अमेरिकामा फेरी अर्को विमान दुर्घटना

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, माघ १९, २०८१
|
|
२४ पटक हेरिएको
Shares
अमेरिकामा फेरी अर्को विमान दुर्घटना

सारांश

  • अमेरिकामा शुक्रबार साँझ फेरी अर्को विमान दुर्घटना भएको छ ।
  • अमेरिकाको उत्तरपूर्वी फिलाडेल्फियाको भीडभाड भएको क्षेत्रमा मेडिकल ट्रान्सपोर्टेसन मिसनमा खटिएको एउटा सानो विमान दुर्घटना भएको थियो ।
  • अमेरिकी सहयोगी सीबीएसका अनुसार विमान दुर्घटना हुँदा स्थानीय घर र सवारी साधनमा आगलागी भएको थियो ।

१९ माघ, काठमाडौं । अमेरिकामा शुक्रबार साँझ फेरी अर्को विमान दुर्घटना भएको छ । अमेरिकाको उत्तरपूर्वी फिलाडेल्फियाको भीडभाड भएको क्षेत्रमा मेडिकल ट्रान्सपोर्टेसन मिसनमा खटिएको एउटा सानो विमान दुर्घटना भएको थियो । अमेरिकी सहयोगी सीबीएसका अनुसार विमान दुर्घटना हुँदा स्थानीय घर र सवारी साधनमा आगलागी भएको थियो ।

विमान दुर्घटनाका कारण जमिनमा रहेका मानिसहरू पनि घाइते भएका छन् । विमानमा एक डाक्टर, एक बिरामी बालकसहित ६ जना रहेको सीबीएसले जनाएको छ । विमान दुर्घटना के कति कारणले भएको थियो, त्यो अहिले खुलेको छैन । क्षतिको विवरण अहिले आइपुगेको छैन । दुर्घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी र उद्दारकर्मी परिचालन गरिएको छ । लियरजेट ५५ उत्तरपूर्वी फिलाडेल्फिया एयरपोर्टबाट साँझ ६:३० बजे (स्थानीय समय) मा उडेको थियो ।

करिब ६ किलोमिटर उडेपछि विमान दुर्घटनाग्रस्त भएको थियो। रुजवेल्ट मलबाट केही दूरीमा यो विमान दुर्घटना भएको थियो । यो पेन्सिलभेनिया सहरको घना आबादी भएको क्षेत्रमा अवस्थित तीन तले किनमेल केन्द्र हो। बुधबार राति मात्रै वासिङ्टन डिसीमा आकाशमै एउटा सैनिक हेलिकप्टर र एउटा यात्रुवाहक विमान ठोक्किँदा दुवै विमानमा सवार सबै ६७ जनाकै मृत्यु भएको थियो । रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा अवतरण गर्दै गरेको अमेरिकन एयरलाइन्सको जेट विमान ब्ल्याक हक हेलिकप्टरसँग ठोक्किएर पोटोम्याक नदीमा खसेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चोरी भएका मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण
चोरी भएका मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण
इटहरी उपमहानगरपालिकाका कर्मचारीहरुले गरे आन्दोलन, प्रशासन शाखामा ताला बन्दी
इटहरी उपमहानगरपालिकाका कर्मचारीहरुले गरे आन्दोलन, प्रशासन शाखामा ताला बन्दी
रास्वपाको ‘सक्षम सांसद, सशक्त संसद्’ प्रशिक्षण आजदेखि सुरु
रास्वपाको ‘सक्षम सांसद, सशक्त संसद्’ प्रशिक्षण आजदेखि सुरु
प्रहरी बिटभित्रै नाबालिगमाथि बलात्कार, हवल्दारलाई जेल चलान
प्रहरी बिटभित्रै नाबालिगमाथि बलात्कार, हवल्दारलाई जेल चलान
मदन भण्डारी फाउन्डेसनको अध्यक्ष बनिन् उषा किरण
मदन भण्डारी फाउन्डेसनको अध्यक्ष बनिन् उषा किरण
शिक्षक र सरकारबीच सिंहदरबारमा वार्ता जारी
शिक्षक र सरकारबीच सिंहदरबारमा वार्ता जारी
दिवा खाजा कार्यक्रम प्रभावकारी बनाउनुपर्ने आवश्यकताः पूर्व राष्ट्रपति भण्डारी
दिवा खाजा कार्यक्रम प्रभावकारी बनाउनुपर्ने आवश्यकताः पूर्व राष्ट्रपति भण्डारी
सिरोहियालाई ३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति
सिरोहियालाई ३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति
प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणको निम्तो
प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणको निम्तो
कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न कांग्रेसको माग
कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न कांग्रेसको माग