विश्वकै तेस्रो प्रदूषित सहर बनेपछि यस्तो देखियो काठमाडौँ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर ४, २०८३
|
|
४१ पटक हेरिएको
Shares
विश्वकै तेस्रो प्रदूषित सहर बनेपछि यस्तो देखियो काठमाडौँ

सारांश

  • विश्वका प्रमुख प्रदूषित सहरको सूचीमा काठमाडौँ तेस्रो स्थानमा परेको छ।
  •   वायु प्रदूषण मापन गर्ने संस्था आईक्यूएयरले बिहीबार बिहान सार्वजनिक गरेको तथ्यांकअनुसार काठमाडौं विश्वका प्रदूषित सहरमध्ये तेस्रो स्थानमा परेको हो।
  • आईक्यूएयरको बिहान ८ः४५ देखि ९ः४५ बजेसम्मको प्रत्यक्ष तथ्यांकअनुसार काठमाडौंको वायु गुणस्तर सूचकांक (यूएस एक्यूआई) १८३ पुगेको छ।

 

काठमाडौं । विश्वका प्रमुख प्रदूषित सहरको सूचीमा काठमाडौँ तेस्रो स्थानमा परेको छ।  वायु प्रदूषण मापन गर्ने संस्था आईक्यूएयरले बिहीबार बिहान सार्वजनिक गरेको तथ्यांकअनुसार काठमाडौं विश्वका प्रदूषित सहरमध्ये तेस्रो स्थानमा परेको हो। आईक्यूएयरको बिहान ८ः४५ देखि ९ः४५ बजेसम्मको प्रत्यक्ष तथ्यांकअनुसार काठमाडौंको वायु गुणस्तर सूचकांक (यूएस एक्यूआई) १८३ पुगेको छ।

सूचीको पहिलो स्थानमा पाकिस्तानको लाहोर रहेको छ। लाहोरको वायु गुणस्तर सूचकांक ३२५ रहेको छ भने दोस्रो स्थानमा रहेको बंगलादेशको ढाकाको २५६ रहेको छ।

त्यस्तै, भारतको दिल्ली १८२ एक्यूआईसहित चौथो, पाकिस्तानको कराँची १६७ सहित पाँचौँ र इजिप्टको कायरो १६५ सहित छैटौँ स्थानमा छन्।

आईक्यूएयरको तथ्यांकअनुसार काठमाडौंको वायु प्रदूषणको स्तर अस्वस्थकर तहमा पुगेको देखिएको छ। यस्तो अवस्थामा विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिहरू बढी जोखिममा पर्न सक्छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमालेमा खुला प्रतिस्पर्धा हुन्छ,उम्मेदवारी घोषणा गर्न कसैले रोक्दैन : ओली
एमालेमा खुला प्रतिस्पर्धा हुन्छ,उम्मेदवारी घोषणा गर्न कसैले रोक्दैन : ओली
सेयर बजारमा उल्लास : १ वर्षमा २१ खर्ब २४ अर्बकाे काराेबार
सेयर बजारमा उल्लास : १ वर्षमा २१ खर्ब २४ अर्बकाे काराेबार
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजार रुपैयाँ जरिवाना 
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजार रुपैयाँ जरिवाना 
मधेस प्रदेशका मुख्यमन्त्रीद्वारा धर्मशाला उद्घाटन
मधेस प्रदेशका मुख्यमन्त्रीद्वारा धर्मशाला उद्घाटन
जनकपुरमा गेस्ट हाउसभित्र महिला र पुरुष मृत भेटिए
जनकपुरमा गेस्ट हाउसभित्र महिला र पुरुष मृत भेटिए
संगीतकार एवं गायक गुरुदेव कामतको निधन
संगीतकार एवं गायक गुरुदेव कामतको निधन
चितवनको क्यान्सर अस्पतालमा बालबालिकाको निःशुल्क उपचार सुरु,
चितवनको क्यान्सर अस्पतालमा बालबालिकाको निःशुल्क उपचार सुरु,
मधेस प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै
मधेस प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै
सन्देश स्याङ्वो पहिलो दृष्टिविहिन चेस च्याम्पियन
सन्देश स्याङ्वो पहिलो दृष्टिविहिन चेस च्याम्पियन
चितवन निकुञ्ज वरपर चोरीसिकारी नियन्त्रण गर्न ‘स्पाई क्यामेरा’ जडान
चितवन निकुञ्ज वरपर चोरीसिकारी नियन्त्रण गर्न ‘स्पाई क्यामेरा’ जडान