अदालतमा रवीन्द्रको दाबी- तीनकुने घटनामा मेरो संलग्नता छैन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख १०, २०८२
|
|
३१ पटक हेरिएको
Shares
अदालतमा रवीन्द्रको दाबी- तीनकुने घटनामा मेरो संलग्नता छैन

सारांश

  • प्रहरीको हिरासतमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता रवीन्द्र मिश्रले तीनकुनेको घटनामा आफ्नो संलग्नता नरहेको जिकिर गरेका छन् ।
  • अदालतमा म्याद थपका लागि भएको बहसका क्रममा मिश्रले राज्यविरुद्धको कसुर र संगठित अपराधमा आफ्नो संलग्नता नभएको जिकिर गरेका हुन् ।
  • बुधबार मिश्रलाई अदालतमा म्याद थपका लागि लगिएको छ ।

 

१० वैशाख, काठमाडौं ।

प्रहरीको हिरासतमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता रवीन्द्र मिश्रले तीनकुनेको घटनामा आफ्नो संलग्नता नरहेको जिकिर गरेका छन् । अदालतमा म्याद थपका लागि भएको बहसका क्रममा मिश्रले राज्यविरुद्धको कसुर र संगठित अपराधमा आफ्नो संलग्नता नभएको जिकिर गरेका हुन् ।

बुधबार मिश्रलाई अदालतमा म्याद थपका लागि लगिएको छ । उनको आज म्याद थप गर्ने वा छाड्ने भन्नेबारे केहीबेरमा आदेश आउँदैछ ।‘यो देशमा ईश्वरको नाममा र जनताको नाममा कसम खानेहरूले धेरै फट्याइँ गरे त्यो फट्याइँ मेरो भावनात्मक कुरा होइन,’ मिश्रले अदालतमा बहसका क्रममा भनेका छन्, ‘त्यो तथ्यगत रूपमा प्रमाणित कुरा हो । आज म ८२ वर्षको मेरी गम्भीर बिरामी आमाको नाममा कसम खाएर भन्छु राज्य विरुद्धको कसुर र संगठित अपराधमा मेरो रत्तिभर संलग्नता छैन ।’ तीनकुने घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मिश्रलाई पक्राउ गरेको थियो । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?