एमालेका संगठित सदस्य साढे ६ लाखभन्दा बढी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र २०, २०८२
|
|
३२ पटक हेरिएको
Shares
एमालेका संगठित सदस्य साढे ६ लाखभन्दा बढी

सारांश

  • सत्ताको नेतृत्व गरिरहेको नेकपा (एमाले) का देशभित्र र देशबाहिर गरी साढे ६ लाखभन्दा बढी संगठित सदस्यहरू रहेका छन् ।
  •  ललितपुरको गोदावरीमा शुक्रबारदेखि सुरू दोस्रो विधान महाधिवेशनमा पेश भएको सांगठिनक प्रतिवेदनमा पार्टीका सदस्यहरूको संख्या उल्लेख गरिएको छ ।
  • प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको प्रतिवेदनमा नेपाल, भारत (प्रवास) र तेस्रो मुलुक (प्रवास) हरूमा गरी कुल ६ लाख ६२ हजार ९६१ सांगठित सदस्य रहेका उल्लेख छ ।

२० भदौ, काठमाडौं ।

सत्ताको नेतृत्व गरिरहेको नेकपा (एमाले) का देशभित्र र देशबाहिर गरी साढे ६ लाखभन्दा बढी संगठित सदस्यहरू रहेका छन् । ललितपुरको गोदावरीमा शुक्रबारदेखि सुरू दोस्रो विधान महाधिवेशनमा पेश भएको सांगठिनक प्रतिवेदनमा पार्टीका सदस्यहरूको संख्या उल्लेख गरिएको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको प्रतिवेदनमा नेपाल, भारत (प्रवास) र तेस्रो मुलुक (प्रवास) हरूमा गरी कुल ६ लाख ६२ हजार ९६१ सांगठित सदस्य रहेका उल्लेख छ ।

कुल संगठित सदस्यमध्ये दुई लाख ५८ हजार १६ महिला र ४ लाख ५७ हजार १४५ पुरूष रहेका छन् । प्रतिवेदनअनुसार एमालेका सबैभन्दा बढी संगठित सदस्य मधेश प्रदेशमा छन् । मधेशमा एमालेले १ लाख ५६ हजार जनालाई संगठित सदस्य बनाएको छ । ती मध्ये १ लाख ६५१ पुरूष र ५५ हजार ३९० महिला रहेका छन् ।  यसैगरी सात प्रदेशमध्ये सबैभन्दा कम कर्णाली प्रदेशमा ४७ हजार ६४७ (३३ हजार ३८८ पुरूष र १४ हजार २५९ महिला) छन् । एमालेको प्रतिवेदनअनुसार कोशी प्रदेशमा १ लाख ४७ हजार १० र बागमती प्रदेशमा १ लाख १६ हजार ४९९ सदस्य छन् ।

लुम्बिनी प्रदेशका ८० हजार ३५२, सुदूरपश्चिम प्रदेशका ६३ हजार ११० र गण्डकी प्रदेशका ५५ हजार ५१२ जनाले एमालेको संगठित सदस्यता लिएका छन् । उपत्यका विशेष प्रदेशमा ८ हजार ७८१ सदस्य रहेको एमालेले सम्पर्क शीर्षकमा १३ हजार ७५२ सदस्य रहेको प्रतिवेदनमा उल्लेख गरेको छ । यस्तै एमालेले भारत (प्रवास) मा १२ सय ६७ पुरूष र ४७६ महिला गरी १ हजार ७५२, प्रवास (तेस्रो मुलुक) मा ३ हजार ७०० पुरूष र ९३० महिला गरी ४ हजार ६२० सदस्य रहेका जनाएको छ । प्रतिवेदनमा केन्द्रीय कार्यालयमा १८५ महिला र ६६५ पुरूष गरी ८५० संगठित सदस्य रहेका पनि उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