सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

एमबीएसको प्रश्नपत्र ‘लिक’ गर्ने व्यक्तिहरू पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, श्रावण १०, २०८३
|
|
१९१ पटक हेरिएको
Shares
एमबीएसको प्रश्नपत्र ‘लिक’ गर्ने व्यक्तिहरू पक्राउ

सारांश

  • त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ।
  • शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार प्रश्नपत्र बाहिरिएको समाचार आएपछि शिक्षामन्त्री सस्मित पोखरेलले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीसँग गएराति नै छलफल गरी सम्बन्धित निकायलाई निर्देशन दिएका थिए।
  • त्यसलगत्तै प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्तिलाई प्रहरीले आज बिहान नियन्त्रणमा लिएको हो।

 

१० साउन, काठमाडौं ।

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार प्रश्नपत्र बाहिरिएको समाचार आएपछि शिक्षामन्त्री सस्मित पोखरेलले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीसँग गएराति नै छलफल गरी सम्बन्धित निकायलाई निर्देशन दिएका थिए। त्यसलगत्तै प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्तिलाई प्रहरीले आज बिहान नियन्त्रणमा लिएको हो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आरोपित व्यक्तिलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडि बढाइएको जनाएको छ। उक्त घटनाका सम्बन्धमा मन्त्री पोखरेलले शनिबार राति मन्त्रालयमै गएर सम्बन्धित अधिकारीसँग छलफल गरेका थिए। उनी प्रहरीका उच्च अधिकारीका साथै त्रिविका पदाधिकारीसँग परामर्श गरी छानबिन समिति बनाउनेलगायत काममा रातभरजसो खटेका थिए।  पक्राउ गरिएका व्यक्तिले एमबीएसको प्रश्नपत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको खुलेको दाबी गरिएको छ। एमबीएस फ्रस्ट सेम सेक्सन सी’ नामको ह्वाट्सएप ग्रुपमा परीक्षा सुरु भएको ५ मिनेटमै पठाइएको खुलेको प्रहरीले जनाएको छ। साउन ८ गते स्नातकोत्तर तहको ‘अर्गनाइजेसनल बिहेबियर’ विषयको परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा प्रश्नपत्र बाहिरिएको थियो।

केही मिनेटमै प्रश्नपत्र बाहिरिएको भन्दै फेसबुक पेज ’टियु स्टुडेन्ट्स’ले त्रिविको ध्यानाकर्षण गराएको थियो। उक्त पेजले ह्वाट्सएप ग्रुपका स्क्रिनसटकसमेत सार्वजनिक गरेको थियो।

प्रश्नपत्र बाहिरिएपछि त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय डिनको कार्यालयले साइबर ब्युरोलाई पत्राचार गरेको थियो।

परीक्षा नियन्त्रण महाशाखाले आइतबार यही घटना छानबिन गर्न समितिसमेत गठन गरेको छ।

प्रा.डा. अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गर्ने परीक्षा सञ्चालक समितिले निर्णय गरेको हो।

अनुगमन निर्देशनालयका उपनिर्देशक सहप्राध्यापक डा पुष्कर रैखला र केन्द्रीय परीक्षा सञ्चालक समितिका सदस्य सहप्राध्यापक डा महेशराज ओझालाई सदस्यको तोकिएको छ।

उक्त समितिलाई छानबिन गरी सत्यतथ्य निरूपण गरी सात कार्यदिन भित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भाइटिका र छठ पर्वलाई सभ्य सांस्कृतिक रुपमा मनाऔं 
भाइटिका र छठ पर्वलाई सभ्य सांस्कृतिक रुपमा मनाऔं 
बारा–पर्सा औद्योगिक करिडोरमा श्रम अदालत नहुँदा श्रमिक समस्यामा
बारा–पर्सा औद्योगिक करिडोरमा श्रम अदालत नहुँदा श्रमिक समस्यामा
कमल थापा र दीपक सिंहसहित ७ जना रिहा
कमल थापा र दीपक सिंहसहित ७ जना रिहा
विद्युत प्राधिकरण घाटामा रहेको तथ्यांक सार्वजनिक गरेपछि ऊर्जामन्त्रीसँग मागियो सदनमा जवाफ
विद्युत प्राधिकरण घाटामा रहेको तथ्यांक सार्वजनिक गरेपछि ऊर्जामन्त्रीसँग मागियो सदनमा जवाफ
भिजिट भिसा प्रकरण : पूर्वगृहमन्त्री रमेश लेखकमाथि भ्रष्टाचार आरोपमा अनुसन्धान
भिजिट भिसा प्रकरण : पूर्वगृहमन्त्री रमेश लेखकमाथि भ्रष्टाचार आरोपमा अनुसन्धान
कतिपय विषयमा के गर्दै छौँ, भन्नै मिल्दैन : गृहमन्त्री अर्याल
कतिपय विषयमा के गर्दै छौँ, भन्नै मिल्दैन : गृहमन्त्री अर्याल
रौतहटमा बसको ठ*क्करबाट २ वर्षीय बालकको मृ*त्यु
रौतहटमा बसको ठ*क्करबाट २ वर्षीय बालकको मृ*त्यु
सुन तस्करीमा पाँच वर्ष जेल बसेर छुटेका लामा २५ करोडसहित समातिए
सुन तस्करीमा पाँच वर्ष जेल बसेर छुटेका लामा २५ करोडसहित समातिए
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
नक्कली भिसा बनाएर करोडौं ठगी
नक्कली भिसा बनाएर करोडौं ठगी