जेनजी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने चौधरी ग्रुपको घोषणा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन २२, २०८२
|
|
२७ पटक हेरिएको
Shares
जेनजी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने चौधरी ग्रुपको घोषणा

सारांश

  • चौधरी ग्रुपले जेनजी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने घोषणा गरेको छ ।
  • चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले बुधबार सामाजिक सञ्जाल एक्स मार्फत यस्तो घोषणा गरेका हुन् ।
  • उनले हालै सम्पन्न जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै आन्दोलनका क्रममा सहीद भएका परिवारका एक–एक जना सदस्यलाई रोजगारी उपलब्ध गराउने घोषणा गरेका हुन् ।

२२ असोज, काठमाडौं ।

चौधरी ग्रुपले जेनजी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने घोषणा गरेको छ । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले बुधबार सामाजिक सञ्जाल एक्स मार्फत यस्तो घोषणा गरेका हुन् । उनले हालै सम्पन्न जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै आन्दोलनका क्रममा सहीद भएका परिवारका एक–एक जना सदस्यलाई रोजगारी उपलब्ध गराउने घोषणा गरेका हुन् ।

एक्समा उनले लेखेका छन,‘आन्दोलनका प्रत्येक शहीद परिवारका एक सदस्यलाई हामी रोजगारी प्रदान गर्नेछौँ । यो केवल हाम्रो वाचा मात्र होइन, हाम्रो गहिरो कर्तव्य र श्रद्धा हो ।’ आन्दोलनका क्रममा कम्पनीका निजी निवास, कार्यालय, शोरूम र कारखानामा ठूलो क्षति पुगेको भए पनि चौधरी ग्रुप पुनःनिर्माणको यात्रामा दृढ आत्मविश्वासका साथ अघि बढेको उनले बताएका छन् । उनले अगाडि लेखेका छन,“यो पीडादायी घडीमा पनि हामी सँगै उभिनेछौँ, पुनःनिर्माण गर्नेछौँ र आशा, सहानुभूति र सम्मानसहित देशको सुन्दर भविष्य निर्माण गर्नेछौँ ।” शहीद परिवारका सदस्यहरूले रोजगारीका लागि चौधरी ग्रुपका कर्पोरेट कम्युनिकेसन विभाग प्रमुख मधुसूदन पौड्याललाई मोबाइल नम्बर ९८५१२२४००० मा सम्पर्क गर्न सक्ने उनले लेखेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गौशाला क्षेत्रका अतिक्रमित संरचनामा डोजर चलाउन फेरि पुग्यो काठमाडौं महानगर
गौशाला क्षेत्रका अतिक्रमित संरचनामा डोजर चलाउन फेरि पुग्यो काठमाडौं महानगर
एक वर्षमा २३ सय ६९ प्रहरीले दिए राजीनामा
एक वर्षमा २३ सय ६९ प्रहरीले दिए राजीनामा
आहा रारा पोखरा गोल्कपको उपाधि उज्वेकिस्तानी टिमलाई, फाइनलमा पुलिस पराजित
आहा रारा पोखरा गोल्कपको उपाधि उज्वेकिस्तानी टिमलाई, फाइनलमा पुलिस पराजित
भूमि विधेयक संविधान विपरीत छ, अदालतमा मुद्दा परे बदर हुन्छ : उपेन्द्र यादव
भूमि विधेयक संविधान विपरीत छ, अदालतमा मुद्दा परे बदर हुन्छ : उपेन्द्र यादव
सुनको मूल्यमा सामान्य गिरावट,कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्यमा सामान्य गिरावट,कतिमा हुँदैछ कारोबार ?
ट्याक्टर दुर्घटना हुँदा चालकको मृ*त्यु
ट्याक्टर दुर्घटना हुँदा चालकको मृ*त्यु
वीरगञ्ज हुँदै ७९ अर्ब ५४ करोडको वस्तु तथा सामान निर्यात
वीरगञ्ज हुँदै ७९ अर्ब ५४ करोडको वस्तु तथा सामान निर्यात
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
प्रहरी विधेयकमा ५१ संशोधन प्रस्ताव दर्ता
प्रहरी विधेयकमा ५१ संशोधन प्रस्ताव दर्ता
जम्मु-कश्मीरको प्रहरी कार्यालयमा विस्फोट हुँदा मारिनेको संख्या ९ पुग्यो
जम्मु-कश्मीरको प्रहरी कार्यालयमा विस्फोट हुँदा मारिनेको संख्या ९ पुग्यो