विपद् संकटग्रस्त क्षेत्रका जनप्रतिनिधिहरूसँगको छलफलमा प्रधानमन्त्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र २९, २०८३
|
|
४९ पटक हेरिएको
Shares
विपद् संकटग्रस्त क्षेत्रका जनप्रतिनिधिहरूसँगको छलफलमा प्रधानमन्त्री

सारांश

  • प्रधानमन्त्री बालेन शाह विपद् संकटग्रस्त क्षेत्रका जनप्रतिनिधिहरूसँगको छलफलमा जुटेका छन् ।
  • रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफलमा जुटेका हुन् ।
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहान ११ बजेबाट नुवाकोट, रसुवा, धादिङ, गोरखा र तनहुँका विपद् प्रभावित १५ स्थानीय तहका प्रमुख तथा प्रतिनिधिसभा सदस्यहरूसँग छलफल सुरु भएको छ ।

२९ भदौ, काठमाडौं ।

प्रधानमन्त्री बालेन शाह विपद् संकटग्रस्त क्षेत्रका जनप्रतिनिधिहरूसँगको छलफलमा जुटेका छन् । रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफलमा जुटेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहान ११ बजेबाट नुवाकोट, रसुवा, धादिङ, गोरखा र तनहुँका विपद् प्रभावित १५ स्थानीय तहका प्रमुख तथा प्रतिनिधिसभा सदस्यहरूसँग छलफल सुरु भएको छ ।

प्रभावित क्षेत्रमा बाढीपछिको अवस्थाबारे समीक्षा, अहिलेको परिस्थिति, अब चाल्नुपर्ने कदम र पुनरुत्थानलगायतका विषयमा छलफल केन्द्रित रहेको छ । छलफलमा नुवाकोटका प्रतिनिधिसभा सदस्यहरू विक्रम तिमिल्सिना र ‍अच्युतम लामिछाने तथा  नुवाकोटको विदुर नगरपालिकाका नगर प्रमुख राजन श्रेष्ठ, बेलकोटगढी नगरपालिकाका नगर प्रमुख जगतबहादुर गुरुङ, किस्पाङ गाउँपालिकाका अध्यक्ष विरबल तामाङ र तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारी छन् । यसैगरी, रसुवाको उत्तरगया गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्याल, कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटा र आमाछोदिङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ छन् ।

गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले भने अनलाइनमार्फत छलफलमा सहभागी छन् । धादिङको गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडा, सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडा, गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ र बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक) छलफलमा उपस्थित छन् । तनहुँको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा र आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान तथा गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दिपक तिमिल्सिना (साकार) पनि छलफलमा सहभागी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा छः मन्त्री रावल
भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा छः मन्त्री रावल
संघीय र सातवटै प्रदेश संसद्का पदाधिकारीबीचको संयुक्त छलफल जारी
संघीय र सातवटै प्रदेश संसद्का पदाधिकारीबीचको संयुक्त छलफल जारी
‘अन्तर्राष्ट्रिय कम्युनिष्ट एकता र साम्राज्यवादी युद्धविरुद्ध साझा प्रतिरोधको आवश्यकता’
‘अन्तर्राष्ट्रिय कम्युनिष्ट एकता र साम्राज्यवादी युद्धविरुद्ध साझा प्रतिरोधको आवश्यकता’
इंग्ल्याण्डमाथि नेपालको ऐतिहासिक जित
इंग्ल्याण्डमाथि नेपालको ऐतिहासिक जित
ढुक्क हुनुस् २०८३ चैत महिनामा फास्ट ट्रयाकमा गाडी गुड्छ : रक्षामन्त्रीको दाबी
ढुक्क हुनुस् २०८३ चैत महिनामा फास्ट ट्रयाकमा गाडी गुड्छ : रक्षामन्त्रीको दाबी
मातृभाषामा शपथ लिनेले ३ दिन अगावै संसद् सचिवालयलाई जानकारी दिनुपर्ने
मातृभाषामा शपथ लिनेले ३ दिन अगावै संसद् सचिवालयलाई जानकारी दिनुपर्ने
सिद्धार्थ राजमार्ग अहिले अत्यन्तै दयनीय अवस्थामा पुगेको छ : सांसद डुम्रे
सिद्धार्थ राजमार्ग अहिले अत्यन्तै दयनीय अवस्थामा पुगेको छ : सांसद डुम्रे
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति
कानुन निर्माण प्रक्रियामा जनताको सहभागिता र राज्यका तीनै अंगबिच समन्वय आवश्यक छ : डीपी अर्याल
कानुन निर्माण प्रक्रियामा जनताको सहभागिता र राज्यका तीनै अंगबिच समन्वय आवश्यक छ : डीपी अर्याल
मुक्तिनाथधाममा पदमार्ग निर्माण
मुक्तिनाथधाममा पदमार्ग निर्माण