दुर्गा प्रसाईंको गिरफ्तारीविरुद्ध नागरिक बचाउ दल आन्दोलित, महामन्त्री भन्छन्– आजै सडकमा उत्रिन्छौं

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर २, २०८२
|
|
२९ पटक हेरिएको
Shares
दुर्गा प्रसाईंको गिरफ्तारीविरुद्ध नागरिक बचाउ दल आन्दोलित, महामन्त्री भन्छन्– आजै सडकमा उत्रिन्छौं

सारांश

  • दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको विरोधमा नागरिक बचाउ दलले आजैबाट संघर्षका कार्यक्रम सुरु गर्ने घोषणा गरेको छ ।
  • मंसिर ७ गते प्रदर्शन गर्ने घोषणा गरिए पनि प्रसाईंको गिरफ्तारीको विरोधमा आजैबाट प्रदर्शनमा उत्रिने सो पार्टीका नेताहरुले बताएका छन् ।
  • नागरिक बचाउ दलका महामन्त्री प्रेमकुमार थाम्सुहाङले अनलाइनखबरसँग भने, ‘हाम्रा नेता दुर्गा प्रसाईंलाई मध्यराति अपहरण शैलीमा पक्राउ गरेर सरकारले शान्ति भंग गरेको छ ।

२ मंसिर, काठमाडौं ।

दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको विरोधमा नागरिक बचाउ दलले आजैबाट संघर्षका कार्यक्रम सुरु गर्ने घोषणा गरेको छ । मंसिर ७ गते प्रदर्शन गर्ने घोषणा गरिए पनि प्रसाईंको गिरफ्तारीको विरोधमा आजैबाट प्रदर्शनमा उत्रिने सो पार्टीका नेताहरुले बताएका छन् । नागरिक बचाउ दलका महामन्त्री प्रेमकुमार थाम्सुहाङले अनलाइनखबरसँग भने, ‘हाम्रा नेता दुर्गा प्रसाईंलाई मध्यराति अपहरण शैलीमा पक्राउ गरेर सरकारले शान्ति भंग गरेको छ ।

त्यसैले मंसिर ७ गते नपर्खिकन आजैबाट हामी देशव्यापी आन्दोलनमा उत्रिँदैछौं ।’ जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार राति भक्तपुरस्थित निवासबाट प्रसाईंलाई पक्रा गरेको थियो । यसअघि १५ चैतको हिंसात्मक आन्दोलनपछि पक्राउ परेका प्रसाईं अदालतको आदेशपछि छुटेका थिए । राजावादी गतिविधिमा संलग्न प्रसाईं बैंकबाट लिएको ऋण मिनाहा गरिदिनुपर्ने लगायत माग राख्दै ७ मंसिरदेखि आन्दोलनको तयारीमा थिए ।

तर हिंसा भड्काउ अभिव्यक्ति दिएको आरोपमा उनलाई सोमबार मध्यरातमा पक्राउ गरिएको प्रहरी स्रोतले बतायो । त्यसको विरोधमा आज पहिलो चरणमा जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षणपत्र बुझाउने र देशव्यापी प्रदर्शन सुरु गर्ने महामन्त्री थाम्सुहाङले बताए । हामी दल दर्ता गरेर निर्वाचनमा अघि बढिरहेका थियौं । हाम्रा गतिविधि शान्तिपूर्ण थिए तर सरकारले नै शान्ति भंग गर्यो,’ महामन्त्री थाम्सुहाङले भने, ‘त्यसविरुद्ध सीडीओ कार्यालयमा आज ध्यानाकर्षण गराउँछौं ।’ उनले प्रसाईंलाई तत्काल, विना सर्त र ससम्मान रिहाइको माग गरे । ‘अन्यथा यो सरकारको अन्त्य हामीले सडकबाटै गर्नेछौं,’ उनले चेतावनी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीन करोडको लागतमा बालकुमारी मन्दिरको पुनर्निर्माण
तीन करोडको लागतमा बालकुमारी मन्दिरको पुनर्निर्माण
प्रधानमन्त्रीलाई गगनको सुझाव : डुल्न-घुम्न छाड्नुस्, काम गर्नुस्
प्रधानमन्त्रीलाई गगनको सुझाव : डुल्न-घुम्न छाड्नुस्, काम गर्नुस्
सशस्त्र प्रहरीका सहायक हवल्दारदेखि वरिष्ठ सईसम्म २ हजार १९६ जनाको बढुवा
सशस्त्र प्रहरीका सहायक हवल्दारदेखि वरिष्ठ सईसम्म २ हजार १९६ जनाको बढुवा
भारतमा ककरोच आन्दोलनले शिक्षामन्त्री फालिएपछि कसले पायो नयाँ जिम्मेवारी?
भारतमा ककरोच आन्दोलनले शिक्षामन्त्री फालिएपछि कसले पायो नयाँ जिम्मेवारी?
भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग
भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग
पार्टी एकतामा केन्द्रित हुनुपर्ने देउवा पक्षको निष्कर्ष
पार्टी एकतामा केन्द्रित हुनुपर्ने देउवा पक्षको निष्कर्ष
काठमाडौं आइपुगिन् बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया
काठमाडौं आइपुगिन् बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया
रुपन्देहीमा राम्रो नतिजा ल्याउँछौं, एक्लै लड्ने तयारी गर्नुहोस् : अध्यक्ष प्रचण्ड
रुपन्देहीमा राम्रो नतिजा ल्याउँछौं, एक्लै लड्ने तयारी गर्नुहोस् : अध्यक्ष प्रचण्ड
जाजरकोटमा नेपाली कांग्रेसको सुरुवाती अग्रता
जाजरकोटमा नेपाली कांग्रेसको सुरुवाती अग्रता
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य