कांग्रेस संसदीय कार्यसमितिको बैठक जारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ ३, २०८२
|
|
१७ पटक हेरिएको
Shares
कांग्रेस संसदीय कार्यसमितिको बैठक जारी

सारांश

  • सत्तासाझेदार नेपाली कांग्रेस संसदीय दलको बैठक केही बेरमा बस्दै छ ।
  • तर, सांसदहरूलाई बैठकका एजेन्डाबारे जानकारी दिइएको छैन ।
  • अधिकांश सांसदले बैठक बजेटका विषयमा केन्द्रित हुने अनुमान गरेका छन् ।

 

३ जेठ, काठमाडौं ।

सत्तासाझेदार नेपाली कांग्रेस संसदीय दलको बैठक केही बेरमा बस्दै छ । तर, सांसदहरूलाई बैठकका एजेन्डाबारे जानकारी दिइएको छैन । अधिकांश सांसदले बैठक बजेटका विषयमा केन्द्रित हुने अनुमान गरेका छन् । सांसद सरिता प्रसाईंका अनुसार, बैठक मात्र भनिएको छ, एजेन्डाबारे जानकारी गराइएको छैन । उक्त बैठकका एजेन्डा तय गर्न संसदीय कार्यसमितिको बैठक जारी रहेको सांसद रामहरि खतिवडाले जानकारी दिए ।

संसदीय दल बैठकमा बजेट वितरणलाई प्रभावकारी बनाउने, रकम खर्च हुने वातावरण मिलाउने, कांग्रेसले सुरु गरेका कार्यक्रममा बजेट निरन्तर गर्ने र सकेसम्म बढाउने विषयमा छलफल हुने सांसदहरूको अनुमान छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा कांग्रेस संसदीय दलको बैठक बस्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?