प्रतिनिधि सभाका १६ जना पदाधिकारीले फिर्ता गरे गाडी