उद्योग क्षेत्रको विकासका लागि स्रोतसाधन परिचालन गरिने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण ४, २०८१
|
|
४५ पटक हेरिएको
Shares
उद्योग क्षेत्रको विकासका लागि स्रोतसाधन परिचालन गरिने

सारांश

  • मधेश प्रदेशका नवनियुक्त उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सकिल अली मियाँले शुक्रबार मन्त्रालयको जिम्मेवार सम्हालेका छन् ।
  • जनकपुरधामस्थित मधेश भवनमा रहेको मन्त्रालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।
  • यसअघि प्रदेश सरकारमा बिनाविभागीय मन्त्री रहेका मियाँलाई मुख्यमन्त्री सतिशकुमार सिँहले बिहीबार उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रीको जिम्मेवारी दिएका थिए ।

४ साउन, जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सकिल अली मियाँले शुक्रबार मन्त्रालयको जिम्मेवार सम्हालेका छन् ।

जनकपुरधामस्थित मधेश भवनमा रहेको मन्त्रालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् । यसअघि प्रदेश सरकारमा बिनाविभागीय मन्त्री रहेका मियाँलाई मुख्यमन्त्री सतिशकुमार सिँहले बिहीबार उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रीको जिम्मेवारी दिएका थिए । मन्त्री मियाँले मधेश प्रदेशका आठवटै जिल्लामा उद्योग क्षेत्रको विकास तथा विस्तारका लागि आवश्यक पूर्वाधार निर्माण तथा उद्योगमैत्री वातावरण निर्माण गरी थप रोजगारी सिर्जनाका लागि आवश्यक स्रोतसाधन परिचालन गर्ने आफ्नो पहिलो निर्णयमा लेखेका छन् ।

सो निर्णयमा कुल ग्राहस्थ उत्पादनमा उद्योग र वाणिज्य क्षेत्रको योग्दान बढाउने संघ सरकारको उद्देश्य रहेको र उद्योग क्षेत्रका लागि चाहिने कच्चा पदार्थ, जनशक्ति, स्रोतसाधनको समेत उपलब्धता मधेश प्रदेशमा सरल र सहज रहेकाले उद्योग क्षेत्रको विकास र विस्तार गर्न पर्याप्त सम्भावना बोकेको प्रदेश मधेश भएको उल्लेख गरिएको छ । उद्योग क्षेत्रको विकासले मात्र आर्थिक विकास तथा रोजगारी सिर्जना गर्ने भन्दै आफूले उद्योग क्षेत्रका लागि स्रोतसाधन परिचलान गर्ने निर्णय गरेको मन्त्री मियाँले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विष्णुमति करिडोर ट्रयाक खन्ने कार्यको स्वास्थ्य मन्त्री पौडेलद्वारा शिलान्याश
विष्णुमति करिडोर ट्रयाक खन्ने कार्यको स्वास्थ्य मन्त्री पौडेलद्वारा शिलान्याश
रुसमा हेलिकप्टर दु*र्घटना हुँदा ५ जनाको मृ*त्यु, २ घाइते
रुसमा हेलिकप्टर दु*र्घटना हुँदा ५ जनाको मृ*त्यु, २ घाइते
नेपालको क्षतिबारे दु:ख व्यक्त गर्दै मोदीले भने- जुनसुकै सहयोग गर्न तयार छौं
नेपालको क्षतिबारे दु:ख व्यक्त गर्दै मोदीले भने- जुनसुकै सहयोग गर्न तयार छौं
झापा ५ मा झाँकीसहित बालेनले मनोनयन दर्ता गर्ने, ३ हजार सहभागी गराउने तयारी
झापा ५ मा झाँकीसहित बालेनले मनोनयन दर्ता गर्ने, ३ हजार सहभागी गराउने तयारी
कुलमान हटाउन अन्तिम अस्त्र प्रयोग गरिँदै
कुलमान हटाउन अन्तिम अस्त्र प्रयोग गरिँदै
जनता समाजवादी पार्टी र जसपा, नेपालबीच एकीकरण
जनता समाजवादी पार्टी र जसपा, नेपालबीच एकीकरण
सगरमाथा आरोहणका लागि सात समूहलाई अनुमति
सगरमाथा आरोहणका लागि सात समूहलाई अनुमति
गुल्मीमा बाँदर धपाउन राखिएको करेन्टमा परेर महिलाको मृत्यु
गुल्मीमा बाँदर धपाउन राखिएको करेन्टमा परेर महिलाको मृत्यु
स्मार्ट लाइसेन्सको डेटा सुरक्षित, पञ्जीकरण विभागको मेसिनबाट छाप्ने तयारी
स्मार्ट लाइसेन्सको डेटा सुरक्षित, पञ्जीकरण विभागको मेसिनबाट छाप्ने तयारी
बागमती प्रदेशसभाको बैठक आगामी चैत १९ गते बस्ने
बागमती प्रदेशसभाको बैठक आगामी चैत १९ गते बस्ने