१० दिनसम्म नियन्त्रणमा आएन मनाङको डढेलो

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, माघ २७, २०८१
|
|
२३ पटक हेरिएको
Shares
१० दिनसम्म नियन्त्रणमा आएन मनाङको डढेलो

सारांश

  • मनाङको चामे गाउँपालिका–१ तिमाङ जंलमा लागेको डढेलो १० दिनसम्म पनि नियन्त्रण हुन सकेको छैन ।
  • माघ १८ गते बेलुकीदेखि लागेको डढेलो जटिल भूगोलका नियन्त्रण गर्न नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
  • तिमाङ जंगलमा लागेको डढेलो जटिल भौगोलिक संरचनाका कारण नियन्त्रणमा लिन नसकिएको प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले जानकारी दिए ।

 

२७ मनाङ, माघ । मनाङको चामे गाउँपालिका–१ तिमाङ जंलमा लागेको डढेलो १० दिनसम्म पनि नियन्त्रण हुन सकेको छैन । माघ १८ गते बेलुकीदेखि लागेको डढेलो जटिल भूगोलका नियन्त्रण गर्न नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । तिमाङ जंगलमा लागेको डढेलो जटिल भौगोलिक संरचनाका कारण नियन्त्रणमा लिन नसकिएको प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले जानकारी दिए । उनका अनुसार डढेलो नियन्त्रणका लागि जिल्लाका सबै सुरक्षा संयन्त्र परिचालन गरिएको छ ।

उनले भने, ‘डढेलो नियन्त्रणका लागि जिल्लाका सबै सुरक्षा निकाय परिचालन गरिएको छ । स्थानीयवासी पनि सक्रिय भएर जङ्गलमा खटिनुभएको छ, तर हालसम्म नियन्त्रणमा लिन सकिएको छैन ।’ डढेलो समयमा नियन्त्रणमा लिन नसक्दा जङ्गलमा रहेका भेडा, च्याङ्ग्रा, याक, चौंरीका चरन क्षेत्र नष्ट भएका उनले बताए । आगलागी बस्तीभन्दा टाढाको जटिल भूगोलमा लागेको छ, यहाँ हावा चल्ने भएकाले पनि डढेलोको जोखिम बढ्न सक्ने अवस्था छ’, प्रजिअ आचार्यले भने, ‘साथै राष्ट्रको गहनाका रूपमा रहेका राष्ट्रिय पन्छी डाँफेको बासस्थान र कोपिला लागेको लालीगुँरासको बोट नष्ट भएका छन् ।’

 

जानसक्ने स्थानसम्म पुगेर सुरक्षाकर्मी र स्थानीयले डढेलो निभाउने प्रयास गरिरहनुभएको उनले जानकारी दिए । कठिन तथा जोखिम भिरमा आगलागी भएकाले डढेलो नियन्त्रणमा समस्या भएको उनको भनाइ छ । अन्यत्र आगो नफैलिओस् भनेर सुरक्षित गर्ने काम भने गरिसकेको भन्दै बस्तीमा आगलागीको जोखिम नरहेको उनले सुनाए । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालयका प्रमुख ढकबहादुर भुजेलले हिउँ पर्ने स्थानमा हिउँ नपर्नु, सुक्खा हुनुलगायत कारणले आगलागी भएको भन्दै सुख्खा बढी भएकाले आगो नियन्त्रणमा लिन नसकिएको बताए । उनले भने, ‘संरक्षण क्षेत्रमा प्रत्येक वर्ष आगलागी हुने गरेको छ । सुक्खायाम, हिउँ नपर्नु, वनजङ्गलमा रहेका सुकेका ठुटालगायत कारणले आगो लाग्ने गरेको हो ।’

भुजेलका अनुसार राष्ट्रिय वन क्षेत्रमा यसरी लामो समय आगलागी हुँदा बासस्थान बनाएर बसेका पशुपन्छी अन्यत्र सर्ने गरेका छन् । यसरी प्रत्येक वर्ष वन्यजन्तु तथा पशुपन्छीको बासस्थान मासिँदै गएपछि यहाँका लोपोन्मुख वन्यजन्तु पूर्ण रूपमा लोप हुनसक्ने उनले बताए । उनका अनुसार आगलागीबाट जंगलमा भएका सल्लाको काठ, धुपीजस्ता बहुमूल्य तथा औषधीय जडीबुटीको विनास हुनेसक्ने अनुमान गर्न सकिन्छ । जंगलमा भएका झिजा, पातपतिङ्गरले गर्दा आगो बढ्न सक्ने जोखिम यथावत रहेको प्रमुख भुजेलले बताए । उनले भने, ‘सुक्खयाम र हुरीबतास चल्ने मौसमका कारण आगो नियन्त्रणमा लिन कठिन भएको छ ।’ तत्काल जंगलमा आगलागी नियन्त्रण गर्न नसके यसको क्षेत्रफल बढ्ने उनको भनाइ छ ।

उनका अनुसार जंगलमा भएका वनआलु, लौडसल्ला, जटामसी, पाँचऔँले, गुची च्याउलगायत जडीबुटी डढेलोले नष्ट हुने थालेका छन् ।आगलागीका कारण चराचुरुङ्गी, वन्यजन्तुको बासस्थानमा प्रभाव पार्नुका साथै चराचुरुङ्गी, वन्यजन्तु तथा याकचौँरीका चरन क्षेत्र नास हुन थालेको कार्यालय प्रमुख भुजेलले बताए । यस वर्षको मंसिरयता ताल, आइसलेक, पिसाङ भिर आगलागी भएको कार्यालयले जनाएको छ ।विसं २०७७ मंसिर २ गतेदेखि लागेको आगो दुई महिनापछि मात्रै नियन्त्रण आएको थियो । उक्त आगलागीका कारण मनाङको एक हजार दुई सय हेक्टर क्षेत्रफल वनजङ्गल नष्ट भएको थियो । तिमाङ जंगलमा लागेको डढेलो नियन्त्रणमा तीनै तहका सरकारले यथाशीघ्र प्रभावकारी पहल गर्नुपर्नेमा स्थानीयको जोड छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधि सभा बैठक बस्दै, कुलमानबारे प्रधानमन्त्रीले जवाफ दिने
प्रतिनिधि सभा बैठक बस्दै, कुलमानबारे प्रधानमन्त्रीले जवाफ दिने
दुर्गा प्रसाईंको प्रदर्शनमा काठमाडौँका सात स्थानबाट जुलुस निकालिँदै, यस्तो छ रुट
दुर्गा प्रसाईंको प्रदर्शनमा काठमाडौँका सात स्थानबाट जुलुस निकालिँदै, यस्तो छ रुट
विपक्षीको जवाफ कुर्दै सभामुख, अझै सुरू भएन संसद्
विपक्षीको जवाफ कुर्दै सभामुख, अझै सुरू भएन संसद्
प्रिओपनमै ३२ अंकले बढ्यो नेप्से, सूचक २७१२ विन्दुमा
प्रिओपनमै ३२ अंकले बढ्यो नेप्से, सूचक २७१२ विन्दुमा
सर्लाहीमा निर्वाचन सुरक्षामा खटिएका प्रहरीलाई विदाई
सर्लाहीमा निर्वाचन सुरक्षामा खटिएका प्रहरीलाई विदाई
देउवाको सन्देश : ओलीलाई धोका दिन्नँ, ०८४ सम्मै सहकार्य जान्छ
देउवाको सन्देश : ओलीलाई धोका दिन्नँ, ०८४ सम्मै सहकार्य जान्छ
विद्यालय शिक्षा विधेयकका प्रावधान पुनर्विचार गर्न राष्ट्रपति समक्ष नेशनल प्याब्सनको माग
विद्यालय शिक्षा विधेयकका प्रावधान पुनर्विचार गर्न राष्ट्रपति समक्ष नेशनल प्याब्सनको माग
यू-१९ महिला विश्‍वकपको तेस्रो खेलमा नेपालले अस्ट्रेलियासँग खेल्दै
यू-१९ महिला विश्‍वकपको तेस्रो खेलमा नेपालले अस्ट्रेलियासँग खेल्दै
बढ्यो सुनको भाउ, आज तोलाको कति पुग्यो ?
बढ्यो सुनको भाउ, आज तोलाको कति पुग्यो ?
कुवेतविरुद्ध नेपालको सानदार जित, कप्तान पूजाको अलराउण्ड प्रदर्शन
कुवेतविरुद्ध नेपालको सानदार जित, कप्तान पूजाको अलराउण्ड प्रदर्शन