सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

हुरीले उडाएको उपेशको घरको छानो गाउँलेले हालिदिए

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ ७, २०८२
|
|
४८ पटक हेरिएको
Shares
हुरीले उडाएको उपेशको घरको छानो गाउँलेले हालिदिए

सारांश

  • सर्लाहीको ईश्वरपुर नगरपालिका-१२ स्थित घारीबथानका उमेश परियारको काभ्रे धुलिखेल नगरपालिका–७ जिल्ला प्रशासन कार्यालय अगाडि विद्युत् पोलमा चढेर काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु भयो ।
  • कमजोर आर्थिक अवस्था भएका परियारको १ जेठमा आएको हावाहुरीले घरको छानो उडाइदियो ।
  • घरमा कमाउने मान्छेको मृत्यु तथा घरको छानो उडाएपछि अप्ठेरोमा परेको उमेशको परिवारलाई स्थानीयले थोरै भए पनि राहत पुर्‍याइदिएका छन् ।

 

७ जेठ, काभ्रेपलाञ्चोक ।

सर्लाहीको ईश्वरपुर नगरपालिका-१२ स्थित घारीबथानका उमेश परियारको काभ्रे धुलिखेल नगरपालिका–७ जिल्ला प्रशासन कार्यालय अगाडि विद्युत् पोलमा चढेर काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु भयो । कमजोर आर्थिक अवस्था भएका परियारको १ जेठमा आएको हावाहुरीले घरको छानो उडाइदियो । घरमा कमाउने मान्छेको मृत्यु तथा घरको छानो उडाएपछि अप्ठेरोमा परेको उमेशको परिवारलाई स्थानीयले थोरै भए पनि राहत पुर्‍याइदिएका छन् । करेन्ट लागेर मृत्यु भएका परियारको घरको छाना स्थानीय गाउँले मिलेर हालिदिएका छन् । घारीबथानस्थित गोपीचोकमा रहेको उपेशको घरको छानो स्थानीय गाउँलेको सहयोगमा बनेको ईश्वरपुर नगरपालिका–१२ का वडाध्यक्ष देविबहादुर खत्री (शिव) ले जानकारी दिए ।

उज्वलको परिवारमा परेको दुःख देखेर सबै छरछिमेकी र आफन्त जम्मा भएर घरको मर्मत-सम्भार तथा छानो हाल्ने काम गरिदिएको उनको भनाइ छ । उपेशको घरमा हावाहुरीले छानो उडाएपछि खाने अन्न र लगाउने कपडा सबै भिजेको छ । गत शनिबार बिहान मात्र उपेशकी श्रीमती रश्मिला घरको छानोका लागि सहयोगको अपिल गरिरहँदा धुलिखेलमा दुःखद घटना घटेको थियो । रश्मिला ५ वर्षको छोरा शिशिरलाई सँगै लिएर श्रीमान्‌को शव बुझ्न धुलिखेल आइपुगेकी थिइन् । उनले शव बुझेर सर्लाही पुग्दा स्थानीयले घरको छानो हाल्न सुरु गरिसकेका थिए । शव लिएर आएपछि काजकिरियामा बस्ने ठाउँ समेत नरहेकाले गाउँले मिलेर उपेशको घरको छानो हाल्ने काम भएको वडा सदस्य दिनेश बुढाथोकीले जानकारी दिए । ‘यो घर बाहेक उनीहरूको केही पनि छैन, उपेशले कमाएको भरमा परिवारको गुजारा चलिरहेको थियो,’ बुढाथोकीले भने, ‘उपेशको मृत्युसँगै यो घरको सहारा र आधार केही बाँकी रहेन ।’ उनका अनुसार मृतक उपेशका श्रीमतीसहित दृष्टिविहीन आमा, बुबा, ८ वर्षीया छोरी उर्मिला, ५ वर्षका छोरा शिशिर छन् ।

