सहकारीपीडितका समस्या समाधान गर्नेगरी कानुन संशोधन गरिँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर १६, २०८१
|
|
२५ पटक हेरिएको
Shares
सहकारीपीडितका समस्या समाधान गर्नेगरी कानुन संशोधन गरिँदै

सारांश

  • सरकारले सहकारीपीडितका माग पूरा गर्न मौजुदा कानुनलाई चाँडै संशोधन गर्ने भएको छ ।
  • भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले यस क्षेत्रको समस्या समाधान गर्न विद्यमान कानुनमा अपुग भएका ऐन, नियम, कार्यविधि बनाएर कानुन परिमार्जनको प्रक्रिया सुरु गरेको हो ।
  • मन्त्रालयका सहसचिव एवं प्रवक्ता गणेशप्रसाद भट्टका अनुसार परिमार्जित विधेयक मन्त्रिपरिषद्मा पठाइने र त्यसलाई सरकारले अध्यादेशमार्फत जारी गर्ने तयारी छ ।

१६ मङ्सिर, काठमाडौँ । सरकारले सहकारीपीडितका माग पूरा गर्न मौजुदा कानुनलाई चाँडै संशोधन गर्ने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले यस क्षेत्रको समस्या समाधान गर्न विद्यमान कानुनमा अपुग भएका ऐन, नियम, कार्यविधि बनाएर कानुन परिमार्जनको प्रक्रिया सुरु गरेको हो ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता गणेशप्रसाद भट्टका अनुसार परिमार्जित विधेयक मन्त्रिपरिषद्मा पठाइने र त्यसलाई सरकारले अध्यादेशमार्फत जारी गर्ने तयारी छ । कर्जा सूचना केन्द्र, बचत तथा सुरक्षण कोष, बचत तथा ऋण असुली न्यायाधीकरण र नियामक निकायलाई आवश्यक अधिकारको व्यवस्था गरी कार्यविधिको तयारी गरिएको उनले जानकारी दिए।

कानुनविद्, सरोकारवाला पक्षलगायतसग छलफल गरी विधेयक बनाइएको छ । संशोधन हुने कानुनमा समस्याग्रस्त सहकारी तथा आर्थिक अपचलन गरी ठगी गरेका सम्बन्धित सहकारीका सम्पत्ति लिलाम तथा जफत गरी पीडितलाई उनीहरूको निक्षेप अनुपातमा रकम उपलब्ध गराएर न्याय दिलाउने विषयलाई प्राथमिकतामा राखिएको छ । सहकारी सिद्धान्तअनुरूप सहकारी सङ्घसंस्थाका स्व–नियमनकारी प्रक्रिया सशक्त बनाइएको कार्यविधिमा सहकारी विकासका लागि सङ्घीय, प्रान्तीय र स्थानीय सरकारको क्षेत्राधिकारलाई जोड दिइएको छ ।

सङ्घीय सरकारले प्रान्तीय र स्थानीय सरकारका सहकारी निकायलाई आवश्यक नियामक, प्रवद्र्धनात्मक र प्रशिक्षणलगायत सेवाहरू प्रदान गरिनेछ । सहकारीमा बचतकर्ताको निक्षेप उठ्न नसक्दा पनि कानुनको अभावमा पीडकबाट सम्पत्ति असुली गरी पीडितलाई निक्षेप फिर्ता गर्न सकिएको थिएन । साना कृषक, श्रमिक, उपभोक्ता र गरीबहरूको संलग्नतामा सबै प्रदेश, जिल्ला र नगरपालिका वा गाउँपालिकामा सञ्चालित ३४ हजार बढी सहकारी संस्था रहेको जनाइएको छ । करिब ७० लाख मानिस यस क्षेत्रमा आबद्ध रहेको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सांसद खरेलले भने : ‘संसदभित्र पुराना पातहरु हट्दै गएका छन्, नयाँ पालुवाहरु पलाउँदै आएका छन्’
सांसद खरेलले भने : ‘संसदभित्र पुराना पातहरु हट्दै गएका छन्, नयाँ पालुवाहरु पलाउँदै आएका छन्’
काठमाडौं टावर नक्सा विवादमा बालेनको ‘एक्सन’
काठमाडौं टावर नक्सा विवादमा बालेनको ‘एक्सन’
मकवानपुर र कैलालीबाट ठूलो परिमाणको गाँजा र अफिम बरामद, ७ जना पक्राउ
मकवानपुर र कैलालीबाट ठूलो परिमाणको गाँजा र अफिम बरामद, ७ जना पक्राउ
मिटरब्याज पीडित र दुध किसानको समस्या समाधान नभए संसदको अर्को बैठक अवरुद्ध पार्छौंः अध्यक्ष लिङ्देन
मिटरब्याज पीडित र दुध किसानको समस्या समाधान नभए संसदको अर्को बैठक अवरुद्ध पार्छौंः अध्यक्ष लिङ्देन
नागार्जुनमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, २ जना घाइते
नागार्जुनमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, २ जना घाइते
यस्तो छ, आज तरकारी र फलफूलको मूल्य
यस्तो छ, आज तरकारी र फलफूलको मूल्य
आलोकनगरमा चल्यो बालेनको डोजर, भत्काइए अवैध संरचना ( तस्बिरहरू )
आलोकनगरमा चल्यो बालेनको डोजर, भत्काइए अवैध संरचना ( तस्बिरहरू )
बन्द रहेका उद्योग सञ्चालनमा ल्याइने
बन्द रहेका उद्योग सञ्चालनमा ल्याइने
शेखर कोइरालाई राष्ट्रिय सभा निर्वाचनमा ३ सिट
शेखर कोइरालाई राष्ट्रिय सभा निर्वाचनमा ३ सिट
हमासले सार्वजनिक गर्‍यो आज रिहा गरिने जीवित २० बन्धकको तस्बिर, छैनन् विपिन
हमासले सार्वजनिक गर्‍यो आज रिहा गरिने जीवित २० बन्धकको तस्बिर, छैनन् विपिन