महिला इन्जिनियरलाई पिट्ने पुरुष इन्जिनियर पक्राउ
सारांश
- इलाका प्रहरी कार्यालय इटहरीले जनाएअनुसार अधिकारीमाथि हातपात गरेको आधारमा उपमहानगरकै योजना शाखामा कार्यरत अर्का इन्जिनियर भवेन्द्र चौधरी पक्राउ परेका हुन् ।
- पीडित अधिकारीले आफूमाथि हातपात गरेको भनी किटानी जाहेरी दिएकी थिइन् ।
- जाहेरीका आधारमा सुनसरी जिल्ला अदालतबाट चौधरीलाई पक्राउ गर्न असोज ५ गते पक्राउ पूर्जी जारी भएको थियो ।
इटहरी महानगरपालिका–९ मा कार्यरत इन्जिनियर एलिना अधिकारीमाथि असोज पहिलो साता हातपात भएको थियो ।
इलाका प्रहरी कार्यालय इटहरीले जनाएअनुसार अधिकारीमाथि हातपात गरेको आधारमा उपमहानगरकै योजना शाखामा कार्यरत अर्का इन्जिनियर भवेन्द्र चौधरी पक्राउ परेका हुन् । पीडित अधिकारीले आफूमाथि हातपात गरेको भनी किटानी जाहेरी दिएकी थिइन् ।

जाहेरीका आधारमा सुनसरी जिल्ला अदालतबाट चौधरीलाई पक्राउ गर्न असोज ५ गते पक्राउ पूर्जी जारी भएको थियो । घटनापछि उनी फरार थिए । प्रहरीले उनलाई इटहरीको पश्चिम लाइनबाट पक्राउ गरेको हो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया