बिदाको दिन चलाएको कसुरमा मन्त्रीको गाडीलाई जरिवाना

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र २९, २०८३
|
|
६१ पटक हेरिएको
Shares
बिदाको दिन चलाएको कसुरमा मन्त्रीको गाडीलाई जरिवाना

सारांश

  • सुदूरपश्चिम प्रदेशकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकीदेवी कुँवरको सरकारी गाडीलाई ट्राफिक प्रहरीले जरिवाना गरेको छ ।
  • सार्वजनिक बिदाका दिन अनुमति नलिई सरकारी गाडी चलाएको पाइएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले राज्यमन्त्री कुँवर चढ्ने सुपप्र ०१-००१ झ ०३९७ नम्बरको गाडीलाई जरिवाना गरेको हो ।
  • उक्त समयमा कुँवर भने गाडीमा सवार नरहेको बताइएको छ ।

 

२९ भदौ, धनगढी ।

सुदूरपश्चिम प्रदेशकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकीदेवी कुँवरको सरकारी गाडीलाई ट्राफिक प्रहरीले जरिवाना गरेको छ । सार्वजनिक बिदाका दिन अनुमति नलिई सरकारी गाडी चलाएको पाइएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले राज्यमन्त्री कुँवर चढ्ने सुपप्र ०१-००१ झ ०३९७ नम्बरको गाडीलाई जरिवाना गरेको हो । उक्त समयमा कुँवर भने गाडीमा सवार नरहेको बताइएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक रेशमप्रसाद आचार्यले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ अन्तर्गत निषेधित समयमा सरकारी गाडी प्रयोग गरेको कसुरमा पहिलोपटक ५ सय रूपैयाँ जरिवाना गरिएको बताए । सार्वजनिक बिदाका दिन राज्यमन्त्रीसमेत सवार नभएको अवस्थामा चालकले सरकारी गाडी चलाएको पाइएको प्रहरीको भनाइ छ। कैलाली ट्राफिक प्रहरीले यसअघि सरकारी निवासमै हेल्मेटबिना बुलेट मोटरसाइकल चलाएको भिडिओ सार्वजनिक भएपछि निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहलाई समेत जरिवाना गरेको थियो । यस्तै, लापरबाहीपूर्वक सवारीसाधन चलाएको भन्दै शीतल गिरीलाई पनि कारबाही गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?