धानखेती योग्य जमिनमा सिचाइँ सुविधा विस्तार गर्नु जरुरी छ : राष्ट्रपति पौडेल

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ १५, २०८२
|
|
२८ पटक हेरिएको
Shares
धानखेती योग्य जमिनमा सिचाइँ सुविधा विस्तार गर्नु जरुरी छ : राष्ट्रपति पौडेल

सारांश

  •   राष्ट्रपति रामचन्द्र पौडेलले धानखेती योग्य जमिनमा सिचाइँ सुविधा विस्तार गर्न राज्यको ध्यान केन्द्रित हुन जरुरी रहेको बताएका छन्।
  • राष्ट्रिय धान दिवस, २०८२ को अवसरमा शुभकामना व्यक्त गर्दै उनले धान खेती नेपाली समाज र जीवनसँग अभिन्न भएर रहेको बताएका हुन्।
  • ‘नेपालको संविधानले प्रत्येक नागरिकलाई खाद्यसम्बन्धी हकको व्यवस्था गरेको छ ।

१५ असार, काठमाडौं। 

राष्ट्रपति रामचन्द्र पौडेलले धानखेती योग्य जमिनमा सिचाइँ सुविधा विस्तार गर्न राज्यको ध्यान केन्द्रित हुन जरुरी रहेको बताएका छन्। राष्ट्रिय धान दिवस, २०८२ को अवसरमा शुभकामना व्यक्त गर्दै उनले धान खेती नेपाली समाज र जीवनसँग अभिन्न भएर रहेको बताएका हुन्। ‘नेपालको संविधानले प्रत्येक नागरिकलाई खाद्यसम्बन्धी हकको व्यवस्था गरेको छ । खाद्यवस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने मौलिक हकको प्रभावकारी कार्यान्वयनका लागि धान खेतीको प्रवर्द्धन गर्नु आवश्यक देखिन्छ ।

नेपाल कृषि प्रधान देश हो । यहाँका अधिकांश जनताको प्रमुख खाद्यान्न बाली धान हो ।’ शुभकामना सन्देशमा भनिएको छ,‘त्यसैले धान खेती नेपाली समाज र जीवनसँग अभिन्न भएर रहेको छ । यसले हाम्रो जीवनमा आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक एवम् पर्यटकीय महत्त्व पनि राख्दछ । विश्‍वव्यापी जलवायु परिवर्तनले धान खेतीमा पारेको र पर्न सक्ने नकारात्मक असरलाई न्यूनीकरण गर्न सरकार, कृषक र सरोकारवाला पक्षलाई सचेत र जागरुक बनाई धानको उत्पादन एवम् उत्पादकत्व बढाउँदै धानवालीको विविधीकरण गर्नुपर्ने आजको आवश्यकता हो ।’ नेपालमा धान खेतीको लागि पर्याप्‍त सिंचाईको व्यवस्था भईनसकेको सन्दर्भमा वर्षा राम्रो नभएको वर्ष धान उत्पादन घट्ने र वर्षा राम्रो हुँदा उत्पादन बढ्ने गरेको तथ्यहरूले देखाएको उनको भनाई छ।

शुभकामना सन्देशमा भनिएको छ,‘धान एवम् चामल आयात वर्षेनी बढ्दै जानु चिन्ताको विषय हो । जमिन बाँझो रहने अवस्थाको अन्त्य गरी श्रम गर्ने संस्कृतिको विकाससँगै धान उत्पादनमा आत्मनिर्भर हुने गरी हाम्रो प्रयासहरूलाई केन्द्रित गर्नुपर्ने खाँचो छ । नेपालमा कृषिलाई आकर्षक पेशाको रुपमा विकास गरी श्रम शक्ति तथा अन्य जनशक्तिलाई स्वदेश मै क्रियाशील भई आधुनिक कृषि प्रविधिको विकास तथा विस्तार गर्दै धानसँग सम्बन्धित् खाद्य प्रविधिको विस्तार गरौँ भन्ने मेरो आग्रह छ ।’ उनले धान बालीमा जलवायुमैत्री प्रविधिहरूको अवलम्बन गर्दै धान एवम् चामलको उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन, खाद्य सुरक्षाको सुनिश्चितता र कृषि श्रमको सम्मान गर्ने संस्कृति बसाल्न आजको दिनले थप प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बसको झ्यालबाट टाउको निकाल्दा गेटमा ठोक्किएर किशोरीको मृ*त्यु
बसको झ्यालबाट टाउको निकाल्दा गेटमा ठोक्किएर किशोरीको मृ*त्यु
कांग्रेसको चुनावी नीतिः ‘फागुन २१ का लागि मेरो २१ दिन’ अभियान शुरू गर्दै
कांग्रेसको चुनावी नीतिः ‘फागुन २१ का लागि मेरो २१ दिन’ अभियान शुरू गर्दै
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २८ निर्णय
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २८ निर्णय
शीर्ष नेताको बैठक स्थगित
शीर्ष नेताको बैठक स्थगित
चितवन २ : रवि लामिछानले भारी मतले अगाडि, पछ्याउदै मीना खरेल
चितवन २ : रवि लामिछानले भारी मतले अगाडि, पछ्याउदै मीना खरेल
सर्वोच्चका प्रस्तावित ६ न्यायाधीशविरुद्ध  उजुरी आह्वान गर्ने निर्णय
सर्वोच्चका प्रस्तावित ६ न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय
सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित
सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित
पूर्वडीआईजी छविलाल जोशी काठमाडाैंबाट पक्राउ
पूर्वडीआईजी छविलाल जोशी काठमाडाैंबाट पक्राउ
लक्ष्मी महतो कोइरीले दिए निलम्बन फुकुवाको माग गर्दै निवेदन
लक्ष्मी महतो कोइरीले दिए निलम्बन फुकुवाको माग गर्दै निवेदन
विश्वकप छनोट : नेपाल समूहको अन्तिम खेलमा जापानसँग भिड्दै
विश्वकप छनोट : नेपाल समूहको अन्तिम खेलमा जापानसँग भिड्दै