‘वर्तमान समयमा मुलुकको स्वाधिनताको रक्षा गर्न सक्ने पार्टी राप्रपा मात्रै हो’

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर २४, २०८२
|
|
२६ पटक हेरिएको
Shares
‘वर्तमान समयमा मुलुकको स्वाधिनताको रक्षा गर्न सक्ने पार्टी राप्रपा मात्रै हो’

सारांश

  •      राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले फागुन २१ गते चुनाव गर्ने निर्णयले मुलुकलाई निकास होईन जटिलता तर्फ लाने बताएका छन् ।
  • बुधबार काठमाडौंमा आयोजित राप्रपा केन्द्रीय कार्य समितिको बैठकलाई सम्बोधन गर्दै उनले असफल भएको संविधानलाई टेकेर त्यही निर्वाचन प्रणाली कायम राखेर फागुन २१ गते मध्यावति चुनाव गर्ने निर्णयले मुलुकलाई निकास र समाधान होईन थप जटिलता तर्फ लाने बताएका हुन् ।
  • उनले भने, ‘अहिले जुन विसम परिस्थितिकोबीच देश अगाडि बढी रहेको छ ।

 

२४ मंसिर, काठमाडौं ।    

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले फागुन २१ गते चुनाव गर्ने निर्णयले मुलुकलाई निकास होईन जटिलता तर्फ लाने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित राप्रपा केन्द्रीय कार्य समितिको बैठकलाई सम्बोधन गर्दै उनले असफल भएको संविधानलाई टेकेर त्यही निर्वाचन प्रणाली कायम राखेर फागुन २१ गते मध्यावति चुनाव गर्ने निर्णयले मुलुकलाई निकास र समाधान होईन थप जटिलता तर्फ लाने बताएका हुन् । उनले भने, ‘अहिले जुन विसम परिस्थितिकोबीच देश अगाडि बढी रहेको छ ।त्यती ठूलो विद्रोह, विध्वंशपछि जुन परिवर्तन देशले प्राप्त गर्नुपर्ने हो त्यसको बद्लामा एक थान प्रधानमन्त्री परिवर्तन गर्ने र असफल भएको संविधानलाई नै टेकेर त्यही निर्वाचन प्रणाली कायम राखेर फागुन २१ गते मध्यावति चुनाव गर्ने जुन निर्णय भएको छ ।

त्यसले मुलुकलाई निकास र समाधान दिने होईन थप जटिलताहरु पैदा गर्ने र अहिले देखिएका समस्यालाई अलि पर ठेल्ने काम मात्र गर्छ भन्ने हाम्रो धारणा छ ।’ अहिलेको अवस्थामा अथवा यथास्थितिमा चुनाव समस्याको समाधान होईन भन्ने कुरा प्रष्ट भएको पनि उनको भनाई छ । यस्तै, उनले जनताको बीचमा चरम रुपमा अलोकप्रिय सावित भएको र आफ्नो परम्परागत पार्टीको नाम समेत लिएर जनतामा जान सकिएन भनेर नाम पनि परिवर्तन गरेको अवस्थामा मुलुकको स्वाधिनताको रक्षा गर्ने पार्टी राप्रपा मात्रै भएको पनि बताए ।

उनले भने, ‘हामी नै प्रमुख दल हो, हामीले नै देश चलाई रहेका छौँ भन्ने दलहरु जनताको बीचमा जान नसकेको अवस्थामा, जनताको बीचमा चरम रुपमा अलोकप्रिय सावित भएको र कतिपय त्यस्ता राजनीतिक दलहरुले आफ्नो परम्परागत पार्टीको नाम समेत लिएर जनतामा जान सकिएन भनेर नाम पनि परिवर्तन गरेको अवस्थामा मुलुकको स्वाधिनताको रक्षा गर्ने पार्टी राप्रपा मात्रै हो ।’ कार्य सम्पादन समितिको बैठकबाट आगामी ६ महिनाभित्रमा महाधिवेशन सम्पन्न गर्ने गरि सबै तहको कार्यकाल थप्ने निर्णय पनि भएको उनको भनाई छ । उनले भने, ‘कार्य सम्पादन समितिको बैठकबाट आगामी ६ महिनाभित्रमा महाधिवेशन सम्पन्न गर्ने गरि सबै तहको कार्यकाल थप्ने निर्णय गरेका छौँ । यो बैठक कार्यकालको हिसाबले र अर्को जेनजी विद्रोहपछिको बैठक भएको कारणले यो बैठक महत्वपूर्ण छ । यति बेला देश एउटा एतिहासिक विन्दुमा आई पुगेको छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गणतन्त्र माओवादीको मात्र हो भन्दै राजावादी भ्रम फैलाउँदैछन् : प्रचण्ड
गणतन्त्र माओवादीको मात्र हो भन्दै राजावादी भ्रम फैलाउँदैछन् : प्रचण्ड
मालपोत प्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, कूल १ करोड ५० लाख बिगो माग
मालपोत प्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, कूल १ करोड ५० लाख बिगो माग
विदेश उड्न लाग्दा समातिए सूर्यदर्शनको रकम अपचलनमा संलग्न एक आरोपी
विदेश उड्न लाग्दा समातिए सूर्यदर्शनको रकम अपचलनमा संलग्न एक आरोपी
प्रतिकूल मौसमका कारण धेरैजसो विमानस्थलमा उडान प्रभावित
प्रतिकूल मौसमका कारण धेरैजसो विमानस्थलमा उडान प्रभावित
निलम्बनको सिफारिस भएपछि रास्वपा झापाका सभापति खरेलद्वारा राजीनामा
निलम्बनको सिफारिस भएपछि रास्वपा झापाका सभापति खरेलद्वारा राजीनामा
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
बिहान ११ बजेसम्म ४८८ महाधिवेशन प्रतिनिधिले गराए नाम दर्ता
बिहान ११ बजेसम्म ४८८ महाधिवेशन प्रतिनिधिले गराए नाम दर्ता
मन्त्रालयका देहायको कार्य गर्न फास्ट ट्र्याक डेस्क स्थापना गर्ने मन्त्री गौतमको निर्णय
मन्त्रालयका देहायको कार्य गर्न फास्ट ट्र्याक डेस्क स्थापना गर्ने मन्त्री गौतमको निर्णय
मन्त्रिपरिषद् बैठक साँझ ७ बजे बस्दै
मन्त्रिपरिषद् बैठक साँझ ७ बजे बस्दै
नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन को शुभकामना आदानप्रदान
नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन को शुभकामना आदानप्रदान