बालेनलाई दुर्गा प्रसाईंको चुनौती– सुकुमवासी बस्ती घिनलाग्दो छ भने राम्रो घर बनाइदिनुस्

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक २३, २०८२
|
|
३३ पटक हेरिएको
Shares
बालेनलाई दुर्गा प्रसाईंको चुनौती– सुकुमवासी बस्ती घिनलाग्दो छ भने राम्रो घर बनाइदिनुस्

सारांश

  • ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’का संयोजक दुर्गा प्रसाईंले काठमाडौंका मेयर बालेन साहलाई सुकुमवासीका लागि राम्रो घर बनाइदिन आग्रह गरेका छन् ।
  • आज काठमाडौंको सुकुमवासी बस्तीमा पुगेर भाषण गर्दै प्रसाईंले सुकुमबासी बस्ती हटाउने बालेनको योजनाको विरोध गरे ।
  • उनले भने, ‘यो सुकुमवासी ०५८ सालदेखि यो समस्या हो भने तपाईंलाई घिनलाग्दो सिटी लाग्छ भने तपाईंसँग बजेट छ, राम्रो घर बनाइदिनुस् न, सरकारी जग्गा रहेछ त्यहाँ ।

२३ कात्तिक, काठमाडौं ।

‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’का संयोजक दुर्गा प्रसाईंले काठमाडौंका मेयर बालेन साहलाई सुकुमवासीका लागि राम्रो घर बनाइदिन आग्रह गरेका छन् । आज काठमाडौंको सुकुमवासी बस्तीमा पुगेर भाषण गर्दै प्रसाईंले सुकुमबासी बस्ती हटाउने बालेनको योजनाको विरोध गरे । उनले भने, ‘यो सुकुमवासी ०५८ सालदेखि यो समस्या हो भने तपाईंलाई घिनलाग्दो सिटी लाग्छ भने तपाईंसँग बजेट छ, राम्रो घर बनाइदिनुस् न, सरकारी जग्गा रहेछ त्यहाँ ।’

उनले काठमाडौं सुन्दर बनाउने नाममा गरिब र सुकुमवासीलाई लेखेट्ने काम नगर्न अनुरोध गरे । प्रसाईंले बालेनलाई भने, ‘तपाईं एसी रुममा बस्नुहुन्छ, तपाईंको घर छ, तपाईं जमिन्दारको छोरो, इन्जिनियर पढ्नु भो, एसीमा बसेर दारु खानुहुन्छ तपाईं, अनि स्टाटस लेख्नुहन्छ, अनि फेरि डिलिट गर्नुहुन्छ । त्यो गर्दागर्दै अहिले तपाईं केही गर्न नसकेर तपाईंको जम्मा भत्काउने काम मात्रै भो । र, गरिबलाई लेखेट्ने काम मात्रै भो ।’ प्रसाईंंले थप भने, ‘एउटा गरिबको छोरो, एउटी गरिबकी छोरी, गरिबको के हुन्छ, घर पनि हुँदैन, जग्गा पनि हुँदैन, कि खोलाको डिलमा बस्नुपर्यो कि सडकको फुटपाथमा बस्नुपर्यो ।

यसो सागको मुठो बेच्छु, यसो फर्सीको मुन्टो बेच्छु, मकै पोलेर बेचेर आफ्नो पेट पाल्छु भन्दाखेरि तपाईं, तपाईं लगायतको टिमले शहरलाई राम्रो बनाउने नाममा लात हानेर खेद्नुभयो । शहर खै के सुन्दर छ, जस्ताको तस्तै छ ।’ बरु बालेनको कारणले काठमाडौंमा व्यापार व्यवसाय चौपट भएको र सटरहरु बन्द हुँदै गएको प्रसाईंले बताए । सुकुमबासीहरुलाई भोट बैंकको रुपमा प्रयोग मात्रै गरेको तर उनीहरुको समस्या समाधान नगरेको भन्दै प्रसाईंले राजनीतिक दलहरुको पनि आलोचना गरे । उनले सुकुमवासी बस्ती हटाउन आउनेहरुसँग भिड्ने उदघोष समेत गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश
शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश
बसिरको अविजित ८६ रनमा आर्मीको मध्यम योगफल
बसिरको अविजित ८६ रनमा आर्मीको मध्यम योगफल
वीरगञ्जबाट भन्सार छलीगरी ल्याएको २० लाख रुपैयाँ बराबरको कपडा नियन्त्रणमा
वीरगञ्जबाट भन्सार छलीगरी ल्याएको २० लाख रुपैयाँ बराबरको कपडा नियन्त्रणमा
कुनै गुट बनाउनु पर्दैन, घण्टी मुनी सबै अटाउन सक्छौँ : रवि लामिछाने
कुनै गुट बनाउनु पर्दैन, घण्टी मुनी सबै अटाउन सक्छौँ : रवि लामिछाने
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ९३९ जनालाई कारबाही
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ९३९ जनालाई कारबाही
निपानेका दलित महिलाका पीडा : एक गाग्री पानी, अपमानमै गयो जिन्दगानी
निपानेका दलित महिलाका पीडा : एक गाग्री पानी, अपमानमै गयो जिन्दगानी
जाजरकोटमा बोलेरो दु*र्घटना, दुई जनाको मृ*त्यु
जाजरकोटमा बोलेरो दु*र्घटना, दुई जनाको मृ*त्यु
सुरु भयो लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन
सुरु भयो लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन
कानुन, न्याय तथा मानव अधिकार समितिको कार्यविधि सर्वसम्मतिले पारित
कानुन, न्याय तथा मानव अधिकार समितिको कार्यविधि सर्वसम्मतिले पारित
रास्वपाले सार्वजनिक गर्‍यो समानुपातिक आकांक्षीको अन्तिम सूची
रास्वपाले सार्वजनिक गर्‍यो समानुपातिक आकांक्षीको अन्तिम सूची