‘आमा दुवै आँखा देख्दिनन्, बुबाले कतैबाट अम्दानी गर्ने अवस्था छैन, श्रीमतीले घर हेरेर बसिदिँदा उपेशले कमाएको पैसाले परिवार चलिरहेको थियो,’ बुढाथोकीले भने, ‘उपेशको प्राण गएसँगै यो परिवारको बिचल्ली भयो ।’उपेश ठेकेदारमार्फत मजदूरको रूपमा विद्युत् प्राधिकरणअन्तर्गत हाइटेन्सन लाइन विस्तारको काममा थिए । हाइटेन्सन लाइनको खम्बामा चढेर काम गरिरहेका बेला करेन्ट लाग्दा उपेशको घटनास्थलमै मृत्यु भएको थियो । विद्युत प्राधिकरण र ठेकेदार कम्पनीले मृतक उपेशको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको छ । सहमति अनुसार सुदिपा निर्माण सेवाले मृतकका परिवारलाई पालनपोषण र छोराछोरीलाई शिक्षाका लागि परिवारका सदस्यको नाममा संयुक्त खाता खोलेर ७ दिनभित्र १० लाख रकम उपलब्ध गराउनेछ । यसैगरी विद्युत् प्राधिकरणको काभ्रे वितरण केन्द्रले विद्युत् दुर्घटना क्षतिपूर्ति विनियमावलीअनुसार अधिकतम १० र न्यूनतम ५ लाख रुपैयाँसम्म क्षतिपूर्ति उपलब्ध गराउन पहल गर्ने र उपेशकी श्रीमतीलाई घर पायक पर्ने स्थानमा योग्यताअनुसार रोजगारी उपलब्ध गराउने सहमति भएको छ । सहमतिसँगै रश्मिलाले उपेशको शव बुझेर लगेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सडक सुरक्षामा खटिएका प्रहरीसँग अभद्र व्यवहार गर्ने युवक पक्राउ
सडक सुरक्षामा खटिएका प्रहरीसँग अभद्र व्यवहार गर्ने युवक पक्राउ
१० वडाबाट दैनिक ३.१९ मेट्रिक टन सुक्खा फोहर ल्याण्डफिल जानबाट रोकियो
१० वडाबाट दैनिक ३.१९ मेट्रिक टन सुक्खा फोहर ल्याण्डफिल जानबाट रोकियो
चन्द्र भण्डारीलाई बधाई दिँदै सागर ढकालले भने– ‘मिलेर देश बनाउनुपर्छ’
चन्द्र भण्डारीलाई बधाई दिँदै सागर ढकालले भने– ‘मिलेर देश बनाउनुपर्छ’
महिलामाथि दुर्व्यवहार गरेको आरोपमा हुम्लाका डीएसपी निलम्बित
महिलामाथि दुर्व्यवहार गरेको आरोपमा हुम्लाका डीएसपी निलम्बित
डाक्टरको लाइन्सेस परीक्षामा ५६ प्रतिशत पास
डाक्टरको लाइन्सेस परीक्षामा ५६ प्रतिशत पास
तीनकुने प्रदर्शनमा ६० राउन्ड गोली प्रहार, अश्रुग्यास कति ?
तीनकुने प्रदर्शनमा ६० राउन्ड गोली प्रहार, अश्रुग्यास कति ?
धनगढीमा टिप्परको ठक्करबाट पैदल यात्रीको मृ*त्यु
धनगढीमा टिप्परको ठक्करबाट पैदल यात्रीको मृ*त्यु
चिनियाँ राष्ट्रपति सी असोज ७ गते अमेरिका भ्रमणमा जाँदै
चिनियाँ राष्ट्रपति सी असोज ७ गते अमेरिका भ्रमणमा जाँदै
नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको प्रशिक्षकमा भारतका हर्षल पाठक
नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको प्रशिक्षकमा भारतका हर्षल पाठक
प्रधानमन्त्री बालेनले विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरुसँग छलफल गर्दै
प्रधानमन्त्री बालेनले विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरुसँग छलफल गर्दै