सरकारी सबै पदमा खुला विज्ञापन गर्न सक्ने अवस्था छैन: मन्त्री न्यौपाने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र ७, २०८२
|
|
३४ पटक हेरिएको
Shares
सरकारी सबै पदमा खुला विज्ञापन गर्न सक्ने अवस्था छैन: मन्त्री न्यौपाने

सारांश

  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले सरकारी सबै पदमा खुला गर्नसक्ने अवस्था नरहेको बताएकी छन् ।
  •   शुक्रबार राष्ट्रिय सभाको बिधायन व्यवस्थापन समितिको बैठकमा आफुले राखेको धारणाबारे थप प्रष्ट पार्दै मन्त्री न्यौपानेले निजामतीको सबै पदमा खुला राख्दा कर्मचारीहरूमा काममा भन्दा बढी लोकसेवामा ध्यान जाने गरेको बताइन् ।
  •   संघीय निजामती सेवा विधेयकमा नासु खुलाबाट नगर्ने प्रस्ताव छ ।

७ भदौ, काठमाडौँ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले सरकारी सबै पदमा खुला गर्नसक्ने अवस्था नरहेको बताएकी छन् ।  शुक्रबार राष्ट्रिय सभाको बिधायन व्यवस्थापन समितिको बैठकमा आफुले राखेको धारणाबारे थप प्रष्ट पार्दै मन्त्री न्यौपानेले निजामतीको सबै पदमा खुला राख्दा कर्मचारीहरूमा काममा भन्दा बढी लोकसेवामा ध्यान जाने गरेको बताइन् ।  संघीय निजामती सेवा विधेयकमा नासु खुलाबाट नगर्ने प्रस्ताव छ । प्रतिनिधि सभाबाट पारित संघीय निजामती सेवा सम्बन्धी विधेयकमा लोक सेवा आयोगबाट अब नायब सुब्बा, सहसचिव पदमा खुला विज्ञापन नहुने अवस्था छ ।

‘खरिदार र नासुमा एकै योग्यता र कोर्षबाट परीक्षा दिन पाइने हुँदा निजामती सेवामा खरिदारको खुला विज्ञापन गरेपछि नासुमा पनि विज्ञापन गर्दा उक्त कर्मचारीको ध्यान नासुको परीक्षामा बढी केन्द्रित हुने मेरो भनाई हो,’ मन्त्री न्यौपानेले स्पष्ट पारिन् ।  सबै पदमा खुला विज्ञापन गर्दा कर्मचारीहरू आफ्नो वृद्धि विकासका लागि कार्यालयमा हाजिर लगाएर लोक सेवाको तयारी स्वरूप पढाइमा केन्द्रित हुने र यसले सरकारले चाहेअनुसारको नतिजा दिन नसक्ने मन्त्री न्यौपानेले बताइन् ।  राष्ट्रिय सभामा छलफल भइरहेको विधेयकमा खरिदार तहबाट बढुवा सम्बन्धी व्यवस्था छ ।

खरिदार तहमा आन्तरिक बढुवामार्फत मात्र नायब सुब्बामा प्रवेश गर्न सकिने व्यवस्था गरिएको छ । खरिदार तहमा प्रतिस्पर्धा गर्न कक्षा १२ उत्तीर्ण हुनुपर्नेछ । विधेयकले सहसचिव र नायब सुब्बा पदमा खुला प्रतिस्पर्धा गर्न नपाइने व्यवस्था गरेको छ । उपसचिव, शाखा अधिकृत र सहायक (खरिदार) मा मात्रै खुला प्रतिस्पर्धाबाट सेवा प्रवेश पाइनेछ । यसका अलावा उपसचिवमा १० प्रतिशत खुला विज्ञापनद्वारा पदपूर्ति गरिने व्यवस्था राखिएको छ ।

यस्तै विधेयकमा अब उपसचिवमा प्रतिस्पर्धा गर्न शाखा अधिकृत भएको ७ वर्ष पूरा भएको हुनुपर्दछ । अहिलेसम्म खुला प्रतिस्पर्धाबाट सहसचिव लड्न पाउने व्यवस्था रहेकोमा यो विधेयक पास भएपछि खुलामा सहसचिव लड्न पाइने छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गत वर्षभन्दा यस पालि सुधार भयो एसईईको नतिजा
गत वर्षभन्दा यस पालि सुधार भयो एसईईको नतिजा
अदालतमा रवीन्द्रको दाबी- तीनकुने घटनामा मेरो संलग्नता छैन
अदालतमा रवीन्द्रको दाबी- तीनकुने घटनामा मेरो संलग्नता छैन
भैसेपाटीको मन्त्री क्वार्टरसँगैको टहरामा आगलागी
भैसेपाटीको मन्त्री क्वार्टरसँगैको टहरामा आगलागी
विशेषको फैसला चित्त नबुझेको भन्दै आयोग सर्वोच्चमा
विशेषको फैसला चित्त नबुझेको भन्दै आयोग सर्वोच्चमा
दोलखामा मोटरसाइकल दुर्घटनामा गौरीशंकर बहुमुखी क्याम्पसका स्ववियु सभापति सहित दुई युवकको मृत्यु
दोलखामा मोटरसाइकल दुर्घटनामा गौरीशंकर बहुमुखी क्याम्पसका स्ववियु सभापति सहित दुई युवकको मृत्यु
ओली र लेखकको बन्दीप्रत्यक्षीकरणका रिटमा आज सुनुवाइ हुँदै
ओली र लेखकको बन्दीप्रत्यक्षीकरणका रिटमा आज सुनुवाइ हुँदै
ललितपुरको खर्च ६८ प्रतिशत मात्र
ललितपुरको खर्च ६८ प्रतिशत मात्र
उखुको समर्थन मूल्य छिटो तोक्न र मलको कोटा बढाउन सांसद विनोद चौधरीको माग
उखुको समर्थन मूल्य छिटो तोक्न र मलको कोटा बढाउन सांसद विनोद चौधरीको माग
स्थानीय तह उपनिर्वाचनः शान्तिपूर्ण रूपमा मतदान हुँदै
स्थानीय तह उपनिर्वाचनः शान्तिपूर्ण रूपमा मतदान हुँदै
मधेशका मुख्यमन्त्रीलाई सर्वोच्चको आदेश- दीर्घकालीन प्रभाव पार्ने कुनै काम नगर्नू
मधेशका मुख्यमन्त्रीलाई सर्वोच्चको आदेश- दीर्घकालीन प्रभाव पार्ने कुनै काम नगर्नू