जनकपुरमा गेस्ट हाउसभित्र महिला र पुरुष मृत भेटिए

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख ११, २०८१
|
|
५५ पटक हेरिएको
Shares
जनकपुरमा गेस्ट हाउसभित्र महिला र पुरुष मृत भेटिए

सारांश

  • जनकपुरधामको रामानन्द चोकस्थित होटल होलिडे एण्ड गेस्ट हाउसमा महिला र एक युवक झुण्डिएको अवस्थामा मृत भेटिएका छन् ।
  • प्रहरीका अनुसार महिला विवाहित हुन् भने युवक अविवाहित ।
  • होटलको कोठामा भित्रबाट चुकुल लगाएको अवस्थामा उनीहरू एकसाथ झुण्डिएको अवस्थामा फेला परेको धनुषा प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए ।

मौसम झा पाठक

११ वैशाख, जनकपुरधाम । जनकपुरधामको रामानन्द चोकस्थित होटल होलिडे एण्ड गेस्ट हाउसमा महिला र एक युवक झुण्डिएको अवस्थामा मृत भेटिएका छन् ।

प्रहरीका अनुसार महिला विवाहित हुन् भने युवक अविवाहित । होटलको कोठामा भित्रबाट चुकुल लगाएको अवस्थामा उनीहरू एकसाथ झुण्डिएको अवस्थामा फेला परेको धनुषा प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए । मृतकहरूमा लोहारपट्टी नगरपालिका-४ महोत्तरीकी २५ वर्षीया प्रियंका कापर र पिपरा गाउँपालिका-३ महोत्तरी ३१ वर्षीय हितेन्द्र पासवान छन् । प्रियंकाको माइत पीपरा हो । उनका अनुसार ती महिला छोरीलाई लिएर युवकसँग ३-४ दिनदेखि होटलमा बसिरहेकी थिइन् ।

‘युवकका आफन्त खोज्दै होटल पुगेका थिए,’ डीएसपी अवाले प्रेस 4kसँग भने, ‘कोठामा भित्रबाट चुकुल लागेको थियो । बच्चा कराउन थालिन् । त्यसपछि युवकका अभिभावकले हामीलाई खबर गरे ।’ प्रहरीले ढोका फुटाएको थियो । युवकसँग ती महिलाको विवाहेत्तर सम्बन्ध हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । आफ्नो अभिभावक खोज्दै त्यहाँ पुगेपछि आत्महत्या गरेको हुनसक्ने डीएसपी अवाले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विदेश भ्रमणका २ निमन्त्रणा ‘रिजेक्ट’ गर्दै शिक्षामन्त्री पुनको प्रश्न: विदेश घुमेर अर्थतन्त्र बन्छ?
विदेश भ्रमणका २ निमन्त्रणा ‘रिजेक्ट’ गर्दै शिक्षामन्त्री पुनको प्रश्न: विदेश घुमेर अर्थतन्त्र बन्छ?
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नागरिकता विधेयक प्रमाणीकरण
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नागरिकता विधेयक प्रमाणीकरण
दमौली कारागारका १३५ कैदीबन्दी सम्पर्क बाहिर
दमौली कारागारका १३५ कैदीबन्दी सम्पर्क बाहिर
टेलिकमको बिलिङ प्रकरणमा अध्ययन प्रतिवेदन तयार, सञ्चारमन्त्री भन्छन् : हस्तक्षेप गर्दैनौं
टेलिकमको बिलिङ प्रकरणमा अध्ययन प्रतिवेदन तयार, सञ्चारमन्त्री भन्छन् : हस्तक्षेप गर्दैनौं
विशेष महाधिवेशनको रस्साकस्सीका बीच कांग्रेसको संस्थापन पक्षले आज पत्रकार सम्मेलन गर्दै
विशेष महाधिवेशनको रस्साकस्सीका बीच कांग्रेसको संस्थापन पक्षले आज पत्रकार सम्मेलन गर्दै
राष्ट्रियसभामा संवैधानिक परिषद् विधेयक परिमार्जन
राष्ट्रियसभामा संवैधानिक परिषद् विधेयक परिमार्जन
जुम्लाबाट सुर्खेत जाँदै गरेको गाडी दुर्घटना, सात जना घाइते
जुम्लाबाट सुर्खेत जाँदै गरेको गाडी दुर्घटना, सात जना घाइते
निजी मेडिकल कलेजलाई कुनै पनि सहयोग नहुने स्वास्थ्यमन्त्रीको घोषणा
निजी मेडिकल कलेजलाई कुनै पनि सहयोग नहुने स्वास्थ्यमन्त्रीको घोषणा
पाँच दलसँग छलफलमा सभामुख
पाँच दलसँग छलफलमा सभामुख
आज संघीय संसद्का तीन समितिको बैठक बस्दै, सभापति चयन मुख्य एजेन्डा
आज संघीय संसद्का तीन समितिको बैठक बस्दै, सभापति चयन मुख्य एजेन्डा