गौर हत्याकाण्डमा सर्वोच्चको आदेश र उपनिर्वाचनबारे छलफल गर्न मोर्चाले बोलायो बैठक

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र ४, २०८२
|
|
५४ पटक हेरिएको
Shares
गौर हत्याकाण्डमा सर्वोच्चको आदेश र उपनिर्वाचनबारे छलफल गर्न मोर्चाले बोलायो बैठक

सारांश

  • संघीय लोकतान्त्रिक मोर्चाले बैठक बोलाएको छ।
  • गौर हत्याकाण्डको अनुसन्धान गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेपछि मोर्चाले बैठक आह्वान गरेको हो।
  • बैठक आज बेलुका ५ बजे थापागाँउस्थित जनता प्रगतिशील पार्टी नेपालको केन्द्रीय कार्यालयमा बस्ने मोर्चाका नेता केशव झाले बताए।
४ भदौ,काठमाडौँ  ।

संघीय लोकतान्त्रिक मोर्चाले बैठक बोलाएको छ। गौर हत्याकाण्डको अनुसन्धान गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेपछि मोर्चाले बैठक आह्वान गरेको हो। बैठक आज बेलुका ५ बजे थापागाँउस्थित जनता प्रगतिशील पार्टी नेपालको केन्द्रीय कार्यालयमा बस्ने मोर्चाका नेता केशव झाले बताए। उनका अनुसार गौर हत्याकाण्डसहित रुपन्देही ३ को उपनिर्वाचनको तयारी र अन्य समसामयिक विषयमा छलफल हुने बताए। गौर हत्याकाण्डको छानबिन गर्नको लागि अदालतले अनुमति दिएपछि मधेश केन्द्रित दलहरूमा तरंग ल्याएको छ। मोर्चामा आबद्ध जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव घटनाको मुख्य योजनाकारको रूपमा मानिन्छन्।

यस्तै मोर्चाले रुपन्देहीको उपनिर्वाचनमा नाउपाको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको थियो। आन्तरिक विवादमा फसेपछि नाउपाले उपनिर्वाचनमा भाग लिन नै अयोग्य भएपछि संरक्षक रेशम चौधरीले उठाएका स्वतन्त्र उम्मेदवारलाई सघाउनेबारे पनि छलफल हुनेछ। बैठकमा उपसभामुखलाई हटाउन कांग्रेस-एमालेले अघि सारेको तयारीबारे पनि छलफल हुने बताइन्छ। प्रतिनिधि सभामा दुई तिहाइ बहुमत पुर्‍याउनको लागि मोर्चामा आबद्ध दलहरू नै निर्णायक छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बंगलादेशविरुद्धको टी-२० सिरिजमा भारतको क्लीन स्वीप
बंगलादेशविरुद्धको टी-२० सिरिजमा भारतको क्लीन स्वीप
उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
महोत्तरीका एक वार्ड अध्यक्ष मृत फेला
महोत्तरीका एक वार्ड अध्यक्ष मृत फेला
खेलाडीबीच हात हालाहालको स्थिति बनेपछि रुकुममा पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड स्थगित
खेलाडीबीच हात हालाहालको स्थिति बनेपछि रुकुममा पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड स्थगित
भन्सार छलीका भारतिय स्कारपियो सहित कपडा बरामद
भन्सार छलीका भारतिय स्कारपियो सहित कपडा बरामद
मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
यी १४ निर्माण कम्पनी परे प्रधानमन्त्री कार्यालयको कालो सूचीमा
यी १४ निर्माण कम्पनी परे प्रधानमन्त्री कार्यालयको कालो सूचीमा
मेरो हातबाट गलत काम भएको दिनदेखि राजनीतिमा देखापर्दिनँः गृहमन्त्री लेखक
मेरो हातबाट गलत काम भएको दिनदेखि राजनीतिमा देखापर्दिनँः गृहमन्त्री लेखक
गृहमन्त्रीलाई रवि लामिछानेको प्रश्न : विनोद चौधरीको बयान लिइयो कि लिइएन ?
गृहमन्त्रीलाई रवि लामिछानेको प्रश्न : विनोद चौधरीको बयान लिइयो कि लिइएन ?
एमाले रामेछापका नेता भन्छन् : सुशीला कार्कीलाई अमेरिकाले प्रधानमन्त्री बनायो
एमाले रामेछापका नेता भन्छन् : सुशीला कार्कीलाई अमेरिकाले प्रधानमन्त्री बनायो