रास्वपाले गर्‍यो अर्ली चुनावको माग

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र २३, २०८२
|
|
४३ पटक हेरिएको
Shares
रास्वपाले गर्‍यो अर्ली चुनावको माग

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अर्ली चुनावको माग गरेको छ।
  • वर्तमान सरकार बर्खास्त गरी ताजा जनादेशमा जानुपर्ने रास्वपाको माग छ।
  • जेनजीको प्रदर्शनमा प्रहरीले दमन गरेपछि त्यसबारे निर्णय लिन बसेको रास्वपाको सचिवालय बैठकले वर्तमान सरकारको औचित्य पूर्णत: समाप्त भएको निष्कर्ष निकालेको छ।

२३ भदौ, काठमाडौं।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अर्ली चुनावको माग गरेको छ। वर्तमान सरकार बर्खास्त गरी ताजा जनादेशमा जानुपर्ने रास्वपाको माग छ। जेनजीको प्रदर्शनमा प्रहरीले दमन गरेपछि त्यसबारे निर्णय लिन बसेको रास्वपाको सचिवालय बैठकले वर्तमान सरकारको औचित्य पूर्णत: समाप्त भएको निष्कर्ष निकालेको छ। रास्वपाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै घटनाको छानविन गर्न उच्चस्तरीय न्यायिक छानविन आयोग गठन गर्न पनि माग गरेको छ।

कांग्रेस र एमालेको वर्तमान सरकार राष्ट्रिय मुद्दाको हल निकाल्न असमर्थ भई वैधता गुमाएको निष्कर्षसहित ताजा जनादेश जानुपर्ने माग रास्वपाले गरेको छ। ‘देशमा व्याप्त भ्रष्टाचार, कानूनी शासनको अवहेलना, क्रुर राजनीतिक अभ्यास र सामाजिक सञ्जाल बन्द गरेर अभिव्यक्ति स्वतन्त्रता खोसिएको विरुद्धमा नेपालको पछिल्लो पुस्ता जेनजीद्वारा आयोजित आजको प्रदर्शनमा सरकारले गरेको बर्बर दमनको राष्ट्रिय स्वतन्त्र पार्टी भर्त्सना गर्दछ ।

विज्ञप्तिमा भनिएको छ, ‘निहत्था नवयुवाहरूले गरेको शान्तिपूर्ण लोकतान्त्रिक आन्दोलनको पहिलो प्रहरमै सरकारले गरेको आमहत्याको हामी घोर निन्दा गर्दै चेतावनी दिन्छौँ: आफ्नै सन्तानको रगतमा लत्पतिएर कुशासन लम्ब्याउने कुचेष्टा अब जनताले सहने छैनन् र यो आततायी शासनको जनप्रतिवाद हुनेछ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उदयपुरमा जीप दुर्घटना ६ जनाको मृत्यु, ७ जना घाइते
उदयपुरमा जीप दुर्घटना ६ जनाको मृत्यु, ७ जना घाइते
मधेशमा योजना खरिद बिक्रीको छानबिन गर्न विशेष समिति गठन
मधेशमा योजना खरिद बिक्रीको छानबिन गर्न विशेष समिति गठन
भारी मात्रामा प्रतिबन्धित औषधिसहित दमकबाट एक पुरुष पक्राउ
भारी मात्रामा प्रतिबन्धित औषधिसहित दमकबाट एक पुरुष पक्राउ
सुरु भयो समाजवादी मोर्चाको प्रदर्शन
सुरु भयो समाजवादी मोर्चाको प्रदर्शन
जेन-जी आन्दोलनका क्रममा मृ*त्यु भएका ३६ जनाको पोस्टमार्टम सुरु
जेन-जी आन्दोलनका क्रममा मृ*त्यु भएका ३६ जनाको पोस्टमार्टम सुरु
मधेस प्रदेशका मुख्यमन्त्री द्वारा बारा जिल्लाको कलैयामा एकै दिन विभिन्न कार्यक्रम सम्पन्न 
मधेस प्रदेशका मुख्यमन्त्री द्वारा बारा जिल्लाको कलैयामा एकै दिन विभिन्न कार्यक्रम सम्पन्न 
बागमती नदीमा बेपत्ता युवकको १९ घन्टापछि शव बरामद
बागमती नदीमा बेपत्ता युवकको १९ घन्टापछि शव बरामद
भाटभटेनी लुटपाटमा कांग्रेस नेताका छोरा पक्राउ परेको राप्रपा अध्यक्ष लिङ्देनको दाबी
भाटभटेनी लुटपाटमा कांग्रेस नेताका छोरा पक्राउ परेको राप्रपा अध्यक्ष लिङ्देनको दाबी
सामाजिक सञ्जाल नियन्त्रण होइन, नियमन आवश्यक : प्रचण्ड
सामाजिक सञ्जाल नियन्त्रण होइन, नियमन आवश्यक : प्रचण्ड
प्रधानमन्त्रीले बोलाए सत्तारुढ दलको बैठक, यस्ता छन् छलफलका एजेन्डा
प्रधानमन्त्रीले बोलाए सत्तारुढ दलको बैठक, यस्ता छन् छलफलका एजेन्डा